सन्दिपले लगातार विकेट लिंदा युएईको आधा टिम आउट !

२०७४ माघ २८, आईतवार १७:४४

sandeep lamichhane

सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दै लगातार विकेट लिएपछि नेपाल र युएई बीच जारि खेलमा नेपाल बलियो स्थितिमा पुगेको छ।

१८ औं ओभरमा आफ्नो पहिलो ओभर बलिंग गर्न आएका स्टार लेग स्पिनरले २ बलमा २ विकेट हात पारेपछि युएईले ५४ रनको स्कोरमै ५ विकेट गुमाएको छ। सन्दिपले ४ रन बनाएर ब्याटिंग गरिरहेका रामिज शाहजादलाई दिपेन्द्र ऐरीको हातबाट क्याच आउट गराए भने लगत्तै बलमा मोहम्मद उस्मानलाई विकेटकिपर दिलिप नाथबाट स्टम्पिंग आउट गराए।

यो समाचार तयार पार्दा युएईले १९ ओभरमा ५८ रन बनाएर ५ विकेट गुमाएको छ।

प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस 

वर्षाको कारण ३४ ओभरको इनिंगमा छोट्याएर खेलाईएको खेलको पहिलो ओभरमै सोमपाल कामिले युएई ओपनर अस्फाक अहमदलाई खाता नखोल्दै पेभेलियन फर्काएका थिए। त्यसपछि सातौँ ओभरमा सोमपाललेनै १६ रन बनाएर ब्याटिंग गरिरहेका घुलाम शब्बिरलाई शरद भेसावकरको हातबाट क्याच आउट गराएका थिए।

२५ रनको स्कोरमा २ विकेट गुमाएको युएईले लगत्तै ओभरमा सोहि योगफलमै कप्तान रोहन मुस्तफा ( ७ रन ) लाई पनि गुमाएपछि ७.१ ओभरमा युएईको स्कोर २५/३ पुग्यो। मुस्तफालाई करन केसीले आउट गर्ने क्रममा प्रतियोगितामै विकेटको खाता पनि खोले।

प्रतियोगितामा नेपालले यस अघि खेलेको २ मध्ये १ खेलमा नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानसंग ६ विकेटको हार बेहोरीसकेको छ।

वर्षाको कारण युनाइटेड क्रिकेट क्लब मैदान, विन्ढोकमा निर्धारित समय भन्दा ३ घण्टा सुरु भएको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिंग गर्न निम्त्याएको थियो।

खेलको फोटोहरु 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy