अन्ततः सन्दिपले पाए मौका, पहिलो खेलमै प्रभावित पार्ने बलिंग

  • विकेटनेपाल, चैत-१४ 

आईपीएलको पहिलो २ खेलमा अन्तिम-११ मा स्थान नदिएपछि निराश बनेका सन्दिप लामिछानेका फ्यानहरुले अन्ततः खुसि हुने मौका पाएका छन्। दिल्ली क्यापिटल्सले आफ्नो तेश्रो खेलमा कोलकाता नाइट राईडर्स बिरुद्ध भने सन्दिपलाई मौका दियो।

आफ्नो घरेलु मैदान फिरोजशाह कोटलामा टस जितेको दिल्लीले पहिले बलिंग गर्ने निर्णय गर्यो र अन्तिम-११ मा २ लेग स्पिनर सन्दिप र अम्मित मिश्रालाई स्थान दियो। राहुल तेवतिया र अक्षर पटेलले अन्तिम-११ मा मौका पाएनन्।

दिल्लीको अन्तिम-११ : प्रिथ्भी श, शिखर धवन, श्रेयस ऐयर, रिशभ पन्त, कोलिन इन्ग्राम, हनुमा बिहारी, क्रिस मोरिस, सन्दिप लामिछाने, कागीसो रबाडा, हर्षल पटेल, अमित मिश्रा

सन्दिपको शानदार सुरुवात 

सिजनको पहिलो खेलमा सन्दिपले राम्रो बलिंग गर्ने क्रममा ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए। यस क्रममा नेपाली स्पिनरले १३ बलमा रन दिएनन्।

सन्दिपको पहिलो ओभर – १ रन ( डट बल, डट बल, डट बल, डट बल, डट बल , १ रन )

खेलको दोश्रो ओभरमा बलिङ्ग गरेका सन्दिपले उत्कृस्ट सुरुवात गर्ने क्रममा ओभरमा मात्र १ रन खर्चिए। निखिल नायकले सन्दिपको ६ वटै बलको सामना गरे जसले लगातार ५ बलमा रन बनाउन सकेनन् भने छैठौं बलमा १ रन लिंदै मेडन ओभर टारेका थिए।

दोश्रो ओभर – ६ रन र १ विकेट ( १ रन, डट बल, डट बल, विकेट ( निखिल नैक ) , चौका र १ रन )

लगातार स्पेलमा इनिंगको चौथो ओभर बलिङ्ग गरेका सन्दिपले ६ रन खर्चेर १ विकेट हात पारे। ओभरको पहिलो बलमा क्रिस लिनले १ रन लिएपछि स्ट्राइकमा आएका निखिल नैकले २ बलमा रन बनाउन सकेनन्।

ओभरको चौथो बलमा सन्दिपले गरेको गुगलीमा निखिल फस्न पुगे र प्याडमा लाग्दा उनि एलबिडब्लु हुँदै पेभेलियन फर्किए। अम्पायरको निर्णय बिरुद्ध रिभ्यु लिएका थिए जुन सन्दिपको पक्षमा गयो।

त्यसपछि ब्याटिंगमा आएका नयाँ ब्याट्सम्यान रोबिन उथप्पाले पहिलो बलमै सन्दिपलाई चौका प्रहार गरे भने अन्तिम बलमा १ रन लिए।

तेश्रो ओभर – २ रन ( २ रन र रन आउट, १ रन, डट बल, १ रन, १ रन , डट बल ) 

पाओरप्लेको ओभर पछि इनिंगको दशौँ ओभरमा ब्याटिंग गर्न आएका सन्दिपको पहिलो बलमा शुभमन गिल रन आउट भए। तेश्रो रन लिने चक्करमा उनि आउट भए। त्यस पछिको ५ बलमा सन्दिपले ३ रन मात्रै खर्चिए जुन सिंगल बाट आयो भने २ बल डट गरे। आक्रामक ब्याट्सम्यान आन्द्रे रसेलले ओभरमा ३ वटा बल सामना गरे पनि उनले १ लिन सके र २ बल डट खेले।

चौथो ओभर – १७ रन ( डट बल, डट बल, चौका , १ रन, छक्का , छक्का ) 

१२ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दिपलाई आन्द्रे रसेलले अन्तिम २ बलमा २ छक्का प्रहार गरे। ओभरको पहिलो २ बल डट फालेका सन्दिपले गरेको तेश्रो बलमा दिनेश कार्तिकले चौका प्रहार गरे। त्यसपछि चौथो बलमा १ रन लिएर आन्द्रे रसेललाई पालो दिए । रसेलले सन्दिपले गरेको पाँचौ गुग्ली बललाई डिप मिड-विकेट माथि छक्का प्रहार गरे भने दोश्रो बललाई सन्दिपको टाउको माथिबाट छक्का प्रहार गरे ।

४ ओभर बलिंग गर्दा सन्दिपले २९ रन खर्चेर १ विकेट लिए।

आईपीएलको गत सिजन ३ खेलमा सन्दिपले ५ विकेट लिएका थिए र यो एउटा विकेट पछि कुल विकेट संख्या ४ खेलमा ६ पुगेको छ।

सन्दिपले बलिंग गर्दै गर्दा कमेन्टेटरहरुले लगातार उनको तारिफ गरे र नेपालको शान बताए। सन्दिपको बलमा ड्रिफ्ट भएको र स्टम्पमा बल गर्नाले राम्रो बलर भएको भन्दै उनको तारिफ गरेका थिए।

फोटोहरुमा हेर्नुस सन्दिपको बलिंग 

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]