सन्दिपले ५ विकेट लिएपछि माइकल क्लार्कको यस्तो प्रतिक्रिया

  • विकेटनेपाल, साउन २

नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिम कप्तान सन्दिप लामिछानेले एसिया यु-१९ बिश्वकप छनौट अन्तर्गत सिंगापुरसंगको खेलमा ५ विकेट हात पारेपछि अस्ट्रेलियन क्रिकेट टिमका पुर्वकप्तान माइकल क्लार्कले ट्वीट गर्दै प्रतिक्रिया दिएका छन् l

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्नेक्रममा सन्दिपले ८ ओभरमा २ मेडन ओभर सहित २१ रन खर्चेर ५ विकेट हात पारेका थिए l सन्दिपको प्रदर्शन मदतले जित हात पारेपछि क्लार्कले ट्वीट मार्फत आफु आश्चर्यमा नपरेका बताएका छन् –

“म आश्चर्यचकित छैन … उनि सानो सुपरस्टार हुन्”

 

क्लार्कलाई इंगित गरि ट्वीट गर्दै एक नेपाली समर्थकले ‘तपाईको केटाले बिश्वकप छनौटमा उत्कृस्ट प्रदर्शन गरिरहेको’ बताएपछि उनलाई जवाफ दिंदै अस्ट्रेलियालाई बिश्वकप उपाधि जिताएका ३७ बर्षिय क्लार्कले सन्दिपको प्रसंशा गरेका हुन् l

गत वर्ष नोभेम्बरमा सन्दिप लामिछाने क्लार्कको निम्तोमा अस्ट्रेलियन घरेलु क्रिकेट खेल्ने र क्लार्कको एकेडेमीमा क्रिकेट सिक्ने मौका पाएका थिए l गत बर्ष मे महिनामा क्लार्क र सन्दिपले हंगकंग  टि-२० ब्लिट्ज प्रतियोगिता एउटै क्लबबाट खेलेका थिए l

अस्ट्रेलिया बसाइँको क्रममा क्लार्क र सन्दिप दुवैले फेसबुकमासंगै फ्यानहरुसंग अन्तर्क्रिया गरेका थिए भने सन्दिप अस्ट्रेलिया पुग्दा उनलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए l

क्लार्क र सन्दिप लामिछाने सम्बन्धित अन्य लेख – 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy