बिग ब्यास लिग बिचैमा छोडेर सन्दिप किन जाँदैछन् बंगलादेश?

  • विकेटनेपाल, पुष १६ , मंगलबार 

अस्ट्रेलियामा भइरहेको बिग ब्यास लिग सिजन-८ अन्तर्गत मंगलबार सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले डर्बी म्याचमा टम कुपरको कप्तानीमा रहेको मेलबर्न रेनेगेड्ससंग खेल्दैछ।

प्रतियोगिता अन्तर्गत यस अघि ३ वटा खेल खेलेका सन्दिपले ७ विकेट लिंदै टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई सावित गरिसकेका छन्। तर मेलबर्न स्टार्सले चौथो खेलपछि आफ्नो स्टार खेलाडी बिना मैदानमा उत्रनुपर्नेछ।

बिग ब्यास लिगको चौथो खेल सकिएपछि सन्दिप बुधबार बंगलादेश प्रस्थान गर्नेछन्। बंगलादेशमा जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन सन्दिप बंगलादेश जान लागेका हुन्।

बंगलादेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दै छन्। स्यलहेटबाट सोहेल तन्बिर, मोहम्मद इरफान, इमरान ताहिर, आन्द्रे फ्लेचर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन , अल अमिन हुसेन जस्ता खेलाडीहरु खेल्दैछन्।

टिमले जनवरी ६ तारिकमा तमिम इक्बाल कप्तानीको कोमिल्ला भिक्टोरिएन्ससंग पहिलो खेल खेल्नेछ। बंगलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ।

यसबीचमा सन्दिप नेपालले युएईसंग खेल्ने एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागी हुन जानेछन्। नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुअरी ३ तारिकसम्म दुबईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ। सोमबार युएईसंग खेल्नको लागि घोषित २० सदस्यीय प्रारम्भिक टिममा सन्दिप पनि छन्।

नेपालको लागि युएई विरुद्धको सिरिज खेल्न सन्दिप बंगलादेश प्रिमियर लिगमा जनवरी २३ तारिकमा हुने खुल्ना टाईटन्स बिरुद्धको खेल खेलेपछि युएई प्रस्थान गर्ने सम्भावना रहेको छ। युएईसंगको सिरिज फेब्रुअरी ३ तारिकसम्म खेलेपछि यदी सन्दिपको टिम बंगलादेश प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको खण्डमा पुनः सन्दिप बंगलादेश प्रिमियर लिगकै बाँकी खेल खेल्नेछन्। बंगलादेश प्रिमियर लिग सकेपछि मात्रै सन्दिप बिग ब्यास लिग खेल्न पुनः फर्कनेछन्।

बिग ब्यास लिग फेब्रुअरी १७ तारिकसम्म चल्नेछ भने लिग चरणको खेलहरु भने फेब्रुअरी १० तारिकमा सकिनेछ। यदी सन्दिप ढिलोमा फेब्रुअरी ८ तारिकपछि अस्ट्रेलिया फर्कने हो भने मेलबर्न स्टार्सले फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्स विरुद्ध अन्तिम लिग खेल खेल्ने सम्भावना रहन्छ। मेलबर्न स्टार्स अंकतालिकामा शिर्ष ४ भित्र पर्न सके सन्दिपले सेमिफाईनल र फाईनल पनि खेल्न पाउन सक्नेछन्।

बंगलादेशमा सन्दिपको टिमले यदी प्ले-अफ चरण प्रवेश गर्न असफल भएको खण्डमा भने सन्दिपले बिग ब्यासमा ३ वटा लिगको खेलहरु खेल्न पाउनेछन्। मेलबर्नले फेब्रुअरी ३ तारिकमा पर्थ स्कोर्चर्स, फेब्रुअरी ८ तारिकमा ब्रिसबेन हिट र फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। बिग ब्यासको सेमिफाईनल खेल फेब्रुअरी १४ र १५ तारिकमा र फाईनल खेल फेब्रुअरी १७ तारिकमा खेलिनेछ।

बिग ब्यास छोडेर बंगलादेश प्रिमियर लिग किन ? 

बिग ब्यास लिग खेल्दा खेल्दै बंगालदेश प्रिमियर लिग खेल्नुको पछाडीको कारण उनले बंगलादेश प्रिमियर लिग टिम स्यलहेट सिक्सर्सको लागि गरेको पुर्व सम्झौता हो। बिग ब्यास खेल्नु अघिनै उनलाई स्यलहेट सिक्सर्सले अनुबन्ध गरिसकेको थियो।

बिग ब्यास खेल्न जानु अघिनै सन्दिपले उक्त कुरा बताईसकेका थिए। सोमबार अस्ट्रेलियन मिडियाले पनि सन्दिपलाई यही जिज्ञाशा राख्दा सन्दिपले बिग ब्यासमा अनुबन्ध हुनु अघिनै बंगलादेश प्रिमियर लिगमा आबद्ध भइसकेकोले जान लागेको बताएका छन्।

सन्दिपको सट्टा लियाम प्लंकेट 

सन्दिप लामिछाने बंगलादेस प्रिमियर लिग खेल्न जाने भएपछि उनको सट्टा मेलबर्न स्टार्सबाट इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटर लियाम प्लंकेट खेल्नेछन्। ३४ बर्षिय तिब्र गतिका बलर प्लंकेट सन्दिपलाई प्रतिस्थापन गर्न अस्ट्रेलिया पुगिसकेका छन्। लिग सुरु हुनु अघिनै मेलबर्न स्टार्सले प्रतिस्थापनको रुपमा प्लंकेटको नाम घोषणा गरिसकेको थियो।

जम्पाले गरे सन्दिपको प्रसंशा 

बंगलादेश प्रिमियर लिग खेल्न जानु अघि सन्दिपको टिममेट अर्का लेग स्पिनर एडम जाम्पाले सन्दिपको प्रसंशा गरेका छन् – “सन्दिपले जसरी बिग ब्यास लिगको सुरुवात गरे त्यो अपत्यारिलो छ। उनिसंग गजबको क्षमता छ। एउटा आक्रामक बलरको रुपमा उनले खेलमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सघाईरहेका छन्”

बिग ब्यास लिगमा सन्दिपको प्रदर्शन 

पहिलो खेल – बिरुद्ध सिड्नी थन्डर्स

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिएका थिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। सन्दिप त्यतिमा रोकिएनन् र अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए।

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको पहिलो ओभर –  १ , विकेट, १ , ० , १ , विकेट  , दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६, चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

दोश्रो खेल : बिरुद्ध होबर्ट हरिकेन्स

दोश्रो खेलमा टिम पुनः पराजित भए पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०

तेश्रो खेल – बिरुद्ध सिड्नी सिक्सर्स

प्रतियोगितामा उत्कृस्ट फर्म जारि राख्ने क्रममा तेश्रो खेलमा पनि २ विकेट लिए। खेलको नवौं ओभर लिएर आएका सन्दिपको गुग्ली बुझ्न नसक्दा ओभरको दोस्रो बलमा अन्रिकेज एलबिडब्लु धरापमा परे। खेलको १२ औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर गर्ने क्रममा सन्दिपले ओभरको अन्तिम बलमा टम कुरनलाई एलबिडब्लु धरापमा पार्दै आफ्नो दोस्रो विकेट हात पारे।

पहिलो ओभर : ० (अन्रिकेज), ० (अन्रिकेज), १ रन (अन्रिकेज), १ रन (ह्युजेज), २ रन लेग बाई (अन्रिकेज), २ रन (अन्रिकेज)
दोस्रो ओभर : ० (अन्रिकेज), विकेट (अन्रिकेज), २ रन (फिलिपे), १ रन (फिलिपे), ० (सिल्क), १ रन (सिल्क)
तेस्रो ओभर : १ रन (सिल्क), ० (कुरन), १ रन (कुरन), ० (सिल्क), १ रन (सिल्क), विकेट (कुरन)
चौथो ओभर : चौका (एबोट), ० (एबोट), १ रन (एबोट), २ रन लेग बाई (सिल्क), १ रन (सिल्क), १ रन (एबोट)

 

 





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]