सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

२०८० भाद्र २१, बिहीबार १८:१६

सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्म दर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको थियो ।

न्यायाधीश कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्म दर्ता र बसाइँको कागजात झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरूले त्यही माग गरेका थिए ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।

पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।

पीडित किशोरीकी आमाको जन्म मिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्म मिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो ।

https://www.youtube.com/watch?v=3L_hI7hChPE

https://youtu.be/tXajtLYk3R0?si=vlrvPwDBsJ1aVd0i

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy