ग्लोबल टि-२० : टोरोन्टो विरुद्ध सन्दिपको शानदार बलिंग प्रदर्शन

Sandeep lamichhane

ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार बलिंग प्रदर्शन गरेका छन्।

सरे ज्यागुअर्सको प्रतिनिधित्व गरिरहेका सन्दिपले टोरोन्टो नेसनल्स विरुद्ध टिमको जितमा २२ रन खर्चेर २ विकेट लिएका हुन्।

लिग अन्तर्गत सन्दिपले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध २ विकेट लिएका थिए भने दोश्रो खेल वर्षाले प्रभावित हुँदा २ बल मात्र बलिंग गर्न पाएका थिए।

दोश्रो इनिंग्सको सातौँ ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपले ओभरमा मात्र ३ रन खर्चिए।

स्पेल निरन्तरता दिने क्रममा नवौं ओभर बलिंग गरेका उनले दोश्रो ओभरमा भने १२ रन खर्चिए। ओभरको पहिलो २ बल डट गरेका उनले दोश्रो र तेश्रो बलमा १/१ रन दिए भने ओभरको अन्तिम २ बलमा कोलिन मुनरोले छक्का र चौका प्रहार गरे।

एघारौं ओभर बलिंग गर्ने क्रममा सन्दिपले ओभरको दोश्रो बलमा १५ रन बनाएका अरमान कपुरलाई क्याच आउट पार्दै कोलिन मुनरोसंगको ४४ रनको साझेदारी पनि तोडे। ओभरको चौंथो बलमा उनले आक्रामक ब्याटिंग गरिरहेका कोलिन मुनरोको महत्वपूर्ण विकेट लिंदै सरेलाई खेलमा हावी गराए। २८ बलमा ४४ रन बनाएका मुनरोलाई सन्दिपले बोल्ड गरे।

https://www.youtube.com/watch?v=Qf7GWAXSAkY

स्पेलको अन्तिम ओभर बलिंग गर्न सोह्रौं ओभरमा आएका सन्दिपले कसिलो बलिंग गर्दै मात्र ४ रन दिए।

४ ओभरमा सन्दिपले २२ रन खर्चेर २ विकेट लिंदै स्पेलको अन्त्य गरे।

खेलमा सरेले दिएको १४२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले निर्धारित १८ ओभरमा ९ विकेट गुमाएर १२१ रन मात्र बनायो। उसको लागि कोलिन मुनरोले सर्वाधिक ४३, शाहिद अफ्रिदी र जेजे समितले समान २३ रन योगदान दिए। सरेको बलिंगमा म्याथु फोर्डले ४ विकेट, सन्दिप लामिछानेएल २ विकेट तथा स्पेन्सर जोन्सन, अमर खालिद र बर्नार्ड स्कल्जले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सरे ज्यागुअरले निर्धारित १८ ओभरमा ६ विकेट क्षेतीमा १४१ रन बनाएको थियो। ज्यागुआर कप्तान इफ्तिखार एहमदले सर्वाधिक ४७ रन योगदान दिए भने लिटन दास र जतिन्दर सिंहले समान २१ रन बनाए। टोरोन्टोका साद बिन जाफरले २ विकेट लिए।

लिगमा सरेले आगामी खेल शुक्रबार राति १:१५ बजे खेल्नेछ।

दोश्रो पटक सन्दिपले जिते ‘मोमेन्ट अफ द म्याच’ पाए ५ सय डलर 

खेलमा सन्दिपले मोमेन्ट अफ द म्याच अवार्ड पाए जसबापत उनले ५ सय डलर पुरस्कार रकम प्राप्त गरे। पहिलो खेलमा पनि सन्दीपले मोन्टरियल टाइगर्स विरुद्ध उक्त अवार्ड जितेका थिए।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]