TheHundred : आज इंग्ल्यान्ड जाँदै सन्दिप, १० दिन क्वारेन्टाइन बस्नुपर्ने

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने जुलाई २२ तारिखबाट सुरु हुने इंग्ल्यान्डको ‘द हन्ड्रेड’ लिगमा सहभागी हुन आज राति इंग्ल्यान्ड प्रस्थान गर्दैछन्।

इंग्ल्यान्ड पुगेपछि सन्दिप सरकारी मान्यताप्राप्त होटलमा १० दिन क्वारेन्टाइनमा बस्नेछन्। उक्त अवधिमा उनको दुई पटक कोभिड-१९ टेस्ट हुनेछ जसको रिपोर्ट नेगेटिभ आएको खण्डमा उनि टिमसंग जोडिन पाउनेछन्।

पहिलो पटक आयोजना हुन लागेको लिगमा सन्दिप ‘ओभल इन्भिन्सीबल’बाट खेल्नेछन्। ओभलले सन्दिपलाई ६० हजार पाउण्ड स्टरलिंगमा ( करिब १ करोड नेपाली रुपैयाँ ) अनुवन्ध गरेको थियो।

ओभल इन्भिनसिबलले लिगको उद्घाटन खेल म्यानचेस्टर ओरिजिनलसंग जुलाई २२ तारिखमा खेल्ने तालिका रहेको छ। कोभिड-१९ रिपोर्ट नेगेटिभ आएमा सन्दिप पहिलो खेलबाटै खेल्न उपलब्ध हुनेछन्।

ओभल इन्भिन्सीबलको खेलतालिका :जुलाई २२ Vs म्यानचेस्टर ओरिजिनल , जुलाई २५ Vs लण्डन स्पिरिट , जुलाई ३१ Vs नर्दर्न सुपरचार्जर्स, अगस्ट २ Vs वेल्स फायर, अगस्ट ४ Vs बर्मिङगम , अगस्ट ८ Vs ट्रेन्ट रकेट्स, अगस्ट १४ Vs लण्डन स्पिरिट, अगस्ट १६ Vs साउदर्न ब्रेभ

ओभल इन्भिनसिबल टिममा स्याम करन, स्याम बिलिंग्स, रोरी बर्न्स, टम करन, कोलिन इन्ग्राम, सकिब महमुद, जेसन रोय, रिस टपले तथा सुनिल नारायण जस्ता खेलाडीहरु रहेका छन्।

गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको ‘द हन्ड्रेड लिग’ यो वर्ष भने प्रतिकुलताका बाबजुत सुरु गरिन लागेको हो। नयाँ फर्म्याटमा आयोजना हुने लिग इंग्ल्यान्ड क्रिकेट बोर्डको महत्वकांक्षी प्रतियोगिता हो। यो फर्म्याटमा एउटा इनिंग्स मात्र १०० बलको हुनेछ भने एउटा बलरले खेलमा २० बल बलिंग गर्न पाउनेछ। बलरले ५ बल अथवा कप्तानले चाहे अनुसार लगातार १० बल सम्म पनि गर्न पाउने नियम रहेको छ।

लिगमा ओभल इन्भिन्सिबल सहित म्यानचेस्टर ओरिजिनल्स, वेल्स फायर, लण्डन स्पिरिट, साउदर्न ब्रेभ, बर्मिन्घम फोनिक्स, ट्रेन्ट रकेट्स, नर्दर्न सुपरचार्जर्स गरि कुल ८ टोलि सहभागी रहेका छन्।

यो वर्ष जनवरीमा अस्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिता पछि पहिलो पटक नेपाली स्पिनरले विदेशी लिग खेल्न लागेका हुन्। द हन्ड्रेडको सहभागिता पछि सन्दिपले अगस्ट २८ तारिख देखि वेस्टइन्डिजमा सुरु हुने करेबियन प्रिमियर लिग खेल्नेछन्। त्यसपछि नेपालमा सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेष्ट प्रिमियर लिगमा उनि सहभागी हुनेछन्।

सम्बन्धित :- 

EPLT20 : किंग्स-११ संग जोडिए सन्दिप





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]