सन्दिपको सीपीएल टि-२० करियरकै उत्कृस्ट बलिंग, सेन्ट किट्सको ३ ब्याट्सम्यानलाई गरे आउट

करेबियन प्रिमियर लिगमा बारबेडोस ट्राइडेन्टको प्रतिनिधित्व गरिरहेका नेपाली स्पिनर सन्दिप लामिछानेले दोश्रो खेलमा उत्कृस्ट बलिंग गरेका छन्। पहिलो खेलमा मात्र १ ओभर बलिंग गरेका सन्दिपले दोश्रो खेलमा आफुलाई उत्कृस्ट सावित गर्ने क्रममा ३ विकेट लिएका हुन्।

सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्धको खेलमा सन्दिपले उत्कृस्ट बलिंग गरे पछि टिम जित नजिक पुगेको छ। पहिले ब्याटिंग गर्दै बार्बेडोसले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले १४.५ ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको छ। यो स्थितिमा वर्षाले खेल रोकिएको छ। जित्न अझै ३१ बलमा ८० रन आवस्यक रहेको छ र असम्भव देखिएको छ।

लिगको पहिलो खेलमा गुएना अमेजोन वारियर्ससंग ४७ रनले पराजित भएपछि दोश्रो खेलमा भने वार्बेडोसले उत्कृस्ट कमब्याक गरेको हो।

सन्दिपको उत्कृस्ट बलिंग 

पहिलो ओभर – ७ रन ( ० , ० , १ , १ , ४ , १ ) : इनिंगको पाँचौ ओभरमा बलिंग गर्न एक सन्दिपले कसिलो बलिंग गरे। पहिलो ४ बलमा २ रन मात्रै दिएका उनलाई चौथो बलमा लौरी इभान्सले स्क्वायर लेगमा चौका प्रहार गरे।

Sandeep Lamichhane

दोश्रो ओभर – ७ रन ( ० , ० , ० , ० , ६ , १ ) :  पहिलो ओभर गरेको ६ ओभर पछि दोश्रो ओभर गर्न आएका सन्दिपले उत्कृस्ट बलिंग गरे। ओभरको पहिलो ४ बलमा सन्दिपले रन नै दिएनन्। शाम्राह ब्रुक्सले ४ बल डट खेलेपछि पाँचौ बलमा भने सन्दिपले दिएको फ्लाइटलाई छक्का प्रहार गरे। दोश्रो ओभरमा पनि सन्दिपले मात्र ७ रन खर्चिए।

तेश्रो ओभर – ६ रन र २ विकेट ( विकेट , २ , ० , ० , ४ , विकेट )

लगत्तै स्पेलमा १३ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले ओभरको पहिलो बलमा शम्राह ब्रुक्सलाई क्याच आउट गराए। अघिल्लो ओभरमा सन्दिपको बल खेल्न संघर्ष गरेका ब्रुक्सले सन्दिपलाई पहिलो बलमा ठुलो सट खेल्न खोज्दा लंग अनमा क्याच आउट भए।


त्यसपछि पनि सन्दिप रोकीएनन्। ६१ रन बनाएर उत्कृस्ट ब्याटिंग गरिरहेका लौरी इभान्स पनि सन्दिपको जालमा फसे। खतरनाक सावित भइरहेका इभान्सले सन्दिपलाई स्लग स्विप गरेका थिए जुन क्रममा टप एज लागेर स्क्वायर लेगमा क्याच आउट हुन पुगे। ओभरमा मात्र ६ रन खर्चेका सन्दिपले २ ठुलो विकेट पनि लिए।

चौथो ओभर – ५ रन र १ विकेट ( ० , १ , विकेट , १ , ० )

लगत्तै स्पेलमा १५ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले ओभरको तेश्रो बलमा तेश्रो विकेट लिने क्रममा सेन्ट किट्स कप्तान कार्लोस ब्राथवेटको विकेट लिए। सन्दिपले गरेको गुगलीलाई रोक्न खोज्दा ब्याटलाई चल्दै ब्राथवेटको प्याडमा लागेपछि अम्पायरले एलबिडब्लु आउट दिए। ब्राथवेट निराश देखिए पनि रिप्लेमा बलले स्टम्पको दिशा लिएको र बलले प्याडमा लाग्दा इम्प्याक्ट लाइनमा देखिएको थियो।

वर्षाको कारण खेल रोकिदा सन्दिपले ओभर पुरा गर्न पाएनन्। ३.५ ओभर बलिङ्ग गर्दा सन्दिपले २२ रन खर्चेर ३ विकेट लिएका छन्।

Sandeep Lamichhane

सीपीएल टि-२० करियरको उत्कृस्ट स्पेल , समग्रमा दोश्रो उत्कृस्ट 

करेबियन प्रिमियर लिगमा दोश्रो सिजन खेलीरहेका सन्दिपको यो सबैभन्दा राम्रो स्पेल हो। यस अघि सेन्ट किट्सको लागि खेल्ने क्रममा सन्दिपले ५ खेलमा ७ विकेट लिएका थिए। ७ विकेट लिए पनि सन्दिपले एकै खेलमा २ विकेट भन्दा बढी लिन सकेका थिएनन्। यो सिजन दोश्रो खेलमा ३ विकेट लिंदै सीपीएल टि-२० मा आफ्नो उत्कृस्ट स्पेल दर्ता गरेका हुन्। सन्दिपले विदेशी अन्तर्राष्ट्रिय टि-२० लिगको एकै खेलमा ३ वा ३ भन्दा बढी विकेट लिएको यो आठौँ अवसर हो।

 

अन्तर्राष्ट्रिय टि-२० लिगमा सन्दिपले गरेको यो दोश्रो उत्कृस्ट स्पेल हो। सन्दिपले १ पटक पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको लागि खेल्दै कराँची किंग्स बिरुद्ध ४ विकेट ( ४-०-१०-४ ) लिएका छन्। त्यस बाहेक सन्दिपले एकै खेलमा ३ विकेट भन्दा बढी लिन सकेका थिएनन्।


सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठ महिनामा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।

 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]