५२ बलसम्म सन्दिपको बलिंगमा बाउन्ड्री प्रहार भएन, सिपिएलले ट्वीट गर्दै गर्यो तारिफ

टि-२० क्रिकेट ब्याट्सम्यानहरुको खेल मानिने गरिन्छ। छोटो फर्म्याटको खेलमा ब्याट्सम्यानहरु आक्रामक ब्याटिंग गर्दै चौका र छक्काको वर्षा गर्ने गर्छन्। तर ट्रिनिडाड एन्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) मा नेपाली स्पिनर सन्दिप लामिछानेले त्यो मान्यतालाई गलत सावित गरिदिएका छन्। सन्दिपले जारि लिगको पछिल्लो २ खेलमा कुनै पनि चौका/छक्का प्रहार हुन नदिई बलिंग गरेका छन्।

नेपाली स्पिनरले लगातार ५२ बलमा चौका या छक्का नखाई बलिंग गरेका छन्। गायना बिरुद्ध लगातार २ खेलमा तथा त्यसअघि ट्रिनबागो नाइट राइडर्ससंगको खेलको अन्तिम ४ बलमा गरि उनको बाउन्ड्रीविहिन बलको संख्या ५२ पुगेको हो।

अन्तिम पटक सन्दिपलाई कोलिन मुनरोले चौका प्रहार गरेका थिए। ट्रिनबागो बिरुद्धको खेलमा मुनरोले सन्दिपको स्पेलको चौथो ओभरको दोश्रो बलमा उक्त चौका प्रहार गरेका थिए।

सन्दिपले गत खेलमा गायना बिरुद्ध ८ रन खर्चेर २ विकेट लिंदै नयाँ व्यक्तिगत किर्तिमान बनाएका थिए

सिपिएल टि-२० अन्तर्गत पहिलो खेलमा सेन्ट लुसिया जुक्स बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका सन्दिपको बलमा १ चौका र १ छक्का प्रहार भएको थियो। त्यसपछि दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध ३० रन खर्चेर १ विकेट लिएका सन्दिपले मात्र २ चौका दिएका थिए। त्यसपछि गायना बिरुद्ध तेश्रो खेलमा ८ रन खर्चेर २ विकेट तथा चौथो खेलमा गायना बिरुद्धनै १२ रन खर्चेर १ विकेट लिएका सन्दिपले दुवै खेलमा चौका/छक्का दिएनन्।

अब सन्दिपको टिम जमैकाले आगामी खेल बिहिबार बिहान बार्बेडोस बिरुद्ध खेल्नेछ जसमा कति बलसम्म सन्दिपले बाउन्ड्री दिने छैनन् त्यो हेर्न रोचक हुनेछ।

सन्दिपले ४ वटा खेलमा गरेको ओभर : 

पहिलो खेल,  बिरुद्ध सेन्ट लुसिया ( ४-०-२३-१ ) :  १, ० , ० , १ , ६ , ०,  २, ० , ० , ०, १, ०,  १ , ४ , ० , ० , २ , १, १, विकेट , १ , ० , ० , वाइड, १

दोश्रो खेल, बिरुद्ध ट्रिनबागो ( ४-०-३०-१ ) : ० , १ लेगबाई, १ , १ लेगबाई , १ , ०, २ , १ , ६ , १ , विकेट , १ , ० , ४ , १ , ० , १ , १, १ , ४ , २ , ० , १ , २

तेश्रो खेल, बिरुद्ध गायना ( ४-०-८-२ ) : १ , ० , १ , ० , ० , ० ,  १ , विकेट , ० , ० , ० , ०, ० , ० , १ , २ , ० , ०, ० , ० , १ , विकेट , ० , वाइड , ०

चौथो खेल, बिरुद्ध गायना ( ४-०-१२-१ ) :  ० , २ , १ , ० , ० , ० , विकेट, वाइड, ० , ० , ० , १ , २ , ० , ० , १ , ० , ० , ० , १ , २ , ० , ० , १

लिगकै तेश्रो किफायती बलर 

लिग अन्तर्गत ४ खेलमा १६ ओभर बलिंग गरेका सन्दिपले ५ विकेट लिने क्रममा प्रतिओभर मात्र ४.५६ को औशतले रन खर्चेका छन्। उनि जारि लिगमै १० ओभर भन्दा बढी ओभर गर्ने बलरहरुमा तेश्रो सबैभन्दा किफायती बलर हुन्। गायनाका देब्रे हाते स्पिनर अशमेड नेड सबैभन्दा किफायती बलर हुन् जसले १२ ओभर बलिंग गर्दा ४७ रन खर्चेर ३ विकेट लिएका छन् र मात्र ३.९१ प्रतिओभर रन खर्चिएका छन्। दोश्रो किफायती जमैकाकै बलर मुजिब उर् रहमान रहेका छन्। रहमानले १६ ओभरमा ६७ रन खर्चेर ९ विकेट लिएका छन् र ४.१८ प्रति ओभर रन खर्चेका छन्। चौथो किफायती बलर ट्रिनबागो नाइट राइडर्सका स्पिनर सुनिल नारायणले ४.५८ प्रति ओभर रन खर्चेका छन्।

सबैभन्दा किफायती ५ बलर ( १० ओभर भन्दा बढी बलिंग गर्ने ) 

अशमेड नेड ( गायना ) : ३.९१ प्रतिओभर ( १२-१-४७-३ )

मुजिब उर् रहमान ( जमैका ) : ४.१८ ( १६-१-६७-९)

सन्दिप लामिछाने ( जमैका ) : ४.५६ ( १६-०-७३-५ )

सुनिल नारायण ( ट्रिनबागो ) : ४.५८ ( १२-०-५५-४ )

मोहम्मद नाबी ( सेन्ट लुसिया ) ४.७१ ( १४-०-६६-३ )

ट्वीटरमा सन्दिपको सिपिएल टि-२० बाट तारिफ

५२ बलमा बाउन्ड्रीविहिन रहे पछि सामाजिक संजाल ट्वीटरमा सन्दिपको तारिफ भएको छ। सिपिएल टि-२० ले आफ्नो अधिकारिक ट्वीटरमा सन्दिपलाई असाधारण बलर आसय दिने ट्वीट गर्दै काठमाडौँको बलर भनेर लेखेको छ। सन्दिपको तारिफ गर्दै अन्य ट्वीटहरु पनि गरिएको छ –

 

 

यो पनि पढ्नुस :-

https://wicketnepal.com/sandeep-5th-match-bowling-75-ball-wn20/

https://wicketnepal.com/dhoni-saqlain-chetawani-wn20/

https://wicketnepal.com/jamaica-4th-m-rep-wn20-cpl/

https://wicketnepal.com/anderson-600th-wicket-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]