सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँमा आजदेखि नियमित सुनुवाइ हुँदै छ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन।

सन्दीपले नाबालिग गौशाला २६ ( प्रहरीले दिएको नाम ) लाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका छन्। नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy