CPL-T20 : सन्दिपको दोश्रो खेल भोलि पोलार्डको टिम ट्रिनबागोसंग ( सम्पूर्ण जानकारी )

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेको टिम जमैका तलावाजले बुधबार राति सेन्ट लुसिया जुक्स बिरुद्ध विजयी सुरुवात गरेको छ। ५ विकेटको जित हात पार्ने क्रममा जुक्सले दिएको १५९ रनको लक्ष्य जमैकाले ५ विकेट गुमाएर पुरा गरेको थियो। लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा जमैकाले शुक्रबार बिहान काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ।

खेल : जमैका तलावाज VS ट्रिनबागो नाइट राइडर्स

मिति र समय : अगस्ट २१, बिहान ३:१५ बजे ( नेपाली समय ) , ५:३० बजे बेलुका ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेलको नतिजा : जमैका १ – ४ ट्रिनबागो

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गर्नेछ। फेसबुकमा सीपीएल टि-२० को FaebookYoutube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

ट्रिनबागो नाइट राइडर्स टिम : काइरन पोलार्ड ( कप्तान ) , ड्वेन ब्राभो, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, टिम सेफर्ट, एण्डरसन फिलिप, प्रभिन ताम्बे, जेडेन सिल्स, अमिर जन्गो, टाएन वेब्स्टर, अकेल होसेन, मोहम्मद अलि खान

कस्तो छ ट्रिनबागो ? 

लिग अन्तर्गत उद्घाटन खेलमा गायना अमेजन वारियर्सलाई ४ विकेटले पराजित गरेको ट्रिनबागो उच्च लयमा रहेको छ। १७ ओभरमा छोट्याइएको खेलमा गायनाले दिएको १४५ रनको लक्ष्य ट्रिनबागोले ६ विकेट गुमाएर १६.४ ओभरमा पुरा गरेको थियो। जितमा सुनिल नारायणले बलिंगमा २ विकेट तथा ब्याटिंगमा ५० रन बनाउदै प्लेयर अफ द म्याच भएका थिए।

बलियो पक्ष :  काइरन पोलार्ड कप्तानीको टिममा डीजे ब्राभो जस्तो उत्कृस्ट अल-राउण्डरको उपस्थिति रहेको छ। लिगमा सधै उत्कृस्ट प्रदर्शन गर्दै आएको ट्रिनबागोमा लेन्डल सिमोन्स, कोलिन मुनरो, सुनिल नारायन, प्रभिन ताम्बे जस्ता अनुभवी खेलाडीहरुको उपस्थिति रहेको छ। लेन्डल सिमोन्स गत सिजन सिपिएलमा १२ खेलमा ४३० रन बनाउदै दोश्रो सर्वाधिक रनकर्ता रहेका थिए। यस्तै पोलार्डले गत सिजन पाँचौ सर्वाधिक ३४९ रन बनाएका थिए।

कमजोर पक्ष : टिमको ब्याटिंग लाइन अप बलियो देखिएता पनि बलिंगमा सुनिल नारायण र प्रविन पछि ठुलो नामहरु छैन। ब्याटिंगमा निर्भरतानै टिमको कमजोर पक्ष हो। प्रभिन ताम्बेले पहिलो खेलमा मौका दिईएन्। अनुभवी बलर ड्वेन ब्राभो टिममा रहेता पनि पहिलो खेलमा उनले १ विकेट लिन ४० रन खर्चेका थिए। फवाद एहमद, जेडन हेल्स, अलि खान, जेडन हेल्स जस्ता बलिंग अप्सन रहेता पनि बिपक्षी टिमलाई दबाब दिन त्यो पर्याप्त देखिन्न।

ट्रिनबागो नाइट राइडर्सको सम्भावित ११ :- काइरन पोलार्ड ( कप्तान ) , ड्वेन ब्राभो, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, प्रभिन ताम्बे, जेडेन सिल्स, अलि खान, टिम सेफर्ट

जितले  आत्मविश्वास : पहिलो खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गरेको जमैकामा पहिलो जितले ठुलो आत्माविश्वास दिएको छ। १५९ रनको लक्ष्य पछ्याउदा टिमका अधिकांश खेलाडीहरुले योगदान दिएका थिए।

पहिलो खेलमा ब्याटिंगमा ग्लेन फिलिप्स ( ४४ ) , असिफ अलि ( ४७ ) , कप्तान रभम्यान पावेल ( २६ ) , कार्लोस ब्राथवेट ( १८ ) ले महत्वपूर्ण योगदान दिएका थिए। बलिंगमा भिरास्यामी परमल ( २/३४ ) , मुजिब उर् रहमान ( २/२५ ) , सन्दिप लामिछाने ( १/२३ ) ले योगदान दिंदै टिमको दुवै पक्ष सन्तुलित रहेको देखाएका थिए। टिमले दोश्रो खेलमा पनि यही लय कायम गर्न चाहन्छ।

पहिलो खेलमा खास प्रदर्शन गर्न नसकेका आन्द्रे रसेलको ब्याटबाट अझ रन निस्केको जमैका हेर्न चाहन्छ।  ओपनर चाडविक वाल्टन र निकोलस किर्तन सुरुवातमै आउट हुँदा टिमले पावरप्लेमा रन बनाउन सकेको थिएन जुन पक्षमा दोश्रो खेलमा जमैकाले सुधार गर्नुपर्छ। अल-राउण्डरहरुले भरिएको टिमले यो पक्षमा सुधार गरे लिगमा जुनसुकै टिम बिरुद्ध जित निकाल्न सक्छ।

ब्याटिंग बलियो रहेको टिम ट्रिनबागो बिरुद्ध जमैकाको बलिंगको परिक्षा राम्रो हुनेछ। तर कमजोर बलिंगको फाइदा निकाल्न पनि जमैकाले सक्नुपर्छ।

जमैकाको सम्भावित ११ : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टन, ओशेन थोमस, कार्लोस ब्राथवे, निकोलस किर्टोन, , भिरास्यामी परमल , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

सन्दिपको प्रदर्शन र अपेक्षा  : पहिलो खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए।२५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

नवौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपको जिम्मेवारी दोश्रो खेलमा पनि फरक हुनेछैन। उनको जिम्मेवारी ब्याट्सम्यानलाई दबाब बनाउदै मध्यम ओभरमा साझेदारी तोड्नु हो। पहिलो खेलमा सन्दिपले एकाध मौका बाहेक ब्याट्सम्यानलाई सहजै रन दिएनन् र आत्मविश्वासको साथ बलिंग गरे। यही प्रदर्शनको आशा दोश्रो खेलमा पनि सन्दिपबाट टिमले गर्नेछ।

पहिलो खेलमा सन्दिपले जिम्मेवारीपूर्वक बलिंग गर्दै १ विकेट लिए

पहिलो खेलमा सन्दिपको ओभर-ओभरको बलिंग विश्लेषण 

सन्दिपको पहिलो ओभर :- ८ रन (१, ० , ० , १ , ६ , ० ) खेलको नवौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपलाई ओभरको पाँचौ बलमा नजिबुल्लाह जद्रानले स्लग स्विप गर्दै डिप-मिड विकेटमा छक्का प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा तिन वटा डट बल गरे भने २ पटक १/१ रन दिए।

सन्दिपको दोश्रो ओभर :- ३ रन ( २, ० , ० , ०, १, ० ) लगत्तै स्पेलमा ११ औं ओभर गर्ने क्रममा सन्दिपले किफायती बलिंग गरे। ओभरमा मात्र ३ रन खर्चने क्रममा उनले नजिबुल्लाह जद्रानलाई खुलेर रन बनाउन दिएनन्। ओभरमा उनले अधिकांश बल गुगली फालेका थिए।

सन्दिपको तेश्रो ओभर :- ८ रन ( १ , ४ , ० , ० , २ , १ ) लगत्तै स्पेलमा १३ औं ओभर बलिंग गर्ने क्रममा सन्दिपले दोश्रो बलमा दिएको अफस्टम्प भन्दा बाहिरको फुल टस बललाई रोस्टन चेजले चौका प्रहार गरे। तेश्रो बलमा सन्दिपले रोस्टन चेजलाई गुग्ली गर्दै गरेको एलबिडब्लु विकेट अपिल अम्पायरले आउट नदिंदा सन्दिप पहिलो विकेट लिन चुक्न पुगे। ओभरमा २ डट बल गरेका उनले ८ रन खर्चिए।

सन्दिपको चौथो ओभर :- ४ रन दिएर १ विकेट ( १, विकेट , १ , ० , ० , वाइड, १ ) खेलमा र सिजनमै पहिलो विकेट लिने क्रममा सन्दिपले दोश्रो बलमा नजीबुल्लाह जद्रानलाई क्याच आउट गराए। सन्दिपले गरेको गुगलीलाई ठुलो सट खेल्ने क्रममा उनि डिप-मिड विकेटमा कप्तान रभम्यान पावेलबाट समातिन पुगेका थिए। २५ रन बनाएका जद्रानको विकेट लिंदै सन्दिपले रोस्टन चेजसंगको ५२ रनको साझेदारी तोडे। ओभरमा उनले मात्र ४ रन खर्चेर स्पेल सकाए।

सम्बन्धित :-

https://wicketnepal.com/cpl-t20-m3-report-wn20/

https://wicketnepal.com/aaron-finch-target-2023-wc-wn20/

https://wicketnepal.com/ipl-woakes-placement-sa-bow-wn20/

https://wicketnepal.com/dhoni-fan-chacha-chicago-retire-wn20/

https://wicketnepal.com/cpl-t20-2020-from-tom-all-det-wn20/

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]