सन्दिपले उत्कृस्ट बलिङ्ग गर्दा युएईले बनायो २५४

  • विकेटनेपाल – १४ भदौ, बिहिवार

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब एमिरेट्स बिरुद्ध २५५ रनको बिजय लक्ष्य प्राप्त गरेको छ। टस हारेर ब्याटिंग गरेको युएईले राम्रो स्कोर जोड्ने ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन जोडेको हो।

किनरारा ओभल मैदानमा पहिले ब्याटिंग उत्रिएको युएईका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) को हिस्सा बनिसकेका चिराग सुरीले सर्वाधिक ६५ तथा अर्का ब्याट्सम्यान एड्नन मुफ्तीले ५७ रन जोडे। ओपनरका रुपमा ब्याटिंग गर्न उत्रिएका मुफ्तीले ९१ बलको सामना गर्दै ७ चौका र १ छक्का सहित ६५ रन जोडेका थिए।

पहिलो विकेटका लागि अर्का ओपनर अस्फाक अहमदसंग ७० रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिंदा अस्फाकभने व्यक्तिगत ४५ रनको स्कोरमा आउट हुनपुगे। त्यसपश्चात पुनः सुरीले तेस्रो विकेटका लागि रमिज शेह्जादसंग ६६ रनको साझेदारी गरेका थिए। इनिंगको अन्त्यतर्फ एड्नन मुफ्तीले बिष्फोटक ब्याटिंग गर्दै मात्र ४६ बलमा ८ चौका सहित ५७ रनको पारि खेले।

Nepal vs UAE
Nepal vs UAE

नेपाको बलिंगमा गुग्ली बोइ सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट हात पारे। ओमान बिरुद्धको पहिलो खेलमा विकेट बिहिन बनेका सन्दिपले आजभने आफ्नो १० ओभरको स्पेलमा २ मेडन सहित २४ रन खर्चिएर ४ विकेट लिन सफल रहे। यस्तै बसन्त रेग्मीको नाममा २ विकेट रह्यो। आफ्नो १० ओभरको स्पेलमा उनले ४९ रन खर्चिए।

मलेसियाको किनरारा ओभल मैदानमा नेपालले टस जितेपछि युएईलाई ब्याटिंगको निम्तो दिएको थियो। आफ्नो पहिलो खेलमा ओमानसंग हार बेहोरेको नेपाललाई युएई बिरुद्ध जित निकाल्नु अत्यधिक महत्वपूर्ण रहेको छ। नेपाली टोलीमा कुनैपनि परिवर्तन रहेको छैन र ओमान बिरुद्ध खेलेका ११ खेलाडी नै युएई बिरुद्ध समेत खेल्ने छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy