विश्वकप खेल्ने सबै नेपालीको चाहना : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने चाहना सबै नेपालीको भएको बताएका छन् । नेपाली टोली अहिले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेल खेल्न जाने अन्तिम तयारीमा छ ।

नेपाली टोलीले आइतबार मात्र घरेलु मैदानमा औपचारिक तयारी समेत सकेको छ । तयारीको अन्तिम क्षणमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले नेपालले सबै खेलाडीले शतप्रतिशत दिएर फेरि विश्वकप खेल्ने लक्ष्य राखेको बताए । ‘हामीले छोटो समयमा स्तरीय तयारी गरेका छौँ । विपक्षीलाई पनि राम्रोसँग नियारी रहेका छौँ । विश्वकप खेल्ने खेलाडीको मात्र नभएर सबै नेपालीको चाहना छ । नेपाललाई विश्वकपमा पु-याएर पारस दाईले एउटा विरासत छाड्नु भएको छ । हामी अहिले त्यो विरासत फर्काउने तयारीमा छौँ,’ सन्दीपले भने ।

नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले समग्रमा टोलीको तयारी राम्रो रहेकोले अब ओमानमा गएर अन्तिम तयारीमा जुट्ने बताउनुभयो । प्रशिक्षक पुबुदुले यसअघि नै १६ सदस्सीय नेपाली खेलाडी टोलीको घोषणा गरिसकेका छन् ।

पारसको कप्तानीमा पहिलो विश्वकप

नेपालले कप्तान पारस खड्का र प्रशिक्षक पुबुदुकै नेतृत्वमा सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेको थियो । त्यसपछि नेपाली क्रिकेटको माहोल विश्वभर चुलिएको थियो । नेपालले विश्वकप छनोट खेल खेल्न लागेको भने यो पाँचौँ पटक हो ।

यसअघि नेपालले सन् २०१२, २०१३, २०१५, २०१९ मा विश्वकप छनोट खेलेको थियो । नेपालले सन २०१३ मा भएको छनोट चरण पार गर्दै २०१४ को विश्वकपमा स्थान बनाएको थियो । सन् सन् २०२२ मा अस्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा स्थान बनाउन नेपालले ओमानमा फेब्रुअरी १७ तारिखदेखि सुरु हुने ग्लोबल छनोट खेल्न लागेको हो ।

छनोटको पहिलो खेल ओमानसँग

छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि आठ टोली छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् । अर्को समूहमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । नेपालले उद्घाटन खेलमा आयोजक ओमानसँग खेल्नेछ । ग्लोबल छनोट खेलअघि नेपालले तयारीका लागि ओमानमा चार देश सम्मिलित सिरिज पनि खेल्नेछ । उक्त सिरिजमा नेपालसहित ओमान, युएई र आयरल्यान्ड रहेका छन् ।

यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]