सन्दिप लामिछाने विश्व-११ बिरुद्ध खेल्ने एसिया-११ टिममा

बंगलादेश क्रिकेट बोर्डले आफ्नो प्रथम राष्ट्रपति तथा बंगलादेश देशको संस्थापक नेता स्वर्गीय शेख मुजिबुर रहमानको सयौं जन्मदिनको अवसरमा आयोजना गर्न लागेको एसिया-११ र विश्व-११ बीचको दुइ वटा टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने समेत खेल्ने निश्चित भएको छ।

मंगलबार बंगलादेश क्रिकेट बोर्डले विश्व-११ बिरुद्ध खेल्ने एसिया-११ टिमको घोषणा गरेको छ जसमा सन्दिप समेत नेपालको तथा एसियाली एसोसीएट रास्ट्रको प्रतिनीधिको रुपमा रहेका छन्।

सन्दिपले यस अघि सन् २०१८ मेमा वेस्ट इन्डिज बिरुद्ध आईसीसी विश्व ११ टिमको प्रतिनिधित्व गर्दै टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।

सन्दिप एसिया-११ टिममा टिममा परेता पनि यो दौरान नेपालमा एभरेस्ट प्रिमियर लिग ( इपिएल ) आयोजना हुने हुँदा सन्दिपले बंगलादेशमा खेल्ने या नखेल्ने भने अनिश्चित रहेको छ। सन्दिपको नेपाल व्यवस्थापक रमन शिवाकोटीका अनुसार एसिया-११ को लागि खेल्ने केहि अघिनै निश्चित भएकोले इपिएलकै बीचमा सन्दिप बंगलादेश जाने सम्भावना उच्च रहेको छ। त्यसको लागि सन्दिपको तालिका व्यवस्थापन गरिने शिवाकोटीले विकेटनेपाललाई बताएका छन्। इपिएलमा सन्दिप काठमाडौँ किंग्स-११ को लागि खेल्नेछन् र टिमको कप्तानी समेत गर्ने बताईएको छ।

आगामी महिना मार्च २१ र २२ तारिखका दिन दुइ वटा टि-२० अन्तर्राष्ट्रिय खेलिनेछन् जुन शेर ए बंगला स्टेडियममा खेलिने बताईएको छ।

एसिया-११ टिममा भारतीय टिमका कप्तान बिराट कोहली सहित  ६ जना भारतीय खेलाडी रहेका छन् भने ४ बंगलादेशी, २/२ अफगानिस्तान र श्रीलंकाका खेलाडीरहेका छन्। कोहली र केएल राहुलले १/१ खेल मात्र खेल्ने बताईएको छ। यस्तै विश्व-११ टिमको कप्तानी दक्षिण अफ्रिकी फाफ डु प्लेसिसले गर्नेछन्।

दुइ वटा टि-२० मा पाकिस्तानी खेलाडीहरु भने खेल्ने छैनन्। पाकिस्तान सुपर लिग सो मितिमा नसकिने हुँदा पाकिस्तानी खेलाडीलाई समावेस नगरिएको बंगलादेश बोर्डले बताएको छ।

यस्तो छ एसिया-११ र विश्व-११ टिम 

Asia XI: Virat Kohli (for one game only, subject to confirmation), KL Rahul (for one game only), Shikhar Dhawan, Rishabh Pant, Mohammed Shami, Kuldeep Yadav, Tamim Iqbal, Liton Das, Musfiqur Rahim, Mustafizur Rahman, Rashid Khan, Mujeeb ur Rahman, Sandeep Lamichhane, Thisara Perera, Lasith Malinga

World XI: Faf du Plessis (c), Alex Hales, Chris Gayle, Nicholas Pooran, Ross Taylor, Jonny Bairstow, Adil Rashid, Mitchell McClenaghan, Andrew Tye, Sheldon Cottrell, Lungi Ngidi, Kieron Pollard, Brendan Taylor





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]