सीपीएल टि-२० : गुएना बिरुद्ध सन्दिपले लिए १ विकेट , वर्षाले रोकियो खेल

करेबियन प्रिमियर लिग अन्तर्गत पाँचौ खेलमा सन्दिपल लामिछानेको टिम बार्बेडोस ट्राइडेन्टसले प्रतियोगिताको ५ खेलसम्म अपराजित गुएना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बार्बेडोसले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा गुएनाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको छ। जितको लागि ६० बलमा ६२ रन आवस्यक हुँदा वर्षाले खेल रोकिएको छ। यही अवस्थामा खेल रोकिए बार्बेडोस डी/एल मेथडमा पराजित हुनेछ।

गुएनाको लागि ओपनर ब्रेण्डन किंग ३० बलमा ५ चौका र ३ छक्का मदतले ४९ रन तथा शोयब मालिक २ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

यस अघि बार्बेडोसले १९.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। उसको लागि जेपी डुमिनिले सर्वाधिक ३८ रन बनाए। यस्तै एलेक्स हेल्सले २४ रन बनाए भने जोन्सन चार्ल्स, जस्टिन ग्रेभ्स, यसले नर्स र रेमन रेफरले समान ११ रन बनाए। सन्दिप लामिछाने खाता नखोली पहिलो बलमै क्रिस ग्रिनबाट आउट भए।

सन्दिपको प्रदर्शन 

ठुलो योगफल बनाउन नसक्दा सानो योगफलको रक्षा गर्नु पर्ने खेलमा सन्दिपले आफ्नो तर्फबाट राम्रो योगदान दिएका छन्। उनले कुल ३ ओभरमा २१ रन खर्चेर महत्वपूर्ण १ विकेट दिलाएर आफ्नो जिम्मेवारी पुरा गरे। वर्षाको कारण स्पेलको अन्तिम ओभर भने उनले गर्न पाएनन्।

सन्दिपको पहिलो ओभर : ८ रन ( ० , १ , ६ , ० , ० , १ ) : तेश्रो ओभरमा पहिलो ओभर बलिंग गरेका सन्दिपलाई ओभरको तेश्रो बलमा चद्रपौल हेमराजले छक्का प्रहार गरे। सन्दिपले गरेको थोरै शर्ट बलको फाइदा उठाएका हेमराजले कभर माथि छक्का प्रहार गरे। त्यस बाहेक ओभरमा कसिलो बलिंग गर्दै सन्दिपले ३ वटा डट बल फाले र ओभरमा ८ रन खर्चिए।

सन्दिपको दोश्रो ओभर : ४ रन र १ विकेट ( विकेट , १ , १ , ० , १ , १ ) : आठौँ ओभरमा बलिंग गर्ने क्रममा सन्दिपले ओभरको पहिलो बलमै विकेट दिलाए। २० रन बनाएर जमीरहेका हेमराजलाई गुगली गर्दै उनले आफैद्वारा क्याच आउट गराए। ओभरमा मात्र ४ रन खर्चेका सन्दिपले महत्वपूर्ण विकेट दिलाउदै टिमलाई समेत खेलमा फर्काए।

Sandeep Lamichhane

सन्दिपको तेश्रो ओभर : ९ रन ( ० , १ , ० , ० , ४ , ४ ) लगातार स्पेलमा बलिंग गर्न आउने क्रममा सुरुवाती ओभर कसिलो गरेता पनि ओभरको अन्तिम २ बलमा ब्रेण्डन किंगले लगातार २ वटा चौका प्रहार गरे। पहिलो बलमा लेट कट गर्दै तथा दोश्रो बलमा सन्दिपको सर्ट बललाई मिड विकेट तिर उनले चौका प्रहार गरे। ओभरमा सन्दिपले ९ रन खर्चिए।

प्रतियोगिता अन्तर्गत सन्दिपले आजको खेल सहित ५ खेलमा ६ विकेट लिएका छन्। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा १ ओभर मात्रै बलिंग गरेका सन्दिपले दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिएका थिए। तेश्रो खेलमा जमैका तल्लावाह बिरुद्ध उनले १ विकेट लिएका थिए। चौथो खेलमा सन्दिपले सेन्ट लुसिया जुक्स बिरुद्ध १ विकेट लिए। सेन्ट किट्स सन्दिप प्लेयर अफ द म्याच पनि चुनिएका थिए।

आजको खेल अघि लिग चरणमा ४ खेल खेलेको बार्बाडोसले २ खेलमा जित निकाल्दा २ खेलमा हार व्यहोरेको छ। उसले सेन्ट किट्स एण्ड नेविस प्यट्रियट्सलाई दोश्रो खेलमा १८ रनले र सेन्ट लुसिया जुक्सलाई चौथो खेलमा ७१ रनले पराजित गरेको थियो। त्यस्तै पहिलो खेलमा गायना अमेजन वारियर्ससँग ४७ रन तथा तेस्रो खेलमा जमैका तल्ल्वाहसँग ४ विकेटले पराजित भएको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]