आजै युएई जाने तयारीमा सन्दीप लामिछाने

sandeep lamichhane

नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी विश्वकप लिग टू अन्तर्गत युएईमा चलिरहेको त्रिकोणात्मक शृङ्खलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ।

युएई र पपुवा न्युगिनीसम्मिलित शृङ्खला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए ।

पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ ।

पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि युएई पठाउन लागिएको हो ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडे पनि विदेश जाने अनुमति दिएको थिएन । त्यसैले सन्दीप युएई जान पाएका थिएनन् ।

तर सर्वोच्च अदालतले गत सोमबार उच्च अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई विदेश जान अनुमति दिएपछि क्यानले उनलाई युएई पठाउन लागेको हो ।

नेपालले भोलि बिहीबार घरेलु टोली युएईसँग र शुक्रबार पपुवा न्युगिनीसित खेल्दै छ ।





थप समाचार

नेपालले टस हार्यो, भुर्तेल बेन्चमा

काठमाडौं । नामिबियाविरुद्ध नेपालले टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दै […]

पाँचपोखरी क्रिकेट प्रतियोगिता : पाँचपोखरी र ह्याल्मो-११ सेमिफाइनलमा

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । आज भएको […]

दाङ क्रिकेट लिग : देउखुरी र पुरनधारा फाइनल दौडबाट बाहिरियो 

दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका […]

लिभेन्टको शतकमा नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई सहज रुपले पराजित गरेको छ  । टियु मैदानमा भएको  खेलमा नामिबिया ५९ […]

लिभेन्टको शतकमा नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई २ सय ४८ रनको लक्ष्य दिएको छ । टियु मैदानमा जारी खेलमा […]

नेदरल्यान्ड्सले टस जित्यो

काठमाडौं । नेदरल्यान्ड्सले नामिबियाविरुद्धको खेलमा टस जितेको छ । टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर ब्याटिङ […]