विदेशी लिगमा सन्दिपको ९ उत्कृस्ट बलिङ्ग स्पेल

२०१६ मा हंगकंगमा आयोजित हंगकंग टि-२० ब्लिट्ज देखि अन्तर्राष्ट्रिय टि-२० लिगहरु खेल्न सुरु गरेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २०१८ को इन्डियन प्रिमियर लिग पछि लगातर विदेशी लिगहरुमा प्रतिनिधित्व गरिरहेका छन्। आईपीएल, बिग ब्यास, करेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, ग्लोबल टि-२०, अफगानिस्तान प्रिमियर लिग जस्ता ठुला बिदेशी लिगहरुमा लगातार खेलीरहेका नेपाली स्पिनरले आफुलाई उत्कृस्ट सावित गरिरहेका छन्।

सानो उमेरमै विश्व स्तरमा चम्किएका सन्दिपले नेपालको नाम विश्वमाझ पुर्याएका छन्। हालसम्म खेलेको विदेशी टि-२० लिगहरुमा गरेको ९ उत्कृस्ट बलिंग स्पेलहरुलाई यो लेखमा प्रस्तुत गरेका छौँ।

३ विकेट ( ४-०-३६-३ ) :  बिरुद्ध मुम्बई इन्डीएन्स ( आईपीएल २०१८ )

दिल्ली डेयर डेभिल्स ( हाल दिल्ली क्यापिटल्स ) इन्डियन प्रिमियर लिगको पहिलो सिजन खेल्ने क्रममा सन्दिपले मुम्बई इन्डीएन्स बिरुद्ध जितमा ३ विकेट लिएका थिए। दिल्लीको घरेलु मैदान फिरोजशाह कोटलामा उनले सुर्यकुमार यादब, काइरन पोलार्ड र क्रुनाल पान्ड्याको विकेट लिएका थिए।

sandeep lamichhane
sandeep lamichhane

३ विकेट ( ४-०-३१-३ ) : बिरुद्ध वेस्टइन्डिज बि ( ग्लोबल टि-२० क्यानडा २०१८ ) 

मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा सन्दिपले वेस्टइन्डिज बि बिरुद्ध राम्रो प्रदर्शन गरेका थिए। ३१ रन खर्चेका नेपाली स्पिनरले शमार स्प्रिंगर, ब्रान्डन किंग, निकोलस पुरन जस्ता माथिल्लो क्रमको ब्याट्सम्यानको विकेट लिएका थिए। तिन जनै ब्याट्सम्यान क्रिजमा जमीसकेको अवस्थामा सन्दिपले विकेट लिएका थिए।

३ विकेट ( ४-०-२४-३ ) : बिरुद्ध होबर्ट हरिकेन्स ( बिग ब्यास , २०१८/१९ )

बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्सको लागि खेल्दै सन्दिपले होबर्ट बिरुद्ध ३ विकेट लिएका थिए। २४ रन मात्र खर्चने क्रममा नेपाली स्पिनरले म्याथु वेड, जेम्स डोलन र बेन्जामिन म्याकडर्मोटको विकेट लिएका थिए। सन्दिपले राम्रो बलिंग गरे पनि खेल भने मेलबर्नले हारेको थियो।

३ विकेट ( ३.४-०-११-३ ) : बिरुद्ध सिड्नी सिक्सर्स ( बिग ब्यास , २०१८/१९ )

सिड्नी बिरुद्ध मेलबर्नलाई जित दिलाउन सन्दिपले किफायती बलिंग गर्दै ३ विकेट समेत लिए। यस क्रममा उनले टम कुरान, बेन्जामिन जेम्स र जेम्स पोपको विकेट लिएका थिए। यस्तै सन्दिपले खेलमा एउटा रन आउट र क्याच समेत लिएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

३ विकेट ( ४-०-४६-३ ) : बिरुद्ध मुल्तान सुल्तान ( पाकिस्तान सुपर लिग, २०१९ )

लाहोर कलन्दरको लागि पाकिस्तान सुपर लिग खेल्ने क्रममा सन्दिपले लिगको पहिलो खेलमै मुल्तान बिरुद्ध ३ विकेट लिएका थिए। ४६ रन खर्चेर महँगो सावित भए पनि सन्दिपले आन्द्रे रसेल, शोयब मलिक र जेम्स भिन्सको ठुलो विकेट लिएर जितमा महत्वपूर्ण योगदान दिएका थिए।

४ विकेट ( ४-०-१०-४ ) : बिरुद्ध क्वेटा ग्ल्याडीएटर्स ( पाकिस्तान सुपर लिग, २०१९ )

आफ्नो अन्तर्राष्ट्रिय लिग करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा गुग्ली ब्वाईले मात्र १० रन खर्चेर ४ विकेट लिए। अन्तर्राष्ट्रिय टि-२० लिगमा सन्दिपले ४ विकेट लिएको यो नै पहिलो अवसर हो। लाहोर कलन्दर्सको प्रतिनिधित्व गर्ने क्रममा सन्दिपले शेन वाटसन, राइली रोस्सो, उमर अकमल, ड्यानिश अजिज जस्ता माथिल्लो क्रमका ब्याट्सम्यानको विकेट लिएका थिए। सन्दीपनै खेलको प्लेयर अफ द म्याच समेत चुनिएका थिए जुन उनको विदेशी लिगमा पहिलो अवार्ड समेत थियो।

३ विकेट  ( ४-०-४०-३ ) : बिरुद्ध किंग्स-११ पन्जाब ( आईपीएल २०१९ )

आईपीएलको दोश्रो सिजन खेल्ने क्रममा सन्दिपले पन्जाब बिरुद्ध ३ विकेट लिएका थिए। दिल्लीले जितेको उक्त खेलमा उनले केएल राहुल, क्रिस गेल र स्याम करन जस्ता ठुला खेलाडीको विकेट लिएका थिए।

३ विकेट ( ४-०-२२-३ ) : बिरुद्ध सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्स ( करेबीयन प्रिमियर लिग २०१९ ) 

करेबियन प्रिमियर लिगमा दोश्रो सिजन खेल्ने क्रममा सन्दिपले लिगको दोश्रो खेलमा ३ विकेट मात्रै लिएनन् खेलको उत्कृस्ट खेलाडीनै चुनिए। सीपीएलमा पहिलो पटक ३ विकेट लिएका नेपाली स्पिनरले यस क्रममा कार्लोस ब्राथवेट, लौरी इभान्स र शाम्राह ब्रुक्सको विकेट लिए। विदेशी टि-२० लिगमा प्लेयर अफ द म्याच भएको यो सन्दिपको दोश्रो अवसर हो।

३ विकेट ( ४-०-२६-३ ) : बिरुद्ध मेलबर्न रेनेगेड्स ( टि-२० बिग ब्यास २०१९/२० ) 

बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्सलाई डर्बी प्रतिस्पर्धामा जित दिलाउने क्रममा सन्दिपले उत्कृस्ट बलिङ्ग गरेका थिए। पहिले ब्याटिंग गरेको रेनेगेड्सलाई १४२ रनमा समेट्न सन्दिपले मध्यक्रमका ब्याट्सम्यानहरुलाई क्रिजमा लामो समय जम्न दिएका थिएनन्। शन मार्श, ड्यान क्रिस्टीएन र टम कुपर जस्ता ठुला ब्याट्सम्यानहरुको विकेट लिएका सन्दिपले ४ ओभरमा २६ रन खर्चिएका थिए।

यो पनि पढ्नुस :

https://wicketnepal.com/aarif-sheikh-6-best-innings-wn20/

https://wicketnepal.com/abinash-bohara-best-4-spell-wn20/

https://wicketnepal.com/dhoni-8-records-wn20/





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]