काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेले दुई खेल प्रतिबन्धको कारबाही पूरा गरेका छन् ।
वेस्टइण्डिजसँग शारजहाँमा भर्खरै सकिएको ऐतिहासिक टि२० आई सिरिजको पछिल्लो दुई खेलमा सन्दीप मैदानमा नदेखिनुको कारण खुलेको हो । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार सन्दीपले पहिलो टि२० मा देखाएको व्यबहारका कारण उनलाई पछिल्लो दुई खेलमा प्रतिबन्ध लगाइएका कारण मैदानमा उपस्थित नभएको बताएको छ ।
२७ सेप्टेम्बरमा भएको पहिलो खेलको लागि ४५ मिनेट बाँकी रहँदा सन्दीपले व्यक्तिगत कारण देखाउँदै नखेल्ने निर्णय लिएको विज्ञप्तीमा जनाइएको छ । उनको यो निर्णयले टिममा असर परेकाका कारण पछिल्लो दुई तथा उक्त सिरिज अवधी भरलाई निलम्बन गरिएको क्यानको विज्ञप्तीमा जनाइएको छ ।
क्यानको सोहि वक्तव्य अनुसार वेस्ट इण्डिज सिरिजमा रहेका १६ नेपाली खेलाडी नै आगामी साताबाट ओमानमा हुने टि२० विश्वकपको एसिया तथा पुर्वी प्यासेफिक एसिया क्षेत्रीय छनोटका लागि ओमान जाने बताएको छ ।
