इपिएलको २ खेल पछि चर्चित ‘बिग-ब्यास’ खेल्न सन्दिप अस्ट्रेलिया जाँदै

Sandeep Lamichhane
  • विकेटनेपाल, मङ्सिर- २३ , आइतबार

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने एभरेस्ट प्रिमियर लिग अन्तर्गत ललितपुर प्याट्रीएट्सको लागि दोश्रो खेल खेलेपछि चर्चित अस्ट्रेलियन लिग बिगब्यास खेल्न आज अस्ट्रेलिया जाँदै छन्।

बिगब्यास लिग अन्तर्गत मेर्लबर्न स्टार्सको लागि खेल्न लागेका सन्दिप आइतबार राती ९:५५ बजे सिल्क एअर मार्फत प्रस्थान गर्दैछन्।

अस्ट्रेलिया जानु अघि एभरेस्ट प्रिमियर लिगको दोश्रो खेलमा आज ललितपुर प्याट्रीएट्सको लागि ३ विकेट लिएका सन्दिप प्लेयर अफ द म्याच चुनिए। उक्त खेलपछि सन्दिपले पत्रकारहरुसंग कुरा गर्दै बिगब्यास लिगमा आफु उत्साहित रहेको बताए।

“एकदमै उत्साहित छु, मेरो लागि ठुलो अवसर हो। म आशा गर्छु अहिलेसम्म जति पनि फ़्रेञ्चाइज लिगहरु खेले र जस्तो प्रदर्शन गरिराको छु त्यसलाई निरन्तरता दिएर नेपालको नाम अझै माथि पुर्याउनेछु”

बिग ब्यास लिग अन्तर्गत सन्दिपको टिम मेर्लबर्न स्टारर्सले डिसेम्बर २१ तारिकमा सिड्नी थन्डर्ससंग खेल्दैछ भने २४ डिसेम्बरमा होबर्ट हुरीकेन्स, २७ डिसेम्बरमा सिड्नी सिक्सर्ससंग खेल्नेछ।

मेर्लबर्न स्टारर्सले सन्दिपलाई गत महिना टिममा आबद्ध गरेको थियो। बिग ब्यास खेलेबापत सन्दिपले ६०-७० हजार डलर पाउने बताईएको छ। मेर्लबर्न स्टार्स टिममा ग्लेन म्याक्सवेल, ड्वेन ब्राभो, एडम जाम्पा, पिटर ह्यान्ड्सकम्ब जस्ता खेलाडीहरु रहेका छन्। बिग ब्यास लिगको बीचमा सन्दिप बंगलादेशमा आयोजना हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न सन्दिप बंगलादेश आउनेछन्। बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।

“पहिलेनै सम्झौता भए अनुसार धेरै अगाडीनै बंगलादेश प्रिमियर लिगमा आबद्ध भएको थिए, मेरो प्रतिबद्धता अनुसार ५-६ खेल बिग ब्यासमा खेलेपछि बंगलादेश प्रिमियर लिग खेल्न फर्किनेछु र बीचमा नेपालको खेल परे पनि आउनेछु, त्यसपछि म पुनः बिग ब्यासमा फर्कनेछु”

स्यलहेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा जनवरी ६ तारिकमा कोमिल्ला भिक्टोरियन्ससंग खेल्दैछ। प्रतियोगिताको फाइनल फेब्रुवरी १ तारिकमा खेलिनेछ। बिग ब्यास लिग फेब्रुवरी १० तारिकसम्म चल्नेछ।

Sandeep Lamichhane
Sandeep Lamichhane

अस्ट्रेलियामा हालसम्म खेलेका अन्य लिगहरु भन्दा फरक पिच भए पनि आफु पहिले पनि अस्ट्रेलिया गएको हुनाले अनुभव रहेको सन्दिपले बताए-

“पहिले पनि अस्ट्रेलियाको विकेटमा र वातावरणमा खेलेको थिए त्यसको अनुभव बोकेर लैजान्छु र हालसालै जति पनि खेल खेलेको छु त्यसको अनुभव, सबै मिलाएर अघि बढ्नेछु”

बिग व्यासमा एउटा टिमले २ जना मात्र बिदेशी खेलाडी खेलाउने हुँदा प्रतियोगिता अघि पाउने अवसरको सदुपयोग गर्दै २ जना भित्र स्थान बनाउने बिश्वास उनले ब्यक्त गरे- “बिग ब्यासमा २ जना मात्र खेलाडी हो त्यसैले अभ्यास खेल र जति पनि अवसर पाउनेछु त्यसलाई भरपुर उपयोग गर्नेछु”

पोखरा प्रिमियर लिगमा कप्तानको भूमिकामा खेल्दा र अहिले इपिएलमा कप्तानी बिना खेल्दा आफुमा भिन्नता नआएको अनुभव उनले सुनाए- “मलाई कहिले पनि फरक पर्दैन कप्तान हुँदा र नहुँदा पनि, कप्तान हुँदा र नहुँदा प्रदर्शन गर्नैपर्छ, एउटा खेलाडीले मात्र खेल जित्ने हैन”

ललितपुर प्याट्रीएट्सको लागि २ खेल खेलेर अस्ट्रेलिया पुगे पछि सन्दिपको स्थानमा अर्को नेपाली खेलाडी टिममा ल्याउने टिमका प्रशिक्षक राजु बस्नेतले बताएका छन्।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational )

एभेरस्ट प्रिमियर लिगमा सन्दिपले बिराटनगर वारियर्ससंगको पहिलो खेलमा २ विकेट लिए भने दोश्रो खेलमा आज चितवन टाइगर्ससंग ३ विकेट लिंदै प्लेयर अफ द म्याच चुनिए।

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन् भने बंगलादेश प्रिमियर लिगमा पाउने मूल्य भने खुलेको छैन।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]