पाँचौ खेलमा पनि सन्दिपको शानदार बलिंग, ७५ औं बलमा टुट्यो बाउन्ड्रीविहिन यात्रा

नेपाली स्पिनर सन्दिप लामिछानेले करेबियन प्रिमियर लिगको आफ्नो पाँचौ खेलमा पनि उत्कृस्ट बलिंग प्रदर्शनलाई जारि राखेका छन्।

गत सिजन आफैले प्रतिनिधित्व गरेको टिम बार्बेडोस ट्राइडेन्ट्स बिरुद्ध खेल्ने क्रममा सन्दिपले २ विकेट लिंदै ४ ओभरमा मात्र १६ रन खर्चिएका हुन्। २ विकेट संगै सन्दिपको प्रतियोगितामा विकेट संख्या ५ खेलमा ७ विकेट पुगेको छ। प्रतियोगितामा अन्तर्गत सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना बिरुद्ध २ विकेट तथा चौथो खेलमा गायना बिरुद्ध १ विकेट लिएका थिए।

विकेट लिएपछि सन्दिपलाई उचाल्दै एक खेलाडी

 ७५ औं बलमा टुट्यो सन्दिपको बाउन्ड्री विहिन यात्रा 

खेल सुरु हुनु अघि सन्दिपले ५२ बलसम्म बाउन्ड्री नखाई बलिंग गरेका थिए। त्यसलाई निरन्तरता दिंदै पुनः उत्कृस्ट बलिंग गरेका सन्दिपले आज स्पेलको अन्तिम ओभरमा चौका दिएका थिए। खेलमा त्यो नै सन्दिपले दिएको एउटा मात्र बाउन्ड्री थियो। सन्दिपको बाउन्ड्रीविहिन बलको यात्रा तोड्ने क्रममा मिचेल स्यान्टनरले १६ औं ओभरको चौथो बलमा लंग अनमा चौका दिएका थिए। २ बल मात्र लगातार तेश्रो खेलमा चौका/छक्का विहिन हुन सन्दिप चुके।

सन्दिपको बलिंग ओभर-ओभर 

पहिलो ओभर :- ३ रन ( १ , ० , २ , ० , ० , ० )

१० औं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले मात्र ३ रन खर्चिए। लगातार बार्बेडोसले रन बनाइरहेको बेला सदिपले कायल मेयर्सलाई सट प्रहार गर्न दिएनन्।

दोश्रो ओभर :- १ रन दिएर १ विकेट ( ० , ०  १ , विकेट , ० , ० )

१२ औं ओभरमा सन्दिपले राशिद खानलाई क्याच आउट गराउदै जमैकालाई खेलमा हावी गराए। खाता नखोल्दै ओभरको चौथो बलमा राशिद सन्दिपलाई ठुलो सट खेल्ने चक्करमा ब्याटको माथिल्लो किनारमा लाग्दै आउट हुनपुगे। ओभरमा सन्दिपले पुनः मेयर्स र कोटे एन्डरसन जस्तो ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् र मात्र १ रन खर्चे।

एसले नर्स सन्दिपले बोल्ड गरे

तेश्रो ओभर :- ४ रन दिएर १ विकेट ( १ , १ , विकेट , ० , १ , १ )

लगातार बलिंग गर्ने क्रममा सन्दिपले १४ औं ओभरमा पनि उत्कृस्ट बलिंग गरे र ओभरको तेश्रो बलमा एसले नर्सलाई बोल्ड गरे। सन्दिपको गुगलीमा सट खेल्न खोजेका नर्सले सट मिस गरे र अफ स्टम्प सन्दिपले उडाए। ओभरमा सन्दिपले मात्र ४ रन दिए।

चौथो ओभर :- ८ रन ( १ , ० , २ , ० , ४ , १ )

सन्दिपको स्पेलको अन्तिम ओभरको चौथो बलमा मिचेल स्यान्टनरले बाउन्ड्री प्रहार गर्दै ७५ औं बलमा उनको बाउन्ड्रीविहिन बलिंगको अन्त्य गरे। सोहि चौका मद्दतले ओभरमा उनले ८ रन खर्चिए। त्यसबाहेक सन्दिपले कसिलो बलिंग गरे र स्पेल अन्त्य गरे।

ब्याटिंग नचल्दा जमैका पराजित, सन्दिपले लिए २ विकेट

 

प्रतियोगितामा यस अघि सन्दिपको बलिंग 

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

चौथो खेल ( गायना बिरुद्ध, ४-०-१२-१ ) लगातार दोश्रो खेल गायना बिरुद्ध खेल्ने क्रममा सन्दिपले पुनः कन्जुस्याइँपूर्ण बलिंग गरे। ४ ओभरमा १२ रन खर्चेका सन्दिपले दोश्रो खेलमा पनि शरफेन रथरफोर्डलाई क्याच आउट गराए। १० औं ओभरमा बलिंग सुरु गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा ४ रन , तेश्रो ओभरमा १ रन तथा चौथो ओभरमा ४ रन खर्चे। यस क्रममा १६ वटा डट बल फालेका सन्दिपले दोश्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए।

लिगमा जमैकाको खेल तालिका :- अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस ( १२ बजे राति ) , सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स ( ७:४५ बजे राती ) , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस ( ७:४५ बजे राती ) , सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट ( १२ बजे राति ) , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स ( १२ बजे राति )

यो पनि पढ्नुस :-

ब्याटिंग नचल्दा जमैका पराजित, सन्दिपले लिए २ विकेट

५२ बलसम्म सन्दिपको बलिंगमा बाउन्ड्री प्रहार भएन, सिपिएलले ट्वीट गर्दै गर्यो तारिफ

CPLT20 : जमैकाको दोश्रो जितमा मुजिब उत्कृस्ट, सन्दिपको लय कायमै

६ सयौं विकेट लिंदै एन्डरसनको नयाँ विश्वकीर्तिमान

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]