CPL T20 : सन्दिपको जमैकाको सातौँ खेल आज पोलार्डको ट्रिनबागोसंग ( सम्पूर्ण जानकारी )

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) अन्तर्गत नेपाली खेलाडी लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम जमैका तलावाजले आफ्नो सातौँ खेलमा मंगलबार राति काइरन पोलार्ड कप्तानीको ट्रिनबागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ। लिगमा एक-अर्का बिरुद्ध दुइ टिम दोश्रो पटक आमने-सामने हुन लागेका हुन्।

लिगमा शानदार प्रदर्शन गर्दै अपराजित ट्रिनबागो ६ खेलमा १२ अंक सहित अंकतालिकाको शिर्षस्थानमा रहेको छ। अर्कोतर्फ जमैका समान ६ खेल खेल्दा ३ जित र ३ हार पछि ६ अंक बटुल्दै चौथो स्थानमा छ। लिगकै शिर्ष स्थानमा रहेको टिमलाई पराजित गर्दै जमैका शिर्ष-४ भित्र स्थान सुरक्षित गर्दै लिग जित्ने दावेदारी प्रस्तुत गर्न चाहन्छ।

अर्कोतर्फ ट्रिनबागो अपराजित यात्रा कायम राख्दै जमैका बिरुद्ध यस अघिकै नतिजा दोहोर्याउन चाहन्छ। जमैकाले अन्तिम पटक ट्रिनबागोलाई २०१८ मा पराजित गरेको थियो जसपछि लगातार ४ खेलमा ट्रिनबागोले जमैकालाई पराजित गरेको छ। लिग अन्तर्गत यस अघिको खेलमा जमैकालाई ट्रिनबागोले ७ विकेटले पराजित गरेको थियो।

खेल : जमैका तलावाज VS ट्रिनबागो नाइट राइडर्स

मिति र समय : सेप्टेम्बर १, राति ७:४५ बजे ( नेपाली समय ) , १०:बजे बिहान ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेलको नतिजा : जमैका १ – ४ ट्रिनबागो

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गर्नेछ। फेसबुकमा सीपीएल टि-२० को Faebook र Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

ट्रिनबागो नाइट राइडर्स टिम : काइरन पोलार्ड ( कप्तान ) , ड्वेन ब्राभो, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, टिम सेफर्ट, एण्डरसन फिलिप, प्रभिन ताम्बे, जेडेन सिल्स, अमिर जन्गो, टाएन वेब्स्टर, अकेल होसेन, मोहम्मद अलि खान

लिगमा जमैकाको हालसम्मको नतिजा  ( ६ खेलमा ३ जित र ३ हार )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटले विजयी 

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

चौथो खेल Vs गायना – ५ विकेटले विजयी 

पाँचौ खेल Vs बार्बेडोस – ३६ रनले पराजित 

छैठौं खेल Vs सेन्ट किट्स – ३७ रनले विजयी 

लिगमा ट्रिनबागोको हालसम्मको नतिजा  ( ६ खेलमा ६ जित )

पहिलो खेल Vs गायना – ४ विकेटले विजयी 

दोश्रो खेल Vs जमैका – ७ विकेटले विजयी 

तेश्रो खेल Vs बार्बेडोस – १९ रनले विजयी 

चौथो खेल Vs सेन्ट लुसिया –६ विकेटले विजयी

पाँचौ खेल Vs गायना – ७ विकेटले विजयी 

छैठौं खेल Vs बार्बेडोस – २ विकेटले विजयी 

जमैकाको लयमा रहेका २ खेलाडी 

ग्लेन फिलिप्स : न्युजिल्यान्डका दायाँ हाते विकेटकिपर ब्याट्सम्यान लिगमा शानदार लयमा छन्। लिगको सर्वाधिक रन बनाउने ब्याट्सम्यान फिलिप्सले जमैकाको सेन्ट किट्स बिरुद्धको जितमा अविजित ७९ रन बनाएका थिए। यस अघि उनले सेन्ट लुसिया जुक्स्त बिरुद्ध ४४, ट्रिनबागो नाइट राइडर्स बिरुद्ध ५८ रन तथा गायना बिरुद्ध २६ रन बनाएका थिए। ६ खेलमा उनले २ अर्धशतक मद्दतले २०७ रन बनाएका छन्। यस क्रममा जमैकाका ओपनरले ४१.४० को औशत र १२७.७७ को स्ट्राइक रेटले रन बनाएका छन्।

मुजिब उर् रहमान र ग्लेन फिलिप्स

मुजिब उर् रहमान : प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान मात्रै हैन सर्वाधिक विकेट लिने बलर पनि जमैकाकै अफ स्पिनर मुजिब उर् रहमान हुन्। अफ्गानी स्पिनरले ६ खेलमा १३ विकेट लिईसकेका छन् जुन क्रममा मात्र ३.८७ प्रतिओभर रन खर्चेका छन्। टिमकै अर्का स्पिनर सन्दिप लामिछाने र मुजिबको जोडीले लिगमा विकेट मात्रै हैन कन्जुस्याइँपूर्ण बलिंग पनि गरेका छन्। सन्दिपले ९ विकेट लिईसकेका छन्। मुजिबले गायना बिरुद्ध लिगको दुवै खेलमा ३/३ विकेट तथा बार्बेडोस बिरुद्ध पनि ३ विकेट लिएका थिए। यस क्रममा मुजिबले प्रत्येक ११ बल गर्दा १ विकेटको स्ट्राइकर रेटमा बलिंग गरेका छन्।

ट्रिनबागोको लयमा रहेका २ खेलाडी 

१. डेरेन ब्राभो : टिमका मध्यक्रम ब्याट्सम्यान ब्राभोले खेलेको ६ खेल मध्ये ३ खेलमा अविजित रहँदै ब्याटिंग गरेका छन्। ६ खेलमा उनले ५१ को औशतले १५३ रन बनाउदै सर्वाधीक रनकर्ताको सूचीमा सातौँ स्थानमा रहेका छन्। दायाँ हाते ब्याट्सम्यानले यस क्रममा बार्बेडोस बिरुद्ध अविजित ५४, गायना बिरुद्ध ३० र अविजित २६, सेन्ट लुसिया बिरुद्ध अविजित २३ तथा बार्बेडोस बिरुद्ध ६ रन बनाएका थिए।

डेरेन ब्राभो र काइरन पोलार्ड

२. काइरन पोलार्ड : कप्तान पोलार्डले ६ खेल खेल्दा ५ खेलमा ब्याटिंग गर्दै १३२ रन बनाएका छन्। उनले यस क्रममा ४४ को औशत र २०६.२५ को उत्कृस्ट औशतले रन बनाएका छन्। बार्बेडोस ट्राइडेन्ट बिरुद्ध अन्तिम खेलमा दायाँ हाते ब्याट्सम्यानले अपत्यारिलो ब्याटिंग गर्दै मात्र २८ बलमा ७२ रन बनाएर अपत्यारिलो जित दिलाएका थिए। यस्तै उनले बार्बेडोस बिरुद्धनै अघिल्लो खेलमा पनि अविजित ४१ रन बनाएका थिए।

प्रतियोगितामा सन्दिप लामिछानेको प्रदर्शन 

लिगमा शानदार लय देखाइरहेका नेपाली लेग स्पिनरले ६ खेलमा ९ विकेट लिईसकेका छन्। यस क्रममा उनले मात्र ४.८३ रन प्रतिओभर खर्चिएका छन् जुन लिगकै आठौँ उत्कृस्ट किफायती बलिंग हो। सर्वाधिक विकेटकर्ताकोक सूचीमा समेत सन्दिप ९ विकेट सहित राशिद खानसंगै चौथो स्थानमा रहेका छन्।

लिगको मध्यम ओभरहरुमा बलिंग गरिरहेका सन्दिपले पहिलो खेलमा सेन्ट लुसिया बिरुद्ध १ विकेट, दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध १ विकेट, तेश्रो खेलमा गायना अमेजन वारियर्स बिरुद्ध २ विकेट, चौथो खेलमा गायना बिरुद्धनै १ विकेट, पाँचौ खेलमा बार्बेडोस बिरुद्ध २ विकेट तथा छैठौं खेलमा सेन्ट किट्स बिरुद्ध २ विकेट लिएका थिए।

पहिलो खेल ( सेन्ट लुसिया बिरुद्ध, ४-०-२३-१ )  खेलमा पावरप्लेको ओभर पछि बलिंग गर्न आएका नेपाली लेग स्पिनर सन्दिपले आफ्नो जिम्मेवारी राम्रोसंग निभाएका थिए। उनले ४ ओभरमा २३ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। २५ रन बनाएर क्रिजमा जमेका ब्याट्सम्यान नजीबुल्लाह जद्रानलाई उनले चौथो ओभरमा क्याच आउट गराए। तेश्रो ओभरमा गरिएको एलबिडब्लु भने अम्पायरले नकार्दा दोश्रो विकेट लिन सन्दिप चुके।

सन्दिपले प्रतियोगितामा ९ विकेट लिएका छन्

दोश्रो खेल ( ट्रिनबागो बिरुद्ध, ४-०-३०-१ ) सन्दिपले दोश्रो खेलमा पनि मात्र १ विकेट लिएता पनि पुनः राम्रो बलिंग गरे। ३० रन खर्चेका सन्दिपले खेलमा आक्रामक ब्याटिंग गरेका सुनिल नारायणको विकेट लिंदै मुनरोसंगको साझेदारी तोडेका थिए। सन्दिपले ७.५ को राम्रो इकोनोमिले बलिंग गरे। १५ औ ओभरमा कोलिन मुनरोले गरेको स्लग स्विप बाउन्ड्री नजिक कार्लोस ब्राथवेटले क्याच छुटाउदा उनि दोश्रो विकेट लिन चुकेका थिए।

तेश्रो खेल ( गायना बिरुद्ध , ४-०-८-२ ) मुजिब उर् रहमानले लगातार विकेट लिएपछि दबाबमा रहेको गायनालाई सन्दिपले नवौं ओभरमा मात्र २ रन खर्चेर झनै दबाब थपेका थिए। त्यसपछि दोश्रो ओभरको दोश्रो बलमा शरफेन रथरफोर्डको विकेट लिएका उनले मात्र १ रन खर्चिए। तेश्रो ओभरमा रस टेलर र किमो पौललाई रन बनाउन रोक्ने क्रममा ३ रन खर्चिएपछि स्पेलको अन्तिम ओभरमा सन्दिपले कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै दोश्रो विकेट लिए। चौथो ओभरमा पनि उनले २ रन मात्र खर्चे।

चौथो खेल ( गायना बिरुद्ध, ४-०-१२-१ ) लगातार दोश्रो खेल गायना बिरुद्ध खेल्ने क्रममा सन्दिपले पुनः कन्जुस्याइँपूर्ण बलिंग गरे। ४ ओभरमा १२ रन खर्चेका सन्दिपले दोश्रो खेलमा पनि शरफेन रथरफोर्डलाई क्याच आउट गराए। १० औं ओभरमा बलिंग सुरु गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा ४ रन , तेश्रो ओभरमा १ रन तथा चौथो ओभरमा ४ रन खर्चे। यस क्रममा १६ वटा डट बल फालेका सन्दिपले दोश्रो ओभरको पहिलो बलमा विकेट लिएका थिए।

पाँचौ खेल ( बार्बेडोस बिरुद्ध, ४-०-१६-२ ) पाँचौ खेलमा अझ राम्रो बलिंग गर्ने क्रममा सन्दिपले १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले राशिद खान र एसले नर्सको विकेट लिए। खेलमा सन्दिपले मात्र एउटा चौका दिए। स्पेलको चौथो ओभरमा मिचेल स्यान्टनरले हिर्काउनु अघि सन्दिपले ७४ बलमा चौका/छक्का नै दिएका थिएनन्। अघिल्लो २ खेलमा सन्दिपको स्पेल बाउन्ड्रीविहिन रहेको थियो। स्पेलको सुरुवात शानदार गरेका सन्दिपले पहिलो ओभरमा ३ रन, दोश्रो ओभरमा १ रन , तेश्रो ओभरमा ४ रन तथा चौथो ओभरमा ८ रन खर्चेका थिए।

छैठौं खेल ( सेन्ट किट्स बिरुद्ध, ४-०-२७-२ ) सेन्ट किट्स बिरुद्ध टिमले जित हात पार्दा सन्दिपले २ विकेट लिए। पछिल्लो खेलहरु भन्दा बढी रन खर्चेका सन्दिपले स्पेलको तेश्रो र चौथो ओभरमा इभिन लुइस र इश सोढ़ीको विकेट लिए। पहिलो ओभरमा ७ रन तथा दोश्रो ओभरमा १० रन खर्चिएका उनले तेश्रो ओभरमा २ रन खर्चेर १ विकेट तथा चौथो ओभरमा ८ रन खर्चेर १ विकेट लिए।

यो पनि पढ्नुस :-

IPL : धोनीले कति नम्बरमा ब्याटिंग गर्नुपर्ला ? गम्भीरसंग छ जवाफ

रुटलाई टि-२० मा बाहिर राख्दै अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्ड टिमको घोषणा

टि-२० औशतमा बाबरले उछिने कोहलीलाई

रैना भारत फर्कनुको कारण यस्तो, सफलता टाउकोमा चढेको टिम मालिकको आरोप

निकोलस पुरनको सिपिएल इतिहासकै तेश्रो छिटो शतक, गायनाको जित

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]