तेश्रो खेलमा पनि सन्दिपको राम्रो बलिङ्ग

  • विकेटनेपाल, साउन ३१ – बिहिबार 

क्यारेबियन प्रिमियर लिग सीपीएल टि-२० मा सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शनलाई जारि राखेका छन्। बिहिबार बिहान सम्पन्न टिमको तेश्रो खेलमा जमैका तल्लावाससंग नेपाली गुग्लि ब्वाईले पुनः किफायती बलिङ्ग गर्दै २ विकेट लिएका हुन्।

सन्दिपले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए पनि उनको टिम सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सले भने प्रतियोगितामा दोश्रो हार बेहोर्यो। पहिले ब्याटिंग गर्दै जमैकाले बनाएको १७८ रनको जवाफमा ब्याटिंग गरेको पेट्रीएट्सले १३१ रन मात्रै बनाउन सकेपछि ४७ रनले पराजित भयो।

खेलमा पाँचौ ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दिपले पहिलो ओभरमा महँगो साबित हुने क्रममा १० रन खर्चिए जुन क्रममा केन्वर लुइसले मिड विकेटमा छक्का प्रहार गरेका थिए। त्यसपछि पनि लगातार स्पेल जारि राखेका सन्दिपको दोश्रो ओभरको पहिलो बलमै लूइसले सन्दिपको स्वागत छक्काबाट गरे।

तर सन्दिपले लूइसको २ छक्काको बदला लिन लगत्तैको बलमा लूइसलाई टम कुपरको हातबाट लंग-अफमा क्याच आउट गराए। उनि त्यतिमै रोकिएनन् र पुनः चौथो बलमा आन्द्रे म्याकार्थीलाई एलबिडब्लु धरापमा पार्दै एकै ओभरमा दोश्रो विकेट समेत लिए।

पहिलो २ ओभरमा १७ रन दिएर २ विकेट लिएका सन्दिपले त्यसपछि खेलको १३ औं ओभरमा आफ्नो तेश्रो ओभर बलिङ्ग गर्दै मात्र १ रन खर्चिए भने चौथो ओभरमा पनि मात्र ३ रन खर्चेर आफ्नो स्पेल पुरा गरे। सन्दिपले यस अघि पहिलो खेलमा एमाजोन वारियर्ससंग २ तथा ट्रिन्बागो नाइट राइडर्संग १ विकेट लिएका थिए।

सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सले आगामी खेल अगस्ट २२ मा सेन्ट लुसिया स्टार्ससँग तथा अगस्ट २६ मा बार्बाडोस ट्रिडेन्ट्ससँग खेल्नेछ।

 





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]