सन्दिपको बलिङ्गमा मलेसिया निरिह, १०० मै अल-आउट

Sandeep Lamichhane
  • विकेटनेपाल-२० असोज

सन्दिप लामिछानेले उत्कृस्ट बलिंग प्रदर्शन गर्दै ५ विकेट हात पारेपछि आइसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपाल बिरुद्ध मलेसिया १०० रनमा समेटिएको छ।

बायुमास ओभल मैदानमा टस जित्दै ब्याटिंग गर्न उत्रिएको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र जोड्न सक्यो। उसको इनिंगमा शफिक शरिफले सर्वाधिक ४९ रन जोड्न बाहेक अन्यको प्रदर्शन सुखद रहन सकेन। ओपनिंग गर्न उत्रिएका शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।

३६ रनको स्कोरमा २ विकेट गुमाएपछि मलेसियाका लागि अहमद फैज र शफिक शरिफले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेका थिए। तर आफ्नो दोस्रो स्पेलमा बलिंग गर्न आएका सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिंदै मलेसियाको ब्याटिंग धरासायी बनाएका थिए।

Sompal Kami
सोमपाल कामिले ३ विकेट लिए ( फाइल फोटो )

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट हात पारे।  आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले २० रन खर्चिएर ५ विकेट चट्काए।  यसअघि म्यान्मार बिरुद्धको पहिलो खेलमा समेत सन्दिपले व्यक्तिगत ४ विकेट हात पारेका थिए।

यस्तै सोमपाल कामीले ३ विकेट हात पार्न १६ रन तथा पारस खड्काले १ विकेट हात पार्न १४ रन खर्चिए। नेपालले मलेसियाको १ विकेट भने रन आउट स्वरूप हात पारेको थियो।

सन्दिपको उत्कृस्ट ५ बलिङ्ग स्पेल

  • ५ विकेट (४-०-२०-५) बिरुद्ध मलेसिया (आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) )
  • ५ विकेट ( १०-२-२७-५ ) बिरुद्ध हंगकंग ( एसिया कप छनौट , २०१८ )
  • ५ विकेट ( १०-५-२०-५ ) बिरुद्ध केन्या ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
  • ४ विकेट ( ८.२-२-१८-४ ) बिरुद्ध नामिबिया ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
  • ४ विकेट ( ८-०-२९-४ ) बिरुद्ध पपुवा न्यु गिनी ( आईसीसी बिश्वकप छनौट , २०१८ )




थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]