सन्दिप अस्पताल भर्ना, अवस्था सामान्य

Sandeep Lamichhane

कोरोना संक्रमण भएका क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना भएका छन्।

घरमै सेल्फ आइसोलेसनमा बसीरहेका उनि थोरै कमजोरी महसुस भए पछि अस्पताल गएका हुन्। उनि ह्याम्स अस्पताल भर्ना भएका छन्।

“थोरै कमजोरी महसुस भए पछि सन्दिप केहि आतिए जसपछि अस्पताल लागिएको हो। घरमा बस्दा स्याहारसुसार राम्रो भएन। थोरै पनि जोखिम नमोल्ने सोचेर घरमा भन्दा अस्पतालमा बस्ने निर्णय गरेका हुन्।”  सन्दिपका नेपाल व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए।

शिवाकोटीको अनुसार सन्दिपको अवस्था सामान्य रहेको छ – “उनको अवस्था सामान्य छ।”

सन्दिपले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुनु अघि २ पटक कोरोना परिक्षण गराएका थिए। उनको पहिलो रिपोर्ट नेगेटिभ आएता पनि स्टार हस्पिटलमा गराएको दोश्रो परीक्षणको रिपोर्ट भने शुक्रबार पोजेटिभ आएको थियो। त्यसपछि उनि सेल्फ आइसोलेसनमा बसीरहेका थिए। आइतबार सन्दिपले सामाजिक संजालमा पोस्ट गर्दै आइसोलेसनमा समय बिताउन कठिन भएको आसय दिने पोस्ट गरेका थिए।

सन्दिप डिसेम्बर दोश्रो साता बिग ब्यास लिग खेल्नको लागि अस्ट्रेलिया प्रस्थान गर्ने तालिका रहेको छ। त्यस अघि उनि नेपाली टिमको बन्द प्रशिक्षणमा केहि दिन सहभागी हुन लागेका थिए। उनलाई यो सिजन बिग ब्यासमा होबार्ट हरिकेन्सले टिममा लिएको छ।

सन्दिप सहित नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण टिममा रहेका कप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, दिपेन्द्र ऐरी र रोहित पौडेलमा कोरोना संक्रमण देखिएको थियो। मल्ल, ऐरी र पौडेल कोरोना मुक्त भएर आइतबार देखि अभ्यास थालीसकेका छन्।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]