बंगलादेश प्रिमियर लिग छोडेर नेपाल फर्कंदै सन्दिप

  • विकेटनेपाल, माघ-५ , शनिवार 

लगातार एक पछि अर्को अन्तर्राष्ट्रिय र राष्ट्रिय क्रिकेट लिगहरुमा सहभागिता जनाउने क्रममा नेपाली ‘गुग्ली ब्वाई’ सन्दिप लामिछानेलाई भ्याई-नभ्याई छ।

सन्दिप लगातार नेपाली राष्ट्रिय टिम, विदेशी तथा स्वदेशी लिगहरुमा प्रतिनिधित्व गरिरहेका छन्। वर्ष २०१८ मा अत्याधिक व्यस्त भएका सन्दिपले डिभिजन-२, एकदिवसीय विश्व कप छनौट, आईपीएल, ग्लोबल टि-२० लिग क्यानडा, नेदरल्याण्ड्ससँग एकदिवसीय सिरिज, क्यारेबियन प्रिमियर लिग, एशिया कप छनौट, टि-२० विश्वकप छनौट एसिया, अफगानिस्तान प्रिमियर लिग, पोखरा प्रिमियर लिग, टि-१० लिग, एभरेस्ट प्रिमियर लिग, बिग ब्यास लिगसम्म खेल्न भ्याए।

राष्ट्रिय टिमलाई पहिलो प्राथमिकतामा राख्दा ठुला विदेशी लिगहरु छोडेर सन्दिप नेपालको लागि खेल्न पुगेका छन् जसले अधिकांश लिगहरु सन्दिपले बीचमा छोड्नु पर्ने अथवा प्रतियोगिता चल्दै गर्दा बीचमा खेल्न पुग्ने परिस्थिति बन्ने गरेको छ। राष्ट्रिय टिम प्राथमिकतामा राख्दा सन्दिपले क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग जस्ता प्रतियोगितामा पुरै खेल्न पाएनन्।

२०१९ जनवरी १ तारिकमा बिग ब्यासको चौथो खेल खेलेर बिचैमा बंगलादेश प्रिमियर लिग खेल्न पुगेका सन्दिप बंगलादेश प्रिमियर लिग पनि पुरा खेल्न नपाउने भएका छन्। बिग ब्यास खेल्नु अघि नै बंगलादेश प्रिमियर लिग टिम सिल्हेटसंग अनुबन्धित भइसकेका कारण सन्दिपले बिग ब्यास बीचमा छोडेका थिए।

शनिवार रंगपुर राईडर्ससंग बंगलादेश प्रिमियर लिगमा आफ्नो छैठौं खेल खेलेका नेपाली लेग स्पिनर लिग बीचमै छोडेर नेपाल आउन लागेका छन्।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – BCB )

सन्दिपको जनवरी २१ तारिक सोमबार नेपाल फर्किने तालिका रहेको विकेटनेपाललाई सन्दिपको तथा राष्ट्रिय टिमका समेत ब्यबस्थापक रहेका रमन शिवाकोटीले जानकारी गराएका छन्।

नेपालले जनवरी २५ तारिकदेखि युएईसंग युएईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटै टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ जसको लागि सन्दिप नेपाल आउन लागेका हुन्। सोमबार नेपाल फर्किए पनि सन्दिपले टिमसंग अभ्यास भने गर्न पाउने छैनन्।

बन्दसत्रमा रहेको नेपाली टिमले आइतबार अन्तिम दिन अभ्यास गर्नेछ जसपछि टिम जनवरी २३ तारिक मंगलबार युएई प्रस्थान गर्ने तालिका रहेको छ। सन्दिप सोमबार नेपाल आएपछि टिमसंग मंगलबार युएई प्रस्थान गर्ने व्यवस्थापक शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका हुन्। सिल्हेटले जनवरी २३ तारिकमा खुल्ना टाईटन्ससंग खेल्ने तालिका रहे पनि उक्त खेलमा सन्दिप खेल्ने छैनन्। यस अघि खुल्नासंग खेलेर त्यतैबाट सन्दिप युएई जान सक्ने बताईएको थियो।

नेपालले युएईसंग पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। नेदरल्याण्डसंग गत वर्ष अगस्टमा पहिलो एकदिवसीय सिरिज खेलेपछि नेपालले दोश्रो सिरिज खेल्न लागेको हो। युएईसंगको खेल पछि नेपाल पहिलो पटक आईसीसीको एकदिवसीय वरियतामा समेत प्रवेश गर्ने हुँदा नेपाली टिम र खेलाडीहरुको लागि यो सिरिज महत्वपूर्ण मानिएको छ।

युएईसंगको सिरिज फेब्रुअरी ३ तारिकसम्म खेलेपछि यदी सन्दिपको टिम सिल्हेट सिक्सर्स बंगलादेश प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको खण्डमा पुनः सन्दिप बंगलादेश प्रिमियर लिग खेल्न पुग्नेछन्।

Sandeep Lamichhane
Sandeep Lamichhane ( FIle Photo )

बिग ब्यास लिग फेब्रुअरी १७ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु भने फेब्रुअरी १० तारिकमा सकिनेछ। यदी सन्दिप ढिलोमा फेब्रुअरी ८ तारिकपछि अस्ट्रेलिया फर्कने हो भने मेलबर्न स्टार्सले फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्स विरुद्ध अन्तिम लिग खेल खेल्ने सम्भावना रहन्छ। मेलबर्न स्टार्स अंकतालिकामा शिर्ष ४ भित्र पर्न सके सन्दिपले सेमिफाईनल र फाईनल पनि खेल्न पाउन सक्नेछन्।

बंगलादेशमा सन्दिपको टिमले यदी प्ले-अफ चरण प्रवेश गर्न असफल भएको खण्डमा भने सन्दिपले बिग ब्यासमा २ वटा लिगको खेलहरु खेल्न पाउनेछन्। मेलबर्नले फेब्रुअरी ३ तारिकमा पर्थ स्कर्चर्स, फेब्रुअरी ८ तारिकमा ब्रिसबेन हिट र फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। बिग ब्यासको सेमिफाईनल खेल फेब्रुअरी १४ र १५ तारिकमा र फाईनल खेल फेब्रुअरी १७ तारिकमा खेलिनेछ।

जारि बंगलादेश प्रिमियर लिगमा सन्दिपले ६ खेलमा ४ विकेट लिए पनि किफायती बलिङ्गले प्रसंशा पाईराखेका छन् भने बिग ब्यास लिगमा ४ खेलमा ८ विकेट लिंदै सनसनी चर्चाको शिखरमा थिए। बंगलादेश प्रिमियर लिग र बिग ब्यास लिग पछि सन्दिप फेब्रुअरी १४ देखि सुरु हुने पाकिस्तान सुपर लिग खेल्न पुग्नेछन् जहाँ उनि मोहम्मद हफिज कप्तानीको लाहोर कलन्दर्सबाट खेल्नेछन्। लाहोरमा एबी डी भिल्लिएर्स, ब्रेण्डन टेलर, फखार जमान, कार्लोस ब्राथवेट, मोहम्मद इरफान, यासिर शाह जस्ता खेलाडीहरु रहेका छन्।

पाकिस्तान सुपर लिग पछि सन्दिप मार्च २३ देखि भारतमा सुरु हुने इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटलको लागि खेल्न पुग्नेछन्।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]