CPL T20 : सन्दिपको जमैकाको छैठौं खेल सेन्ट किट्स बिरुद्ध

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले छैठौं खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्दैछ। दुवै टिमले एक-अर्का बिरुद्ध पहिलो खेल खेल्न लागेका हुन्।

लिग अन्तर्गत अनियमित प्रदर्शन गर्दै आएको जमैकाले ५ खेल खेल्ने क्रममा २ जित र ३ हार बेहोरेको छ। यस क्रममा बार्बेडोससंग बिहिबार बिहान सम्पन्न खेलमा ३६ रनले पराजित भएको थियो। अंकतालिकामा ४ अंक सहित जमैका पाँचौ स्थानमा रहेको छ। सेन्ट किट्सलाई पराजित गर्दै जमैका १ स्थान माथि उक्लदै सेमीफाइनल दौडमा आउन चाहनेछ।

अर्कोतर्फ प्रतियोगिताकै कमजोर टोलि सेन्ट किट्सले ५ खेलमा ४ खेलमा हार र मात्र एउटा जित दर्ता गरेको छ। २ अंक सहित रायद इम्रिट कप्तानीको टिम पुछारमा रहेको छ। अबको खेल नजितेको खण्डमा सेन्ट किट्सको सेमीफाइनल यात्रा निकै मुस्किल हुनसक्छ।

खेल : जमैका तलावाज VS सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स

मिति र समय : अगस्ट २९, राति १२:०० बजे ( नेपाली समय ) , २:१५ बजे दिउसो ( स्थानीय समय )

मैदान : क्विन्स पार्क ओभल, स्टेडियम, ट्रिनिडाड एन्ड टोबागो

अन्तिम ५ खेल : जमैका १ – ४ सेन्ट किट्स

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गरिरहेको छ। फेसबुकमा सीपीएल टि-२० को Faebook र Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैकाको हालसम्मको प्रदर्शन  ( ५ खेलमा २ जित र ३ हार )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटले विजयी 

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

चौथो खेल Vs गायना – ५ विकेटले विजयी 

पाँचौ खेल Vs बार्बेडोस – ३६ रनले पराजित 

जमैकाको लयमा रहेका २ खेलाडी :- 

१. सन्दिप लामिछाने : प्रतियोगितामा लगातार किफायती बलिंग गरेका नेपाली गुग्ली ब्वाईले ५ खेलमा ७ विकेट लिईसकेका छन्। उत्कृस्ट प्रदर्शन गरिरहेका सन्दिपले यस क्रममा कुल २० ओभर बलिंग गर्दा मात्र ८९ रन खर्चिएका छन् र मात्र ४.४५ प्रतिओभर रन खर्चेका छन्। उनले पहिलो दुइ खेलमा सेन्ट लुसिया, ट्रिनबागोसंग १/१ विकेट, तेश्रो खेलमा गायनासंग २ विकेट, चौथो खेलमा गायना बिरुद्ध १ विकेट तथा पाँचौ खेलमा बार्बेडोस बिरुद्ध २ विकेट लिएका थिए।

सन्दिपले प्रतियोगितामा अहिलेसम्मकै किफायती बलिंग गर्ने क्रममा गायना अमेजन वारियार्स बिरुद्ध ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिएका थिए। यस्तै सन्दिप प्रतियोगितामै सबैभन्दा चौथो किफायती बलर समेत हुन्। मार्क डेयाल ( ३.५० ) , अशमेड नेड ( ३.९१ ) र मुजिब उर् रहमान ( ४.०५ ) सन्दिप भन्दा अघि रहेका छन्। सुनिल नारायण, मोहम्मद नाबी जस्ता बलरलाई किफायती बलिंगमा नेपाली स्पिनरले पछि छाडेका छन्।

इनिंगको बीचको ओभरमा बलिंग गर्ने क्रममा सन्दिपले किफायती बलिंग गर्नुको साथै विकेट पनि निकालेर बिपक्षी टिमलाई निरन्तर दबाब बनाएका छन्।

सन्दिप र मुजिबको जोडीले उत्कृस्ट प्रदर्शन गरिरहेका छन्

२. मुजिब उर् रहमान : ५ खेलमा १२ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिएका अफगानी अफ स्पिनर मुजिब बिपक्षी टिमको लागि निकै मुस्किल बलर सावित भइरहेका छन्। विकेट मात्र हैन उनि प्रतियोगिताकै तेश्रो उत्कृस्ट ( ४.०५ ) को इकोनोमिले रन खर्चिरहेका छन्।

सुरुवाती ओभरमै बलिंग गर्न आइरहेका अफ स्पिनरले लगातार विकेट दिलाइरहेका छन्। २० वर्षीय बलरले पछिल्लो ३ खेलमा समान ३ विकेट लिएका छन्। जमैका बिरुद्ध लगातार २ खेलमा तथा अन्तिम खेलमा बार्बेडोस बिरुद्ध उनले ३ विकेट लिएका थिए। त्यस अघि पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध २ तथा ट्रिनबागो बिरुद्ध १ उनले १ विकेट लिएका थिए।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

सेन्ट किट्सको हालसम्मको प्रदर्शन ( ५ खेलमा १ जित र ४ हार ) 

पहिलो खेल Vs बार्बेडोस – ६ रनले पराजित

दोश्रो खेल Vs गायना – ३ विकेटले पराजित

तेश्रो खेल Vs सेन्ट लुसिया – १० रनले पराजित

चौथो खेल Vs बार्बेडोस –६ विकटले विजयी

पाँचौ खेल Vs सेन्ट लुसिया – ६ विकेटले पराजित

सेन्ट किट्सको लयमा रहेका २ खेलाडी :-

१. इभिन लुइस : टिमले लगातार खराब प्रदर्शन गरे पन बायाँ हाते ब्याट्सम्यान लुइसले निरन्तर रन बनाइरहेका छन्। उनले ५ खेलमा १६१ रन बनाइसकेका छन् र प्रतियोगिताकै दोश्रो सर्वाधिक रनकर्ता हुन्। ओपनिंग ब्याट्सम्यानले यस क्रममा बार्बेडोस ट्राइडेन्ट बिरुद्ध ८९ रन बनाएका थिए जुन लिगकै सर्वाधिक व्यक्तिगत योगफल हो।

२. रायद इमृट : आफ्नो टिमको प्रदर्शन बिर्सनलायक रहे पनि कप्तान इमृटले राम्रो योगदान दिईरहेका छन्। दायाँ हाते तिब्र गति बलरले हालसम्म ५ खेलमा ७ विकेट लिनुको साथै ४३ रन पनि बनाएका छन्। उनले प्रतियोगितामात्र ५.४४ प्रति ओभर रन खर्चिएका छन् र सबैभन्दा किफायती बलरको सुचीमा नवौं स्थानमा तथा धेरै विकेट लिने सुचीमा सातौँ स्थानमा छन्। उनले गायना बिरुद्धको खेलमा ३ तथा बार्बेडोस बिरुद्ध २ विकेट लिएका थिए।

इभिन लुइसले बार्बेडोस बिरुद्ध ८९ रन बनाएका थिए जुन लिगकै सर्वाधिक व्यक्तिगत योगफल हो

सेन्ट किट्स टिम : क्रिस लिन, बेन डंक, इभिन लुइस, निक केली, सोहेल तन्भिर, इश सोढ़ी, शेल्डन कटरेल, दिनेश राम्दीन, रायड इमृट, इमरान खान, अल्जारी योसेफ, जोसुवा डी सिल्भा, डोमिनिक ड्रेक्स, कोलिन अर्चीबाल्ड, जोन रस , जमार ह्यामिल्टन

प्रतियोगितामा सन्दिप लामिछानेको प्रदर्शन 

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

चौथो खेल ( गायना बिरुद्ध, ४-०-१२-१ ) लगातार दोश्रो खेल गायना बिरुद्ध खेल्ने क्रममा सन्दिपले पुनः कन्जुस्याइँपूर्ण बलिंग गरे। ४ ओभरमा १२ रन खर्चेका सन्दिपले दोश्रो खेलमा पनि शरफेन रथरफोर्डलाई क्याच आउट गराए। १० औं ओभरमा बलिंग सुरु गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा ४ रन , तेश्रो ओभरमा १ रन तथा चौथो ओभरमा ४ रन खर्चे। यस क्रममा १६ वटा डट बल फालेका सन्दिपले दोश्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए।

पाँचौ खेल ( बार्बेडोस बिरुद्ध, ४-०-१६-२ ) पाँचौ खेलमा अझ राम्रो बलिंग गर्ने क्रममा सन्दिपले १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले राशिद खान र एसले नर्सको विकेट लिए। खेलमा सन्दिपले मात्र एउटा चौका दिए। स्पेलको चौथो ओभरमा मिचेल स्यान्टनरले हिर्काउनु अघि सन्दिपले ७४ बलमा चौका/छक्का नै दिएका थिएनन्। अघिल्लो २ खेलमा सन्दिपको स्पेल बाउन्ड्रीविहिन रहेको थियो। स्पेलको सुरुवात शानदार गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा १ रन , तेश्रो ओभरमा ४ रन तथा चौथो ओभरमा ८ रन खर्चेका थिए।

यो पनि पढ्नुस :-

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

आईपीएल अघि चेन्नाईलाई ठुलो झट्का, सुरेश रैना भारत फर्किए

वर्षाले नतिजाविहिन खेलमा बान्टनको आक्रामक इनिंग

IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

आफैले हानेको छक्काले ओ’ ब्रायनको कारको शिशा फुटेपछि

CPL : अपराजित रहँदै पोलार्डको ट्रिनबागो शिर्षमा, हेनुस को-कति स्थानमा छन्

कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पुरा, उनले बनाएका २० किर्तिमान

११ चर्चित भारतीय क्रिकेटर जसले विदाई खेल नखेली सन्यास लिए





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]