सन्दिप सिपिएल टि-२० खेल्न जाने पक्का, यस्तो छ सन्दिपको खेलतालिका

Sandeep Lamichhane

नेपाली स्पिनर सन्दिप लामिछाने करेबियन प्रिमियर लिग ( सिपिएल टि-२० ) खेल्न जाने पक्का भएको छ। अन्तर्राष्ट्रिय फ्लाइटहरु अधिकारिक रुपमा नखुलेका कारण सन्दिप खेल्न जाने अन्योलता रहेको थियो।

लामो प्रयास तथा सरकारी स्तरबाट पहल भए पछि सन्दिप कोरियन चार्टर्ड फ्लाइट मार्फत वेस्टइन्डिजतर्फ प्रस्थान गर्ने भएका छन्।

सन्दिपका व्यवस्थापक रमन शिवाकोटी अनुसार सन्दिप भोलि बिहिबार गन्तब्यतर्फ प्रस्थान गर्नेछन्। अमेरिका हुँदै सन्दिप ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्। अगस्ट १ तारिकमा सन्दिप आयोजना स्थल पुग्नेछन्। ट्रिनिडाड एण्ड टोबागो पुगे पछि सन्दिप १४ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ।

करेबियन प्रिमियर लिग १८ अगस्ट देखि सुरु हुनेछ जसमा सन्दिप जमैका तल्लावाजबाट खेल्नेछन्। जमैकाको पहिलो खेल खेल अगस्ट १९ ( बुधबार ) सेन्ट लुसिया जुक्ससंग हुनेछ। दोश्रो खेल ट्रिनबागो नाइट राइडर्ससंग अगस्ट २० मा, अगस्ट २२ मा गुएना अमेजन वारियर्ससंग खेल्ने तालिका रहेको छ।


सिपिएल टि-२० खेलेपछि सन्दिप त्यहीबाट इन्डियन प्रिमियर लिग खेल्ने जानसक्नेछन्। आईपीएल युएईमा १९ सेप्टेम्बर देखि आयोजना हुनेछ। 

कोरोनाका कारण सिपिएल टि-२० का खेलहरु दर्शक विहिन मैदानमा खेलिनेछ। लिगमा कुल ३३ वटा खेल खेलिनेछन्। सबै खेलहरु ट्रिनिडाड एण्ड टोबागोको स्टेडियमहरुमा खेलिनेछ।

नेपाली स्पिनरलाई जमैकाले ९० हजार डलर ( नेपाली रु. १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।

सन्दिपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।

करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

सन्दिपको जमैकाको सिपिएल मा खेल तालिका :- 

अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स

सहभागी सबै ६ वटा टिमले एक अर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि अंकतालिकामा शिर्ष-४ हुने टिमले सेमीफाइनल खेल्नेछन्।

सिपिएल टि-२० को खेल तालिका

यो पनि पढ्नुस :गत सिजन सिपिएलमा किन रोएका थिए सन्दिप, वेस्टइन्डिज पुर्व क्रिकेटर ड्यारेन गंगाको खुलासा

सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।

धेरैले पढेको :- 

– वेस्टइन्डिज क्रिकेट आर्थिक समस्यामा रहेको बताउदै कप्तान होल्डरको इंग्ल्यान्डलाई यस्तो अनुरोध

– ब्रडले पुरा गरे ५ सय विकेट, किर्तिमान बनाउने विश्वको ७ औं बलर





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]