सन्दिपको तेश्रो खेल सिड्नीसंग ( लाइभ, खेल समय लगायत सम्पूर्ण जानकारी एकै ठाउँ )

  • विकेटनेपाल, पुष ११ , बुधबार 

बिग ब्यास लिग अन्तर्गत  सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले तेश्रो खेल मोईसेस हेनरिकस कप्तानीको टिम सिड्नी सिक्सर्ससंग खेल्दैछ। खेलसंग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ –

मेलबर्न स्टार्स र सिड्नी सिक्सर्सको प्रतियोगितामा नतिजा 

मेलबर्न स्टार्सले पहिलो खेलमा सिड्नी थन्डर्ससंग १५ रनले ( डीएलएस मेथड ) तथा दोश्रो खेलमा होबार्ट हरिकेन्ससंग ६ विकेटको पराजय बेहोरेको थियो।

यस्तै सिड्नीले २ खेल मध्ये १ मा जित र १ मा हार बेहोर्ने क्रममा पहिलो खेलमा पार्थ स्कर्चर्ससंग १७ रनको जित तथा दोश्रो खेलमा सिड्नी थन्डर्ससंग २१ रनको हार बेहोर्न पुगेको थियो। अंकतालिकामा सिड्नी पाँचौ र मेलबर्न छैठौं स्थानमा रहेका छन्।


कहाँ, कहिले, कति बजे 

मिति : डिसेम्बर २७ , बिहिबार मैदान – सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी , खेल समय : २ बजे दिउसो ( नेपाल ) , ७:१५ बजे बेलुका ( अस्ट्रेलिया ) , लाइभ : खेलको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

सिड्नी सिक्सर्स टिम : मोइसेस हेनरिक्स ( कप्तान ) , जोय डेनलि, स्टिभ ओकिफी, पिटर नेभिल, नाथन लायन, सिङ एबोट, ड्यानियल ह्युज, जोर्डन सिल्क, टम कुरान, बेन ड्वारसुइस, मिकी एड्वार्ड्स, गग्रेग वेस्ट, हेनरी थोर्टन, लोयोड पोप, ड्यानियल फलिन्स, जोश फिलिप्पे , ज्याक एड्वार्ड्स, जस्टिन एभेनडानो

मेलबर्न स्टार्स टिम : ड्वेन ब्राभो, ज्याक्सन कोल्म्यान, निक म्याडीसन, ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, बेन डंक , इभान गुल्बिस, पिटर ह्यान्ड्सकम्ब, ज्याक्सन बर्ड, स्कट बोलान्ड, एडम जम्पा, ड्यानियल वोर्रल, मार्कस स्टोइन्स, निक लार्किन, सब गोच, म्याथु पार्किन्सन, ट्राभिस डिन, सन्दिप लामिछाने, लियम बो, जोनाथन मेर्लो, लेन्स मोरिस

लिगमा सन्दिपको प्रदर्शन

पहिलो खेल – बिरुद्ध सिड्नी थन्डर्स

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगेका थिए। सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो।

सन्दिपको पहिलो ओभर – ( १ , विकेट, १ , ० , १ , विकेट )

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६, चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

दोश्रो खेल : बिरुद्ध होबर्ट हरिकेन्स

दोश्रो खेलमा टिम पुनः पराजित भए पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०

के हो बिग ब्यास लिग ? 

अस्ट्रेलिया क्रिकेट बोर्ड अर्थात क्रिकेट अस्ट्रेलियाले आयोजना गर्ने बिग ब्यास लिग सन् २०११ देखि सुरु भएको हो। बिग ब्यास लिग सुरु हुनु अघि अस्ट्रेलियामा टि-२० बिग ब्यास भनेर ६ वटा राज्यको प्रतिनिधित्व गर्ने टिमहरु खेल्ने गर्थे जसलाई परिमार्जित गरि ८ सहर प्रतिनिधित्व गर्ने फ़्रेञ्चाइज रझ्दै प्रतियोगिता सुरु गरिएको थियो। लिग अस्ट्रेलियामा ग्रिष्म ऋतुमा ( डिसेम्बर देखि फेब्रुवरी ) आयोजना हुने गर्छ। लिगमा पर्थ स्कर्चर्स इतिहासकै सफल टिम हो जले ३ पटक उपाधि जितीसेको छ। बिग ब्यासको सफलता पछि २०१५ देखि क्रिकेट अस्ट्रेलियाले महिला बिगब्यास लिग समेत सुरु गरेको छ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स

बिदेशी लिगहरुमा सन्दिपको प्रदर्शन 

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्। बिदेशी लिगमा सन्दिपको ४ उत्कृस्ट प्रदर्शन।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-१० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]