- विकेटनेपाल, मङ्सिर-५
युएईमा सुरु भएको टि-१० लिग अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछानेले शानदार सुरुवात गरेका छन्।
लिग अन्तर्गत सन्दिपको टिम केरला किंग्सले पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्ससंग खेल्ने क्रममा सन्दिपले पहिलो इनिंगको पाँचौ ओभर बलिङ्ग गर्दै उत्कृस्ट बलिङ्ग गरे। खेलमा किंग्सले टस जितेर फिल्डिंग रोजेको छ।
आफ्नो पहिलो ओभरमै सन्दिपले २ विकेट हात पार्दा आन्द्रे फ्लेचर र कोलिन इन्ग्राम जस्ता ठुला खेलाडीको विकेट लिए।
ओभरको पहिलो बलमा सन्दिपले वेस्ट इन्डिज क्रिकेटर समेत रहेका आन्द्रे फ्लेचरलाई क्याच आउट गराए।मात्र १४ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाएर खतरनाक बनिरहेका फ्लेचरलाई आउट गरेपछि पनि सन्दिप रोकिएनन्।
पहिलोओभरको अन्तिम बलमा दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर रहीसकेका कोलिन इन्ग्रामलाई १ रनको स्कोरमा विकेट किपर थारंगा मार्फत स्टम्प आउट गराए।
पहिलो ओभरमानै सन्दिपले १० रन दिएर २ विकेट लिए।
सन्दिप त्यतिमै रोकिएनन् र लगतै स्पेलमा बलिङ्ग गर्न आउने क्रममा सातौँ ओभरको चौथो बलमा मोहम्मद कलिमलाई खाता नखोली काइरन पोलार्डको हातबाट क्याच थमाउदै पेभेलियन फर्काए।
२ ओभरको स्पेल पुरा गर्ने क्रममा सन्दिपले उत्कृस्ट बलिङ्ग गर्दै १७ रन दिएर ३ विकेट हात पार्दै टि-१० लिगको गजबको सुरुवात गरे।
सन्दिपको पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
सन्दिपको दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन
खेलमा टस हारेर ब्याटिंग गरेको पख्तुन्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको छ। उसको लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३२, क्यामरन डेलपोर्टले अविजित २८ तथा लियाम डसनले २५ रन योगदान दिए। सन्दिप बाहेक केरलाका अन्य बलरहरुले विकेट लिएनन्।
इनिंग पछि सन्दिपसंग पुर्व न्युजिल्याण्ड क्रिकेटर तथा चर्चित क्रिकेट प्रस्तोता समेत रहेका ड्यानि मोरिसनले अन्तर्वार्ता लिएका थिए जुन अन्तर्वार्तामा सन्दिपले आफुले राम्रो ठाउँमा र लेन्थमा बलिङ्ग गरेको र त्यसैमा ध्यान केन्द्रित गर्दा विकेट पाएको बताएका थिए। खेलको क्रममा कमेन्टेटरहरुले सन्दिपको बारम्बार तारिफ गरेका थिए।
टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।
अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेको सन्दिपको टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।
टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा किंग्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेकको छ।
सहभागी टिमहरुलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समुह चरणमा एकअर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि समुहको उत्कृस्ट हुने २-२ टिम बीच सेमीफाइनल खेल हुनेछ।
T10 Cricket League Teams and Squads:
Punjabi Legends : Evin Lewis, Chris Jordan, Luke Ronchi, Liam Plunkett, Mohammad Sami, Zahir Khan, Umar Akmal, Mitchell McClenaghan, Tom Moores, Anwar Ali, Jade Dernbach, Hassan Khan, Shaiman Anwar, Sandy Singh, Praveen Kumar
Kerala Kings : Eoin Morgan (icon), Kieron Pollard, Sohail Tanvir, Paul Stirling, Dasun Shanaka, Chris Gayle, Junaid Khan, Sandeep Lamichhane, Tom Curran, Fabian Allen, Niroshan Dickwella, Imran Nazir, Benny Howell, Mohammed Naveed, Abdul Shakoor, RS Sodhi
Rajputs : Brendon McCullum (icon), Mohammad Hafeez, Rilee Rossouw, Chris Lynn, Mohammad Shahzad, Tymal Mills, Carlos Brathwaite, Rahat Ali, Samit Patel, Qais Ahmed, Ben Dunk, Shan Masood, Peter Trego, Rohan Mustafa, Ashfaq Ahmed, Munaf Patel
Maratha Arabians : Rashid Khan (icon), James Faulkner, Alex Hales, Dwayne Bravo, Kamran Akmal, Lasith Malinga, James Vince, Liam Livingstone, Brendan Taylor, Adam Lyth, Roelof can der Merwe, Najibullah Zadran, Richard Gleeson, Zahoor Khan, Amir Hayat, S Badrinath
Pakhtoons : Shahid Afridi (icon), Colin Ingram, David Willey, Mohammad Irfan, Liam Dawson, Colin Munro, Andre Fletcher, Sohail Khan, Shatrafuddin Ashraf, Chadwick Walton, Shapoor Zadran, Gulbadin Naib, Cameron Delport, Hafiz Kaleem, Sheer Walli, RP Singh
Bengal Tigers : Sunil Narine (icon), Jason Roy, Sam Billings, Asif Ali, Mujeeb Ur Rahman, Morne Morkel, Aamir Yamin, Mohammad Nabi, Kusal Perera, Sherfane Rutherford, Kevon Cooper, Rayad Emrit, Ali Khan, Chirag Suri, Mohammed Usman, Zaheer Khan
Northern Warriors : Darren Sammy (icon), Andre Russell, Dwayne Smith, Wahab Riaz, Nicholas Pooran, Ravi Bopara, Rovman Powell, Harry Gurney, Chris Green, Obed McCoy, Lendl Simmons, Khary Pierre, Kennar Lewis, Imran Haider, Rahul Bhatia, Amitoze Singh
Karachians : Shane Watson (icon), Jofra Archer, Anton Devcich, Ben Laughlin, Ben Cutting, Mohammad Nawaz, Dawid Malan, Fawad Ahmed, Isuru Adana, Joe Clarke, Samiullah Shenwari, Mohammad Irfan Jnr, Ahmed Raza, Ghulam Shabber, Pravin Tambe