सन्दिपले उत्कृस्ट बलिङ्ग गर्दा युएईले बनायो २५४

Sandeep Lamichhane
  • विकेटनेपाल – १४ भदौ, बिहिवार

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब एमिरेट्स बिरुद्ध २५५ रनको बिजय लक्ष्य प्राप्त गरेको छ। टस हारेर ब्याटिंग गरेको युएईले राम्रो स्कोर जोड्ने ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन जोडेको हो।

किनरारा ओभल मैदानमा पहिले ब्याटिंग उत्रिएको युएईका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) को हिस्सा बनिसकेका चिराग सुरीले सर्वाधिक ६५ तथा अर्का ब्याट्सम्यान एड्नन मुफ्तीले ५७ रन जोडे। ओपनरका रुपमा ब्याटिंग गर्न उत्रिएका मुफ्तीले ९१ बलको सामना गर्दै ७ चौका र १ छक्का सहित ६५ रन जोडेका थिए।

पहिलो विकेटका लागि अर्का ओपनर अस्फाक अहमदसंग ७० रनको साझेदारी गर्दै युएईलाई राम्रो सुरुवात दिंदा अस्फाकभने व्यक्तिगत ४५ रनको स्कोरमा आउट हुनपुगे। त्यसपश्चात पुनः सुरीले तेस्रो विकेटका लागि रमिज शेह्जादसंग ६६ रनको साझेदारी गरेका थिए। इनिंगको अन्त्यतर्फ एड्नन मुफ्तीले बिष्फोटक ब्याटिंग गर्दै मात्र ४६ बलमा ८ चौका सहित ५७ रनको पारि खेले।

Nepal vs UAE
Nepal vs UAE

नेपाको बलिंगमा गुग्ली बोइ सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट हात पारे। ओमान बिरुद्धको पहिलो खेलमा विकेट बिहिन बनेका सन्दिपले आजभने आफ्नो १० ओभरको स्पेलमा २ मेडन सहित २४ रन खर्चिएर ४ विकेट लिन सफल रहे। यस्तै बसन्त रेग्मीको नाममा २ विकेट रह्यो। आफ्नो १० ओभरको स्पेलमा उनले ४९ रन खर्चिए।

मलेसियाको किनरारा ओभल मैदानमा नेपालले टस जितेपछि युएईलाई ब्याटिंगको निम्तो दिएको थियो। आफ्नो पहिलो खेलमा ओमानसंग हार बेहोरेको नेपाललाई युएई बिरुद्ध जित निकाल्नु अत्यधिक महत्वपूर्ण रहेको छ। नेपाली टोलीमा कुनैपनि परिवर्तन रहेको छैन र ओमान बिरुद्ध खेलेका ११ खेलाडी नै युएई बिरुद्ध समेत खेल्ने छन्।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]