बिपीएलमा सन्दिप टिमको पहिलो खेल कोमिल्लासंग ( सम्पूर्ण जानकारी )

  • विकेटनेपाल, पुष १९ – बिहिबार 

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने बिग ब्यास लिगमा ४ वटा खेल खेलेपछि बंगलादेश प्रिमियर लिग ( बिपिएल ) टि-२० खेल्न बंगलादेश पुगीसकेका छन्।

बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने बिपिएल टि-२० मा सन्दिप सिलहेट सिक्सर्स टिमबाट खेल्दैछन्। ७ टोलि सहभागी हुने प्रतियोगिता जनवरी ५ ( पुष २१ ) देखि सुरु हुनेछ। बिपिएल टि-२० सन् २०१२ देखि सुरु भएको हो र यो प्रतियोगिताको छैठौं संस्करण हो।

सिलहेटले जनवरी ६ तारिकमा तामिम इकबाल कप्तानीको टिम कोमिल्ला भिक्टोरिएन्ससंग खेल्दै लिगको सुरुवात गर्नेछ। यस्तै लिगको दोश्रो खेल जनवरी ९ तारिकमा चिट्टागोंग भिकिङ्गस तथा जनवरी १२ तारिकमा ढाका डाइनामाइट्ससंग खेल्नेछ। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ।

  • सिलहेट सिक्सर्सको खेल तालिका  : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

 सन्दिपको टिममा को-को छन् खेलाडी ? 

बंगलादेश राष्ट्रिय क्रिकेटर नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल-अमिन होसेन, आलोक कपाली सन्दिपको टिममा रहेका छन्।

टिमको कप्तानी चर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले गर्दैछन्। टिममा अन्य चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरु आन्द्रे फ्लेचर ( वेस्ट इन्डिज ) , सोहेल तन्बिर ( पाकिस्तान ) , फाबीएन एलेन ( वेस्ट इन्डिज ) , मोहम्मद इरफान ( पाकिस्तान ) , गुल्बदीन नैब ( अफगानिस्तान ) , निकोलस पुरन ( वेस्ट इन्डिज ) पनि रहेका छन्।

सन्दिपको टिमको प्रशिक्षक पाकिस्तानका चर्चित पुर्व क्रिकेटर तथा पुर्व प्रशिक्षक रहीसकेका वकार युनिस रहेका छन्। पुर्व तिब्र गतिका बलर वकारले करियरमा ३७३ टेस्ट विकेट र ४१६ एकदिवसीय विकेट लिएका थिए। तिब्र गतिको रिभर्स स्विंगको लागि चर्चित युनिस ४०० वानडे विकेट लिने बिश्वकै कम उमेरका बलर हुन्।

बिपिएल खेलेबापत सन्दिपले कति कमाउनेछन् ? 

बंगलादेश प्रिमियर खेलेबापत सन्दिपले पाउने रकमको अहिलेसम्म खुलासा भएको छैन। विकेटनेपालले सन्दिपको एजेन्ट तल्हा ऐशमसंग सम्पर्क गर्दा उनले सन्दिपले पाउने रकम खुलाउन नमिल्ने बताए।

प्लेयिंग-११ मा कति जना बिदेशी खेलाडी 

बंगालदेश प्रिमियर लिगमा एउटा टिमले आफ्नो प्लेयिंग-११ मा कम्तिमा ४ जना बिदेशी खेलाडी खेलाउन पाउछ। पछिल्लो सिजन ५ जनासम्म बिदेशी खेलाडी खेल्न पाउने नियम थियो।

टिम प्रशिक्षक वकार युनिससंग सन्दिप

बंगलादेश प्रिमियर लिग लाईभ कहाँ हेर्ने ? 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा Rabbitholebd Sports ले यसको प्रशारण गरिरहेको छ। प्रतियोगितामा सन्दिपको टिमको पहिलो खेल जनवरी ६ तारिक नेपाली समय १२:१५ बजे दिउसो सुरु हुनेछ।

बंगलादेश प्रिमियर लिगमा अन्य कुन-कुन टोलि र खेलाडीहरु छन् ?      

लिगमा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरि ७ टोलि सहभागी छन्।

चिट्टागोंग भिकिङ्ग्स – मुस्फिकुर रहिमले कप्तानी गरेको टिममा लुक रोंकी, सिकंदार राजा, क्यामरन डेल्पोर्ट, मोहम्मद अश्रफुल, डासुन सनाका, नाजिबुल्लाह जद्रान जस्ता खेलाडीहरु रहेका छन्। चिट्टागोंग भिकिङ्ग्सले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

खुल्ना टाईटन्स – महमुदुल्लाहको कप्तानी रहने टिममा कार्लोस ब्राथवेट, लासिथ मालिंगा, ब्रेण्डन टेलर, आसिर शाह, डेभिड वेस, पल स्टरलिङ्ग, अल अमिन, दविड मलान जस्ता खेलाडीहरु रहेका छन्। खुल्नाले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन

रंगपुर राईडर्स – मश्रफे मोर्ताजाको कप्तानी रहने टिममा क्रिस गेल, एबि डी भिल्लर्स , एलेक्स हेल्स, रभी बोपारा, नज्मुल इस्लाम, सोहाग गाजी जस्ता खेलाडीहरु रहेका छन्।  रंगपुर प्रतियोगिताको पछिल्लो संस्करणको विजेता हो।

राजशाही किंग्स – टिमले हालसम्म कप्तानको घोषणा गरेको छैन। मोमिनुल हक, मेहदी हसन, मुस्तफ़िजुर रहमान, सौम्य सरकार जस्ता बंगालदेश राष्ट्रिय खेलाडीहरु रहेको टिममा मोहम्मद हफिज, मोहम्मद समी, राय टेन डेस्काटे जस्ता बिदेशी खेलाडीहरु रहेका छन्।


ढाका डाईनामाइट्स – शकिब अल हसन कप्तान रहेको टिममा काइरन पोलार्ड, सुनिल नारायन, इयान बेल, आन्द्रे रसेल, रोभम्यान पावेल जस्ता विदेशी खेलाडीहरु रहेका छन्। बीपीएल इतिहासको सबैभन्दा सफल टिम ढाकाले सर्वाधिक ३ पटक उपाधि जितिकसकेको छ। सन् २०१२ र २०१३ मा एको सुरुको दुई संस्करण ढाका ग्लाडिएटर्सको नामबाट उपाधि जितेको यस टिमले २०१६-१७ को सिजन ढाका डाइनामाइट्सको नामबाट उपाधि जितेको थियो।

कोमिल्ला भिक्टोरियन्स – तमिम इकबाल कप्तानीको टिममा स्टिभ स्मिथ, शोयब मल्लिक, शाहिद अफ्रिदी, थिसारा परेरा, इभिन लुईस आमिर यामिन, इमरुल कायस, लियम डसन, अनमुल हक जस्ता खेलाडीहरु रहेका छन्। कोमिल्ला सन् २०१५/१६ को विजेता टिम हो।

 

 





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]