IPL : चेन्नाईले फेर्यो राहतको स्वास, गत साता संक्रमित बाहेक अन्यको रिपोर्ट नेगेटिभ

२०७७ भाद्र १६, मंगलवार २०:१३

गत साता १३ जना कोरोना संक्रमित पाइएको बाहेक अन्य सबै चेन्नाईका खेलाडी र स्टाफहरुको कोभिड-१९ टेस्ट नेगेटिभ आएको छ। दिपक चाहर र रुतुराज गायकवाड सहित अन्य स्टाफहरुमा कोरोना संक्रमण देखिएपछि चेन्नाई टिम थप क्वारेन्टाइनमा बस्नु परेको थियो।

“१३ जना बाहेक अन्य सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुले पुनः अर्को टेस्ट गर्नुपर्नेछ जुन सेप्टेम्बर ३ मा हुनेछ।” चेन्नाई टिमका सीईओ केएस विश्वनाथनले बताए।

“हामि सम्भवतः सेप्टेम्बर ४ देखि अभ्यास सुरु गर्नेछौँ।” संक्रमित खेलाडी चाहर र रुतुराज भने १४ दिन क्वारेन्टाइन बसेपछि दुइ वटा कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र अभ्यासमा फर्कन पाउनेछन्।” संक्रमित १३ जना सदस्यहरुको क्वारेन्टाइन अवधि सकिएपछि उनीहरुको टेस्ट गरिनेछ।

दिपक चाहर र ऋतुराज गायकवाडलाई कोरोना संक्रमण भएको थियो

टिमका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएपछि चेन्नाईले राहतको स्वास फेरेको छ। सिनियर क्रिकेटर सुरेश रैना भारत फर्किनु तथा २ जना खेलाडीमा कोरोना देखिनुले टिममा तनाव बढेको थियो। रैनाको प्रतिस्थापनमा खेलाडी भने अझै टिमले खोजिसकेको छैन।

आईपीएल सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा मुम्बई इन्डीएन्स र बैंगलोर खेल्ने बताईएको छ। तर हालसम्म प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/pradeep-airee-best-perf-wn20/

https://wicketnepal.com/dhoni-batting-line-up-gambhir-ipl-wn20/

https://wicketnepal.com/engl-leave-out-joe-root-for-australia-t20is/

https://wicketnepal.com/babar-kohli-t20-avrg-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy