सन्दीपले पाए युएई जान सर्वोच्चबाट अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि युएई जान अनुमति दिएको छ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो ।

उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो ।

आइतबार यी दुवै निवेदनमाथि संयुक्त सुनुवाइपछि लामिछानेको पक्षमा आदेश भएको छ । उच्च अदालतले विदेश जान नपाउने सर्तसहित लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । सर्वोच्चको आदेशसँगै लामिछानेलाई विदेश जान बाटो खुलेको छ

लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

उच्च अदालतले भने लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चको सो आदेशलाई सर्वोच्चले सदर गरी लामिछानेलाई विदेशसमेत जान पाउने अनुमति दिएको छ ।





थप समाचार

क्यानडाले पछि पार्यो नेपाललाई

काठमाडौं । विश्वकप लिग टू को अंक तालिकामा क्यानडाले नेपाललाई पछि पारेको छ । युएईमा आजबाट सुरु युएई, क्यानडा र […]

पाँचपोखरी टी-ट्वान्टी प्रतियोगिता : कर्माको ह्याट्रिकमा पाँचपोखरीको सहज जित

काठमाडौं । छैटौँ संस्करणको पाँचपोखरी टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी […]

दाङ क्रिकेट लिग : घोराहीको जितमा दिपेश उत्कृस्ट, दिवान चम्किंदा तुलसीपुर विजयी

दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स […]

रोहित र दीपेन्द्रको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहित पौडेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ । टियु क्रिकेट मैदान […]

लेभेन्टको अर्धशतकमा नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लेभेन्टको अर्धशतकको सहयोगमा नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ । टियु […]

नेपालले टस जित्यो, ललित टिममा फर्किए

काठमाडौं । नेपाली टोलीले दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पोडेलले […]