सन्दीप लामिछाने वेस्ट इन्डिज जाने

२०८१ जेष्ठ २८, सोमबार ०७:४६

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्व कप्तान वेस्ट इन्डिजमा हुने नेपालको विश्वकप खेलमा समावेश हुनेभएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले एक विज्ञप्ती मार्फत लामिछानेकोसहभागीताको पुष्ठी गरेको हो ।

नेपालले वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको दुई खेल खेल्नेछ । क्यानका अनुसार युवा तिव्र गतिका बलर प्रतिश जिसीलाई ट्राभलिगं रिजर्भमा राखिएको छ ।

विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित नेपालले दोस्रो खेलमा १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy