तेश्रो खेलमा पनि सन्दिप चम्किए ! वर्षाको कारण खेल नतिजाबिहिन

  • विकेटनेपाल, मङ्सिर-९ आइतबार

युएईमा जारि टि-१० लिग प्रतियोगिता अन्तर्गत सन्दिप लामिछानेको टिम केरला नाइट्स र ब्रेण्डन म्याकलम कप्तानीको राजपुत्स बीचको खेल नतिजाबिहिन टुंगिएको छ।

खेलमा टस जितेर केरलाले राजपुत्सलाई ब्याटिंग गर्न निम्त्याएको थियो। राजपुत्सले ९ ओभरको समाप्तिमा ९४ रन बनाएर ५ विकेट गुमाउदा वर्षाको कारण खेल रोकिन पुग्यो र पुनः सुचारु हुन नसक्दा नतिजा बिहिन हुनपुग्यो।

राजपुत्सको इनिंगमा लौरी इभान्सले अविजित ३८ रन ( १९ बल, २ चौका र २ छक्का ) बनाएर ब्याटिंग गरिरहेका थिए भने कप्तान म्याकलम र रोस्सोउ २१ रन बनाएर आउट भएका थिए। केरलाको लागि सन्दिप लामिछाने र फाबियन एलेनले समान २/२ विकेट र मोहम्मद नाबेदले १ विकेट लिए।

सन्दिपको सानदार लय जारि 

प्रतियोगितामा सानदार लयमा रहेका सन्दिपले २ महत्वपूर्ण विकेट लिंदै पुनः आफुलाई उत्कृस्ट प्रमाणित गरेका छन्। खेलमा पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दिपले आफ्नो लयलाई कायम राख्दै विकेटको साथै किफायती बलिङ्ग समेत गरे।

खेलको क्रममा कप्तान मोर्गनसंग सन्दिप

सन्दिपको ओभरको पहिलो बलमा मोहम्मद सहजादले १ रन लिंदै कप्तान ब्रेण्डन म्याकलमलाई स्ट्राइक दिएका थिए जसपछि लगातार २ बलमा रन बनाउन चुकेका म्याकलमले चौथो बलमा १ रन लिंदै पुनः सहजादलाई स्ट्राइक दिएका थिए।

ओभरको पाँचौ बलमा सहजादले रुम बनाएर अफ-साइडमा खेल्न खोजेको सटमा उनि सर्ट- एक्स्ट्रा कभरमा समातिन पुगेका थिए। वायन पार्नेलको बलमा सहजाद १ रन मात्रै बनाएर आउट हुँदा सन्दिपले प्रतियोगिताको विकेट संख्या ५ पुर्याएका थिए।

प्रतियोगिताको पहिलो खेलमै १६ बलमा ८ छक्का र ६ चौका प्रहार गर्दै ७४ रन बनाएका सहजाद जस्ता खतरनाक ब्याट्सम्यानको ठुलो विकेट लिएपछि सन्दिपले पुनः आफुलाई महत्वपूर्ण सावित गरेका हुन्।

पहिलो ओभरमा सन्दिपले मात्र ६ रन खर्चेर १ विकेट लिए जसमा पनि ओभरको अन्तिम बलको चौका ब्याट्सम्यानको भित्रि किनारा लागेर विकेटकिपरको पछाडी गएको थियो।

सन्दिपको पहिलो ओभरको ६ बल – १ रन ( सहजाद ) , डट बल (म्याकलम ) , डट बल (म्याकलम ) , १ रन (म्याकलम ) , विकेट ( सहजाद ) , चौका ! ( रोस्सोउ )

ब्राथवेट बने सन्दिपको दोश्रो शिकार

पहिलो ओभरनै अत्यन्त सफल भए पछि सातौँ ओभरमा स्पेलको दोश्रो ओभर गरेका सन्दिपलाई ओभरको पहिलो र दोश्रो बलमा लौरिया इभान्सले छक्का प्रहार गरे। त्यसपछि तेश्रो बलमा १ रन लिएपछि स्ट्राइकमा वेस्ट इन्डिज स्टार खेलाडी कार्लोस ब्राथवेट आए।

ब्राथवेटलाई सन्दिपले पहिलो बलमै अर्का वेस्ट इन्डिज स्टार काइरन पोलार्डको हातबाट बाउन्ड्रीमा क्याच आउट गराए र टिमलाई चौथो र व्यक्तिगत विकेट संख्या २ पुर्याए।

ओभरको पाँचौ बलमा बेन डंकले रन बनाउन सकेनन् भने अन्तिम बलमा चौका प्रहार गरे पछि सन्दिपले आफ्नो २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

सन्दिपको दोश्रो ओभरको ६ बल – छक्का ( इभान्स ) , छक्का ( इभान्स ) , १ रन ( इभान्स ) , विकेट ! ( ब्राथवेट ) , डट बल ( बेन डंक ) , चौका ( बेन डंक )

प्रतियोगितामा हालसम्म सन्दिपको प्रदर्शन

बिरुद्ध पख्तुन्स – ३ विकेट ( २-०-१७-३ ) , बिरुद्ध सिन्धिज – १ विकेट ( २-०-१४-१ ) , बिरुद्ध राजपुत्स – २ विकेट ( २-०-२३-२ )

ड्यानियल भिटोरीको प्रशंशा

खेलको दौरान केरला नाइट्सका प्रशिक्षक ड्यानियल भिटोरीले अन्तर्वार्ताको क्रममा सन्दिपको तारिफ गर्दै सानै उमेरमा प्रतिभावान खेलाडी रहेको र अझ धेरै कुरा सिक्न बाँकी रहेको बताए। खेलको दौरान पनि कमेन्टेटरहरुले बारम्बार सन्दिपको नाम लिएर प्रसंशा गर्दै मात्र १८ बर्षमानै सन्दिपको सफलताको बयान गरिरहेका थिए।

धेरै विकेट लिने सुचीमा सन्दिप शिर्ष स्थानमा

३ खेलमा ६ विकेट लिंदै सन्दिप प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा प्रविन ताम्बे संगै शिर्ष स्थानमा उक्लिएका छन्। सन्दिपले जारि खेलमा राजपुत्ससंग २ विकेट, पहिलो खेलमा पख्तुन्ससंग ३ विकेट तथा दोश्रो खेलमा सिन्धिज बिरुद्ध १ विकेट लिएका थिए। संगै रहेका सिन्धिजका ताम्बेले भने केरला किंग्स बिरुद्धकै एकै खेलमा ५ विकेट लिएका थिए।

लिग अन्तर्गत सुरुवाती २ खेलमा नाइट्सले १ हार र १ जितको नतिजा निकालेको छ। पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेपछि दोश्रो खेलमा शेन वाट्सन कप्तानीको सिन्धिजसंग भने नाइट्स ९ विकेटले पराजित हुन पुग्यो।

८ टिम सहभागी प्रतियोगिताको समुह ‘ए’ मा रहेको केरला अंकतलिकामा तेश्रो स्थानमा रहेको छ। ३ खेलमा २ जित र १ हारको साथ ४ अंक सहित पख्तुन्स शिर्ष स्थानमा रहेको छ भने समान १ जित र १ हार भए पनि नेट रनरेटको आधारमा राजपुत्स दोश्रो स्थानमा रहेको छ। समुह चरणको खेल पछि दोश्रो चरणको खेल २६ नोभेम्बरबाट सुरु हुनेछ। दोश्रो चरणमा समुह ‘ए’ को टोलिले समुह ‘बि’ को टोलिहरु बीच खेल्नेछन् जसमा समुह चरणमा खेल्दा पाएको अंक पनि जोडिनेछ। दोश्रो राउण्ड पछि प्लेअफ चरणमा इलिमीनेटर खेल हुनेछ र डिसेम्बर २ मा खेलिने फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।

अघिल्लो २ खेलमा सन्दिपको प्रदर्शन

बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

पहिलो खेलमा सन्दिपले सानदार प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए पछि पुर्व पाकिस्तानी क्रिकेटर तथा चर्चित कमेन्टेटर रमिज राजासंग कुराकानी गर्ने क्रममा राजाले सोधेको प्रश्नमा सन्दिपले राम्रो स्थानमा बलिङ्ग गरेको र सकभर ब्याट्सम्यान भन्दा टाढा बल फालेको बताए र थोरै ओभरको क्रिकेटमा थरिथरिको बल फाल्ने गरेको बताएका थिए।

सन्दिपको टिममा ओवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।राजाले १८ बर्षमै ‘हट प्रोपर्टी’ भनेर तारिफ गर्दा सन्दिपले भगवान र सुभ चिन्तकहरुले गर्दा यो स्थानसम्म पुगेको बताएका थिए। अन्तर्वार्ता पछि जाँदाजाँदै राजाले सन्दिपको पुनः तारिफ गर्दै खेल जस्तै उनको कपाल समेत राम्रो भनेका थिए।

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]