बिग ब्यास : सन्दिपको खेल आज : लाइभ, खेल समय लगायत सम्पूर्ण जानकारी एकै ठाउँ

  • विकेटनेपाल, पुष-६ , शुक्रबार 

बुधबार देखि अस्ट्रेलियामा सुरु भएको बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मेर्लबर्न स्टार्सले शुक्रबार लिग अन्तर्गत पहिलो खेल खेल्दै छ। आईपीएल पछि सन्दिपले खेल्न लागेको यो सबैभन्दा ठुलो लिग हो।

के हो बिग ब्यास लिग ? 

अस्ट्रेलिया क्रिकेट बोर्ड अर्थात क्रिकेट अस्ट्रेलियाले आयोजना गर्ने बिग ब्यास लिग सन् २०११ देखि सुरु भएको हो। बिग ब्यास लिग सुरु हुनु अघि अस्ट्रेलियामा टि-२० बिग ब्यास भनेर ६ वटा राज्यको प्रतिनिधित्व गर्ने टिमहरु खेल्ने गर्थे जसलाई परिमार्जित गरि ८ सहर प्रतिनिधित्व गर्ने फ़्रेञ्चाइज रझ्दै प्रतियोगिता सुरु गरिएको थियो। लिग अस्ट्रेलियामा ग्रिष्म ऋतुमा ( डिसेम्बर देखि फेब्रुवरी ) आयोजना हुने गर्छ। लिगमा पर्थ स्कर्चर्स इतिहासकै सफल टिम हो जले ३ पटक उपाधि जितीसेको छ। बिग ब्यासको सफलता पछि २०१५ देखि क्रिकेट अस्ट्रेलियाले महिला बिगब्यास लिग समेत सुरु गरेको छ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स

सन्दिपको कहिले छ खेल , लाइभ कसरि हेर्ने ? 

सन्दिपको टिम मेलबर्न स्टार्सले प्रतियोगिताको पहिलो खेल दिउँसो २ बजे ( नेपाली समय ) शेन वाटसनकप्तानीको सिड्नी थन्डर्ससंग खेल्दैछ। खेल क्यानबेरा स्थित मानुका ओभल मैदानमा खेलिनेछ। खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

मेलबर्न स्टार्सको टिम:

ग्लेन म्याक्सवेल (कप्तान), माइकल बिएर, ज्याक्सन बर्ड, स्कट बोल्याण्ड, लियाम बोवे, ड्वेन ब्राबो, ज्याक्सन कोलेम्यान, ट्रविस डिन, बेन डंक, सेब गोच, ईभान गुल्बिस, पिटर ह्याण्डकम, सन्दिप लामिछाने, निक म्याड्डीन्सन, जोनाथन मेर्लो, मार्कस स्टानोइस, ड्यानियल वोर्रल र एडम जाम्पा

सन्दिप पर्लान् त अन्तिम ११ मा ? 

सन्दिपको टिम मेर्लबर्न स्टारर्सले खेल सुरु हुनु अघिल्लो दिन सन्दिप लामिछानेलाई अन्तिम-११ मा पर्न दाबेदार १३ खेलाडीको सुचीमा राखेको छ जसमा सन्दिप पनि छन्। बिगब्यास लिगमा एउटा टिमले अन्तिम-११ मा २ जना मात्र बिदेशी खेलाडी राख्न पाउछन्। मेर्लबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सुचीमा सन्दिप र वेस्ट इन्डिज क्रिकेटर ड्वेन ब्राभो मात्रै २ बिदेशी खेलाडी रहेका छन् त्यसैले सन्दिप खेल्ने पक्का मानिएको छ।

सिड्नी थन्डर्ससंग खेल्ने मेलबर्नको सम्भावित १३ खेलाडीहरुको सुची : ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, स्कट बोलान्ड, ड्वेन ब्राभो, ज्याकसन कोलम्यान, ट्रेभिस डिन, बेन डंक, इभन गुल्बिस सन्दिप लामिछाने, निक लार्किन, लान्स मोरिस, मार्कस स्टोइन्स र एडम जाम्पा

सिड्नी थन्डर्सको सम्भावित १३ खेलाडीको सुची : शेन वाटसन ( कप्तान ) , फवाद अहमद, जोस बटलर, जोनो कुक, केलम फर्ग्यूसन, क्रिस ग्रीन, नाथन एंड्रू, अर्जुन नायर, स्याम रेनबर्ड, जो रूट, ड्यानियल स्याम, गुरिंदर संधू, जेसन संघ

मेलबर्न स्टार्सको प्रदर्शन  

बिग ब्यासमा सफल टिम मध्ये रहे पनि मेलबर्नले लिगको उपाधि भने जित्न सकेको छैन। लिगको ७ वटा संस्करण मध्ये स्टार्स ५ वटा संस्करणको सेमीफाइनल पुगेको छ भने १ पटक उपविजेता बनेको छ। २०१७/१८ को सिजनमा भने स्टार्स अंकतालिकाको पुछारमा रहेको थियो।

यस्तो छ मेलबर्न स्टार्सको खेल तालिका

मेलबर्न स्टार्सले भने आफ्नो पहिलो खेलमा डिसेम्बर २१ मा सिड्नी थन्डरसँग उसकै घरेलु मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। खेल नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ। त्यसपछि २४ तारिकमा होबार्ट हरिकेन्ससंग तथा २७ तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। डबल-राउण्ड-रोबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा ५९ वटा खेल हुनेछन्।

बिदेशी लिगमा सन्दिपको प्रदर्शन 

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-१० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

कति कमाउछन् सन्दिप ? 

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्थान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउने बताईएको छ भने बंगलादेश प्रिमियर लिगमा पाउने मूल्य भने खुलेको छैन।

क्यारेबियन प्रिमियर लिग, अफगानिस्थान प्रिमियर लिग र ग्लोबल टि-२० लिग खेल्दा सन्दिप सबै खेल खेल्न पाएका थिएनन् त्यसैले उनले सम्पूर्ण रकम भने पाउने गर्दैनन्। पाउने मूल्यको सम्बन्धित देशको नियम अनुसार कर समेत काटिने गर्छ भने सन्दिपले लिग खेल्न समन्वय गर्ने आफ्नो एजेन्टलाई समेत रकम बुझाउनु पर्नेहुन्छ।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]