क्याच छुट्दा सन्दीप विकेटविहिन रहे पनि किफायती बलिङ्ग, सिल्हेटको अर्को हार

Sandeep Lamichhane
  • विकेटनेपाल, माघ -५ , शनिवार  

बंगलादेश प्रिमियर लिग अन्तर्गत रंगपुर राईडर्स बिरुद्ध लिगको सातौँ खेलमा सिल्हेट ४ विकेटले पराजित हुन पुगेको छ।

पहिले ब्याटिंग गर्दै सिल्हेटले दिएको १९५ रनको बिशाल लक्ष्य रंगपुरले १९.३ ओभरमा भेट्यो। लक्ष्य पछ्याउने क्रममा राइलि रोस्योले सर्वाधिक ६१ रन ( ३५ बलमा ९ चौका र २ छक्का ) बनाए। यस्तै एबि डी भिल्लियर्सले ३४ रन ( २१ बलमा २ चौका र २ छक्का ) , एलेक्स हेल्सले ३३ रन ( २४ बलमा २ चौका र २ छक्का ) तथा फरहाद रेजाले १९ रन ( ६ बलमा २ चौका र १ छक्का ) बनाए। सिल्हेट बलर तस्किन एह्मदले ४ विकेट ( ४-०-४२-४ ) लिए।

खेलमा टस जितेर रंगपुरले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सिल्हेटले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रनको योगफल तयार गरेको थियो। सिल्हेटको लागि ओपनर सब्बिर रहमानले सर्वाधिक ८५ रन बनाए जुन क्रममा ५१ बलमा ६ छक्का र ५ चौका प्रहार गरे। यस्तै निकोलस पुरनले २७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै अविजित ४७ रन बनाए।

हारसंगै सिल्हेट सिक्सर्स अंकतालिकाको छैठौं स्थानमा कायम रहेको छ जसले ७ खेलमा ५ हार र २ जित दर्त गरेको छ। जितपछि रंगपुर लिगको तेश्रो स्थानमा रहेको छ जसले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ। शिर्ष स्थानमा रहेको ढाकाले ६ खेलमा ५ जित र १ हार बेहोरेको छ।

सन्दिपको प्रदर्शन कस्तो रह्यो 

सन्दिपको पहिलो ओभर ३ रन ( ० , ० , २ रन , ० , १ रन , ० )

पावरप्ले चल्दै गर्दा इनिंगको चौथो ओभरमा पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले उत्कृस्ट सुरुवात गरे। ओभरको अन्तिम बलमा विकेटकिपरले क्याच छुटाउदा सन्दिप विकेट लिन चुक्न पुगे। ओभरमा सन्दिपले ४ बल डट गरे।

सन्दिपको दोश्रो ओभर ७ रन ( १ रन, ० , १ रन , १-बाई, चौका , १ रन )

आठौँ ओभरमा दोश्रो ओभर बलिङ्ग गरेका सन्दिपआई ओभरको पाँचौ बलमा रुसोले चौका प्रहार गरे। सन्दिपले गरेको सर्ट बललाई उनले एक्स्ट्रा कभरमा चौका हिर्काए। ओभरमा कुल उनले कुल ८ रन खर्चिए।

Sandeep Lamichhane

सन्दिपको तेश्रो ओभर – ८ रन ( १ रन, १ रन, चौका, १ रन, १ रन, ० )

ओभरको तेश्रो बलमा सन्दिपले माथि खेलाएको बललाई रुसोले सन्दिपको टाउको माथिबाट कडा प्रहार गर्दै चौका प्रहार गरेका थिए। ओभरमा बल डट गरेका उनले ४ वटा सिंगल दिए।

सन्दिपको चौथो ओभर –  ३ रन ( ० , ० , ० , १ रन,  १ रन, १ रन )

१६ औं ओभरमा अन्तिम ओभर बलिङ्ग गरेका सन्दिपले कसिलो बलिङ्ग गर्दै रंगपुरको जित मुस्किल बनाउन महत्वपूर्ण योगदान दिए। ओभरको पहिलो ३ बलमा नहिदुल इस्लामलाई सन्दिपले बाँधेर राखे।

४ ओभर बलिङ्ग गर्दा सन्दिपले मात्र २१ रन खर्चे तर विकेट भने पाएनन्।

बंगलादेश प्रिमियर लिगमा सन्दिपको हालसम्म प्रदर्शन 

बंगलादेश प्रिमियर लिगमा कुल ६ खेल खेल्ने क्रममा सन्दिपले ४ विकेट लिएका छन्। पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्ससंग २ विकेट लिएका उनले दोश्रो र तेश्रो खेलमा विकेट लिन सकेका थिएनन्। चौथो खेलमा अन्तिम-११ मा स्थान बनाउन नसकेका सन्दिपले पाँचौ खेलमा रंगपुर् राईडर्ससंग राम्रो बलिङ्ग गर्दै १८ रन दिएर १ विकेट लिएका थिए।

पहिलो खेल Vs कोमिल्ला भिक्टोरियन्स – २ विकेट ( ४-०-१६-२ )
दोश्रो खेल Vs चिट्टागोङ्ग भाईकिङ्ग्स – ० विकेट ( ४-०-२१-० )
तेश्रो खेल Vs ढाका डाईनामाइट्स – ० विकेट ( ४-०-३३-० )
चौथो खेल Vs रंगपुर राईडर्स – १ विकेट ( ४-०-१८-० )
पाँचौ खेल Vs ढाका डाईनामाइट्स – १ विकेट ( ४-०-२७-१ )
छैठौं खेल Vs रंगपुर राईडर्स – ० विकेट ( ४-०-२१-० )





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]