सन्दीपका पक्षमा पीडित नाबालिग नभएको बलियो प्रमाण पेस गरेका छौँ : अधिवक्ता सुधा रिजाल

२०७९ कार्तिक १७, बिहीबार २०:३५

Sandeep Lamichhane ( Photo : Chris Whiteoak / The National )

सन्दीप लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गरेका छन्।

सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन्।

शुक्रबार पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलले बहस गर्दै छन्। आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन्।

उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्म दर्ता, बसाइसराइको कागजबाट पनि किशोरी नाबालिका नभएको र सन्दीपको पक्षमा आफूहरूले दरो प्रमाण पेस गरेको दाबी गरिन्।

उनले भनिन्, ‘पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्नेकुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्म दर्ता, बसाइसराइको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ। सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ।’ सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ भइरहेको छ।

( साभार – प्रशासन डट कम )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy