सन्दिप पुरा सिजन बिग ब्यास खेल्ने घोषणा, सन्दिपको उपाधि जिताउने उद्देश्य

२०७६ भाद्र ३०, सोमबार १०:१०

गत सिजन चर्चित अस्ट्रेलियन बिग ब्यास लिगमा डेब्यु गर्दै राम्रो प्रदर्शन गरेर मन जितेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने अर्को सिजन पनि मेलबर्न स्टार्सबाटै लिग खेल्ने भएका छन्।

मेलबर्नको लागि खेल्ने पक्का जस्तो भएता पनि खेल्ने अन्तिम सम्झौता भने भएको थिएन। सोमबार बिहान मेलबर्न स्टार्सले ट्वीट गर्दै सन्दिप पुरा सिजन बिग व्यस खेल्ने घोषणा गरेको हो।

“ठुलो खबर ! सन्दिप लामिछाने र ठुलो नेपाली चियर्सस्क्वाड नवौं बिग ब्यास लिगमा फिर्ता” बिग ब्यासले ट्वीट गर्दै सन्दिपले पुरा सिजन खेल्ने लेखेको छ।

यो पटक बिग ब्यास लिग डिसेम्बर १७ देखि सुरु हुँदै छ भने फेब्रुवरी ८ सम्म चल्नेछ। मेलबर्न स्टार्सले पहिलो खेल डिसेम्बर २० मा ब्रिसबेन हिटसंग खेल्दै सुरुवात गर्नेछ। लिगको यो नवौं सिजन हो। गत वर्ष सन्दिप बिग ब्यास खेल्दा धेरै नेपाली समर्थकहरु उनको खेल मैदानमा हेर्न पुगेका थिए।

सन्दिपको टिम स्टार्स गत सिजन लिगको फाइनल पुगेको थियो जसमा मेलबर्न रेनेगेड्ससंग टिम पराजित हुँदै पहिलो उपाधि जित्न बन्चित भएको थियो। लिगको पहिलो चरणको खेलहरु खेलेपछि सन्दिप बीचमा बंगलादेश प्रिमियर लिग खेल्न पुगेका थिए। बंगलादेश प्रिमियर लिग सकेर उनि पुनः अन्तिम चरणको खेल खेल्न अस्ट्रेलिया पुगेका थिए। कुल ८ खेल खेल्दा सन्दिपले ११ विकेट लिएका थिए जसमा ६.५७ को निकै राम्रो इकोनोमिले बलिंग गरेका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

यो पटक भने सन्दिपले पुरा सिजन बिग ब्यास खेल्ने छन्। गत सिजन बंगलादेश प्रिमियर लिगसंग पहिलेनै सम्झौता गरेको कारण बीचमा बंगलादेश जान पर्ने बाध्यता सन्दिपसंग रहेको थियो।

बढी रकम पाउने 

सन्दिप खेल्ने पक्का भएता पनि उनले कति रकम पाउनेछन् भने खुलाइएको छैन। गत सिजन ६०-७० हजार डलर पाएको बताईएको थियो। यो वर्ष त्यो भन्दा बढी रकममा सम्झौता भएको सन्दिपका नेपाल व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई बताएका छन्।

सन्दिप हाल बार्बेडोस ट्राईडेन्ट्सको लागि वेस्टइन्डिजमा करेबियन प्रिमियर लिग खेलीरहेका छन्। पछिल्लो समय उत्कृस्ट प्रदर्शन गर्न नसकेका कारण आलोचित उनले लिगको पछिल्लो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट तथा जमैका बिरुद्ध १ विकेट लिंदै फर्ममा आएको संकेत गरेका छन्।

सन्दिपको बिग ब्यास आगमनमा लगातार ट्वीट, सन्दिपले व्यक्त गरे खुसि

सन्दिपले बिग ब्यास पुरा सिजन खेल्ने घोषणा गर्दा बिग ब्यासको अधिकारिक ट्वीटरले ३ वटा ट्वीट गर्दै उत्साह देखाएको छ। यस्तै मेलबर्न स्टार्सले आइतबारनै नेपाली फ्यानहरुले सन्दिपलाई समर्थन गरेको भिडियो राख्दै को आउदैछन् सोधेको थियो।

पुरा सिजन खेल्ने घोषणा पछि सन्दिपले ट्वीट गर्दै खुसि व्यक्त गरेका छन् – “पुनः बिग ब्यासमा फिर्ता हुँदा निकै खुसि लागेको छ। अघिल्लो सिजन मेरो लागि गजबको अनुभव रहेको थियो। यो पटक टिमको हिस्सा हुँदै टिमलाई उपाधि दिलाउन आशावादी रहेको छु।”

“सन्दिप गत वर्ष असाधारण थिए” – प्रशिक्षक डेभिड हस्सी 

मेलबर्न स्टार्सका नयाँ प्रशिक्षक डेभिड हस्सीले सन्दिप लामिछानेको गत वर्ष बिग ब्यासमा प्रदर्शन सम्झदै तारिफ गरेका छन्।

“सन्दिप गत वर्ष आधारण थिए। म आशावादी छु कि उनि अझ सुधारिनेछन्। उनले हाम्रो टिमलाई राम्रो पूर्णता दिन्छन्।”  एक अस्ट्रेलियन वेबसाइटको लागि कुरागर्ने क्रममा हस्सीले सन्दिप जुन सुकै परिस्थितिमा बलिंग गर्न सक्ने बलर भएको बताए –

“उनि बलिंगको सुरुवात पनि गर्न सक्छन्, उनि बीचको ओभरमा पनि बलिंग गर्न सक्छन् र अन्तिमको ओभरमा पनि बलिंग गर्न सक्छन्”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy