सिलहेटको पहिलो जित : सन्दिपको राम्रो प्रदर्शन, रन-आउट मार्फत लिए विकेट

  • विकेटनेपाल, पुष २५ – बुधवार 

बंगलादेश प्रिमियर लिग अन्तर्गत दोश्रो खेलमा सन्दिप लामिछानेको टिम सिलहेट सिक्सर्सले चिट्टागोङ्ग भिकिङ्ग्सलाई रोमान्चक खेलमा ५ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। यस अघि लिगको पहिलो खेलमा सन्दिपको टिम ४ विकेटले कोमिल्ला भिक्टोरीयन्ससंग पराजित भएको थियो।

खेलमा पहिले ब्याटिंग गर्दै सिलहेटले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा चिट्टागोङ्गले १६३ रन बनाएपछि ५ रनको हार बेहोर्न पुग्यो। सिलहेटको लागि निकोलस पुरनले ५२ रन ( ३२ बलमा ३ चौका र ३ छक्का ) , डेभिड वार्नरले ५९ रन ( ४७ बलमा २ चौका र १ छक्का ) प्रहार गरेका थिए। चिट्टागोङ्ग बलर रोबी फ्राईलिंकले ३ विकेट ( ४-०-२६-३  लिए।

लक्ष्य पछ्याउने क्रममा चिट्टागोङ्गको लागि रोबी फ्राईलिंकले अविजित ४४ रन ( २४ बलमा १ चौका र ४ छक्का ) बनाए। सिलहेट बलर तस्किन एहमदले ३४ विकेट ( ४-०-२८-४ ) र आलोक कपालीले २ विकेट ( २-०-६-२ ) लिए।

सन्दिपको सानदार रन आउट 

इनिंगको आठौँ ओभरमा सन्दिपले सानदार फिल्डिंग गर्दै खतरनाक बनिरहेका ब्याट्सम्यान क्यामरन डेल्पोर्टलाई पेभेलियनको दिशा देखाए। २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरिसकेका दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर डेल्पोर्टले १ रन लिन खोज्दा सन्दिपले पोइन्टबाट डाइरेक्ट थ्रो गर्दै रन आउट गरेका थिए। रन आउट गरेपछि कमेन्टेटरले सन्दिपको फिल्डिंगको तारिफ गरेका थिए।

सन्दिपको बलिङ्ग कस्तो रह्यो 

सन्दिपको पहिलो ओभर- ४ रन ( २ ० १ ० ० १ ) 

खेलको सातौँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दिपले ४ रन मात्रै खर्चिए। ओभरको पहिलो बलमा मोहम्मद अश्रफुलले २ रन र तेश्रो बलमा १ रन लिए भने अन्तिम बलमा डेल्पोर्टले १ रन लिए। ओभरमा सन्दिपले ३ वटा डट बल फाले।

सन्दिपको दोश्रो ओभर – ३ रन ( ० ० १ ० १ १ ) 

पहिलो ओभर गरेको ४ ओभर पछि दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले ओभरमा मात्र ३ रन खर्चिए। दोश्रो बलमा सन्दिपले मोसद्दक हुसेनलाई एलबिडब्लु अपिल गरेका थिए जसलाई अम्पायरले नकारेपछि उनले रिभ्यु लिएका थिए। रिभ्यु लिए पनि बल लेग स्टम्प बाहिर गएकोले सन्दिपले विकेट लिन सकेनन्। ओभरमा सन्दिपले ३ वटा डट बल र ३ वटा १/१ रन दिए।

सन्दिपको तेश्रो ओभर – ५ रन ( १ १ १ ० १ १ ) 

१४ औं ओभरमा लगातार स्पेलमा आफ्नो तेश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपको ओभरमा पुनः ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन्। ओभरमा सन्दिपले ५ रन खर्चिए जुन ब्याट्सम्यानले ५ पटक १/१ रन लिएर बनाएका थिए।

सन्दिपको चौथो ओभर – ९ रन ( १ १ १ १ १ ४ ) 

लगातार स्पेलमा १औं ओभरमा चौथो ओभर लिएर आएका सन्दिपले पुनः राम्रो बलिङ्ग गरे। ओभरको पहिलो ५ बलमा मात्र ५ रन दिएका सन्दिपलाई ओभरको अन्तिम बलमा सिकन्दर राजाले अगाडी बढेर लंग अफमा चौका प्रहार गरेका थिए।

४ ओभरमा सन्दिपले २१ रन लिएर विकेट विहिन भए पनि चिट्टागोङ्ग ब्याट्सम्यानहरुलाई लक्ष्यसम्म पुग्न नदिन कसिलो बलिङ्ग गर्दै महत्वपूर्ण योगदान दिए। खेलमा सन्दिपलाई कुनै पनि ब्याट्सम्यानले आक्रामक सटहरु खेलेनन्। अघिल्लो खेलमा १ पनि चौका नदिएका सन्दिपले दोश्रो खेलमा १ मात्र चौका दिए।

अघिल्लो खेलमा सन्दिपले कोमिल्ला भिक्टोरियन्स बिरुद्ध गजबको बलिङ्ग गर्दै २ विकेट लिएका थिए। त्यस क्रममा उनले ४ ओभरमा १६ रन मात्र दिएका थिए। ठुलो विकेट लिने क्रममा सन्दिपले पाकिस्तानी चर्चित क्रिकेटर सोयब मलिक र अनमुल हकको विकेट लिएका थिए।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]