सन्दिपको बलिङ्गमा मलेसिया निरिह, १०० मै अल-आउट

  • विकेटनेपाल-२० असोज

सन्दिप लामिछानेले उत्कृस्ट बलिंग प्रदर्शन गर्दै ५ विकेट हात पारेपछि आइसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपाल बिरुद्ध मलेसिया १०० रनमा समेटिएको छ।

बायुमास ओभल मैदानमा टस जित्दै ब्याटिंग गर्न उत्रिएको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र जोड्न सक्यो। उसको इनिंगमा शफिक शरिफले सर्वाधिक ४९ रन जोड्न बाहेक अन्यको प्रदर्शन सुखद रहन सकेन। ओपनिंग गर्न उत्रिएका शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।

३६ रनको स्कोरमा २ विकेट गुमाएपछि मलेसियाका लागि अहमद फैज र शफिक शरिफले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेका थिए। तर आफ्नो दोस्रो स्पेलमा बलिंग गर्न आएका सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिंदै मलेसियाको ब्याटिंग धरासायी बनाएका थिए।

Sompal Kami
सोमपाल कामिले ३ विकेट लिए ( फाइल फोटो )

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट हात पारे।  आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले २० रन खर्चिएर ५ विकेट चट्काए।  यसअघि म्यान्मार बिरुद्धको पहिलो खेलमा समेत सन्दिपले व्यक्तिगत ४ विकेट हात पारेका थिए।

यस्तै सोमपाल कामीले ३ विकेट हात पार्न १६ रन तथा पारस खड्काले १ विकेट हात पार्न १४ रन खर्चिए। नेपालले मलेसियाको १ विकेट भने रन आउट स्वरूप हात पारेको थियो।

सन्दिपको उत्कृस्ट ५ बलिङ्ग स्पेल

  • ५ विकेट (४-०-२०-५) बिरुद्ध मलेसिया (आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) )
  • ५ विकेट ( १०-२-२७-५ ) बिरुद्ध हंगकंग ( एसिया कप छनौट , २०१८ )
  • ५ विकेट ( १०-५-२०-५ ) बिरुद्ध केन्या ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
  • ४ विकेट ( ८.२-२-१८-४ ) बिरुद्ध नामिबिया ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
  • ४ विकेट ( ८-०-२९-४ ) बिरुद्ध पपुवा न्यु गिनी ( आईसीसी बिश्वकप छनौट , २०१८ )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy