सन्दिपले ५ विकेट लिएपछि माइकल क्लार्कको यस्तो प्रतिक्रिया

Sandeep Lamichhane
  • विकेटनेपाल, साउन २

नेपाल यु-१९ रास्ट्रिय क्रिकेट टिम कप्तान सन्दिप लामिछानेले एसिया यु-१९ बिश्वकप छनौट अन्तर्गत सिंगापुरसंगको खेलमा ५ विकेट हात पारेपछि अस्ट्रेलियन क्रिकेट टिमका पुर्वकप्तान माइकल क्लार्कले ट्वीट गर्दै प्रतिक्रिया दिएका छन् l

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्नेक्रममा सन्दिपले ८ ओभरमा २ मेडन ओभर सहित २१ रन खर्चेर ५ विकेट हात पारेका थिए l सन्दिपको प्रदर्शन मदतले जित हात पारेपछि क्लार्कले ट्वीट मार्फत आफु आश्चर्यमा नपरेका बताएका छन् –

“म आश्चर्यचकित छैन … उनि सानो सुपरस्टार हुन्”

 

क्लार्कलाई इंगित गरि ट्वीट गर्दै एक नेपाली समर्थकले ‘तपाईको केटाले बिश्वकप छनौटमा उत्कृस्ट प्रदर्शन गरिरहेको’ बताएपछि उनलाई जवाफ दिंदै अस्ट्रेलियालाई बिश्वकप उपाधि जिताएका ३७ बर्षिय क्लार्कले सन्दिपको प्रसंशा गरेका हुन् l

गत वर्ष नोभेम्बरमा सन्दिप लामिछाने क्लार्कको निम्तोमा अस्ट्रेलियन घरेलु क्रिकेट खेल्ने र क्लार्कको एकेडेमीमा क्रिकेट सिक्ने मौका पाएका थिए l गत बर्ष मे महिनामा क्लार्क र सन्दिपले हंगकंग  टि-२० ब्लिट्ज प्रतियोगिता एउटै क्लबबाट खेलेका थिए l

अस्ट्रेलिया बसाइँको क्रममा क्लार्क र सन्दिप दुवैले फेसबुकमासंगै फ्यानहरुसंग अन्तर्क्रिया गरेका थिए भने सन्दिप अस्ट्रेलिया पुग्दा उनलाई स्वागत गर्न क्लार्क स्वयम् एअरपोर्ट पुगेका थिए l

क्लार्क र सन्दिप लामिछाने सम्बन्धित अन्य लेख – 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]