सन्दिप कुन टिमबाट खेल्दैछन् बिग ब्यास

आगामी महिना डिसेम्बर १० बाट फेब्रुअरी ३ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुने १० औं सिजनको बिग ब्यास लिग सुरु हुन १ महिना भन्दा कम समय बाँकी रहँदा नेपाली लेग स्पिनर यो सिजन कुन टिमबाट खेल्नेछन् भन्ने चासो फ्यानहरुको रहेको छ।

अगस्ट सुरुवातमा करेबियन प्रिमियर लिग ( सिपिएल ) खेल्न वेस्टइन्डिज पुगेका सन्दिप त्यसपछि सेप्टेम्बर दोश्रो आईपीएल खेल्न साता युएई पुगेका थिए। सिपिएलमा १० खेलमा १२ विकेट लिंदै राम्रो प्रदर्शन गरेका सन्दिपले आईपीएलमा भने कुनै पनि खेलमा मौका पाएनन्। आईपीएलमा आफ्नो प्रिय खेलाडी खेलेको हेर्न नपाएपछि सन्दिपलाई बिग ब्यासमा भने हेर्न पाइने चाहना रहेको छ।

सन्दिपले बिग ब्यास लिग अन्तर्गत पछिल्लो २ सिजनमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका थिए। लिगमा नेपाली स्पिनरको प्रदर्शन तारिफयोग्य रहने गरेको छ भने उनको उपस्थितिले नेपाली समर्थकहरुलाई समेत स्टेडियमसम्म डोर्याउने गरेको छ। २ सिजन खेल्ने क्रममा नेपाली स्पिनरले २० खेलमा २६ विकेट लिने क्रममा मात्र ७.२७ रन प्रतिओभर रन खर्चेका थिए भने १६.३ को स्ट्राइक रेटमा विकेट लिएका थिए।

बिग ब्यास लिगमा ८ टिम सहभागी रहेका छन् जसले अन्तिम-११ जनाको टिममा ३ जना विदेशी खेलाडी समाबेश गर्न पाउछ। अघिल्लो वर्षसम्म यो संख्या २ जना रहेको थियो।

विकेटनेपाललाई विशेष श्रोतबाट जानकारी भए अनुसार यो पटक सन्दिप नयाँ टिम होबार्ट हरिकेन्सबाट खेल्ने सम्भावना प्रवल रहेको छ। होबार्ट र सन्दिप बीच अनुबन्धको लागि अन्तिम छलफल चलीरहेको छ।

सन्दिपका नेपाल व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिपलाई टिममा समाबेश गर्नको लागि बिभिन्न टिमहरुले चासो देखाएको छ। शिवाकोटीका अनुसार कुन टिमसंग अनुबन्ध हुने भने सोमबारसम्म तय हुनसक्नेछ। क्रिकेट अस्ट्रेलियालेनै अधिकारिक रुपमा सन्दिप खेल्ने टिम घोषणा गर्नेछ।

“मेलबर्न रेनेगेड्स, सिड्नी थन्डर्स, पर्थ स्करचर्ज र होबार्टले सन्दिपलाई लिन चासो दिएको थियो। बिभिन्न पक्षहरुबारे छलफल गरेपछि कुन टिमबाट खेल्ने निष्कर्षमा पुग्ने हो।” सन्दिपको एजेन्ट ‘साया कर्पोरेसन’ टिमसंग अन्तिम छलफल गरिरहेको शिवाकोटीले जानकारी गराए।

आईपीएलमा कुनै पनि खेलमा मौका नपाएपछि बिग ब्यासमा सन्दिपको खेलको प्रतिक्षा फ्यानहरुको रहेको छ

शिवाकोटीले अधिकारिक रुपमा जानकारी नगराएता पनि विदेशी मिडियाहरुको रिपोर्टका अनुसार होबर्टले सन्दिपलाई लिन विशेष जोड दिईरहेको छ। डेलीमेलले बुधबार प्रकाशित गरेको रिपोर्टले पनि सन्दिप मेलबर्न स्टार्सबाट होबार्टमा जान तयार भएको लेखेको छ।

शिवाकोटीले करेबियन प्रिमियर लिग र आईपीएलमा सहभागिता पछि बल्ल घर फर्कन पाएका सन्दिप करिब १ महिना आराम पछि मात्र अस्ट्रेलिया प्रस्थान गर्न चाहेका छन्। डिसेम्बर पहिलो साता चाडैमा अस्ट्रेलिया पुगे भने पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुँदा उनले लिगको सुरुवाती खेलहरु गुमाउने शिवाकोटीले जानकारी गराए।

नेपाली स्पिनरलाई २०१८ मा पहिलो पटक मेलबर्न स्टार्सले टिममा अनुबन्ध गर्दा ६०-७० हजार डलर रकम दिएको बताईएको थियो जसको अधिकारिक घोषणा भने गरिएको थिएन। त्यसपछि गत सिजनको मूल्य सार्वजनिक नगरीएको भएता पनि पहिलो सिजन भन्दा मूल्य बढेको बताईएको थियो। यो सिजन दोश्रो सिजनकै हाराहारीमा रकम पाउने बताईएको छ। शिवाकोटीका अनुसार अनुबन्ध रकम भने खुलाउन नमिल्ने शर्त क्रिकेट अस्ट्रेलियाले राख्ने गरेको छ। क्रिकेट अस्ट्रेलियाले कुनै पनि खेलाडीको अनुबन्ध घोषणा गर्दा रकम घोषणा गर्ने गरेको छैन।

यो सिजन सन्दिपलाई पूर्व टिम मेलबर्न स्टार्सले भने टिममा अनुबन्ध नगर्ने भएको हो जसको कारण भने थाहा भएको छैन। स्टार्सले यो सिजन निकोलस पुरन, जोनी बेयरस्टोलाई अनुबन्ध गरिसकेको छ भने अन्य खेलाडीको घोषणा छिट्टै गर्नेछ।

सन्दिप यो सिजन होबार्टबाट खेल्ने सम्भावना प्रवल रहेको छ

सन्दिप होबार्टमा अनुबन्धित हुने पक्का भएको खण्डमा होबार्टले डिसेम्बर १० मा लिगको उद्घाटनमा सिड्नीसंग खेल्नेछ जसपछि डिसेम्बर १३ र १५ मा एडीलेडसंग लगातार २ वटा खेल खेल्ने तालिका रहेको छ। सन्दिपले १४ दिन क्वारेन्टाइन बसेपछि डिसेम्बर १९ मा मेलबर्न रेनेगेड्ससंगको खेल अथवा त्यसपछि डिसेम्बर २७ मा ब्रिसबेनसंग खेल्नको लागि उपलब्ध हुनेछन्।

होबार्टको यो सिजन कप्तानी अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर म्याथु वेडले गर्नेछन्। टिमले हालसम्म दक्षिण अफ्रिकी ब्याट्सम्यान कोलिन इन्ग्राम, इंग्ल्यान्ड ब्याट्सम्यानद्वय दविड मलान र विल ज्याक्स गरि ३ जना विदेशी खेलाडीलाई टिममा भित्र्याईसकेको छ। जेम्स फल्कनर, पिटर ह्यान्ड्सकम्ब, बेन म्याकडरमोट, ड्यारसी सर्ट जस्ता अस्ट्रेलियन खेल्दिहरु टिममा रहेका छन्। टिमले हालसम्म १८ जना खेलाडीहरुलाई टिममा समाबेश गरिसकेको छ र १९ औं सदस्यको रुपमा सन्दिपलाई अनुबन्ध गर्ने तय जस्तो भएको छ।

होबार्टले हालसम्म बिग ब्यासको उपाधि जित्न सकेको छैन। २०१३ र २०१७ गरि २ पटक मात्र टिम फाइनल प्रवेश गर्न सफल रहेको थियो। गत सिजन होबार्ट लिग अंकतालिकामा १४ खेलमा ६ जितपछि अंकतालिकामा चौथो स्थानमा रहँदै प्ले-अफ पुगेको थियो। इलिमीनेटरमा टिम सिड्नीसंग ५७ रनले पराजित हुँदै लिगबाट बाहिरीएको थियो।

यो पनि पढ्नुस :-

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

रूपन्देहीको सैनामैनामा नेपालकै नमुना क्रिकेट रंगशाला बन्ने

आईपीएल विजेता मुम्बईले कति पायो पुरस्कार रकम

IPL : जोफ्रा आर्चर ‘मोस्ट भ्यालुयबल प्लेयर’ , कसले के अवार्ड जिते





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]