आईपीएल अक्सनमा बिकेनन् सन्दिप

इण्डियन प्रिमियर लिग आईपीएल २०२२ को भारतको बैंगलोरमा जारि मेगा अक्सनमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा लेग स्पिनर सन्दिप लामिछाने अनसोल्ड भएका छन्।

सन्दिपलाई आईपीएल २०१८ मेगा अक्सनमा दिल्ली क्यापिटल्स ( तत्कालिन दिल्ली डेयर डेभिल्स ) ले बेस प्राइस २० लाख भारुमा टिममा लिएको थियो। त्यसपछि तिन सिजन दिल्लीसंग रहेपछि गत सिजन दिल्लीले उनलाई रिलिज गरेको थियो। गत वर्ष २०२१ को मिनी अक्सनमा सन्दिपलाई कुनै पनि टिमले लिएका थिएनन्। गत सिजन पनि सन्दिपले आफ्नो बेस प्राइस ४० लाख भारु राखेका थिए।

यो पटक पनि ४० लाख भारु बेस प्राइस राखेका सन्दिपलाई कुनै पनि टिमले लिएनन्। सन्दिपको नाम पहिलो दिन अक्सनको अन्तिम नम्बरमा आएको थियो।

अक्सनको पहिलो चरणमा अफगानिस्तान स्पिनर मुजिब उर् रहमान, दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिर, इंग्ल्यान्ड स्पिनर आदील रशिद तथा अस्ट्रेलियन स्पिनर एडम जाम्पा अनसोल्ड भएका छन्। अफगानिस्तानका १७ वर्षीय देब्रे हाते रिस्ट स्पिनर नुर एहमदलाई गुजरात टाईटन्सले ३० लाख भारुमा टिममा लिएको छ।

आज बिक्रि नभएपछि सन्दिपलाई दोश्रो चरणमा भोलि पुनः यदी फ़्रेन्चाइजहरुले माग गरेको खण्डमा अक्सनमा नाम प्रस्तुत गर्न सकिनेछ। भोलि पुनः सन्दिपको नाम आउने प्रतीक्षामा नेपाली समर्थकहरु रहनेछन्।

आईपीएलको २०१८ र २०१९ को सिजन गरि कुल ९ खेल खेलेका सन्दिपले कुल १३ विकेट लिएका थिए। २०२० को सिजनमा दिल्लीले पुरै सिजन नेपाली स्पिनरलाई बेन्चमा राखेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]