सन्दिप १४ दिने क्वारेन्टिनमा, पिसीआर परिक्षण नतिजा पछि सिपिएल खेल्न पाइने

  • विक्रम गिरी, काठमाडौँ, १९ साउन, रासस

करेबियन प्रिमियर लिग टि-२० (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ ।

सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ।

“प्रतियोगिता अघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको हो”, सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले भन्नुभयो।

यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने उहाँले बताउनुभयो- “पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछ”

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो पुगेका थिए। सरकार र अन्य विभिन्न निकायको सहयोगपछि बल्ल सन्दिप प्रस्थान गर्न पाएका थिए ।

टोबागो उड्नुअघि सन्दीपले गत मङ्गलबार पीसीआर परीक्षण गराएका थिए। सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताउनुभयो।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेका कारण केही समय सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो ।

सन्दीप सीपीएलमा यो पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका हुन्। उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

यो पनि :- अविनाश बोहराको ४ उत्कृस्ट बलिंग प्रदर्शन

करेबियन प्रिमियर लिग १८ अगस्ट देखि सुरु हुनेछ जसमा सन्दिप जमैका तल्लावाजबाट खेल्नेछन्। जमैकाको पहिलो खेल खेल अगस्ट १९ ( बुधबार ) सेन्ट लुसिया जुक्ससंग हुनेछ। दोश्रो खेल ट्रिनबागो नाइट राइडर्ससंग अगस्ट २० मा, अगस्ट २२ मा गुएना अमेजन वारियर्ससंग खेल्ने तालिका रहेको छ।

सिपिएल टि-२० खेलेपछि सन्दिप त्यहीबाट इन्डियन प्रिमियर लिग खेल्ने जानसक्नेछन्। आईपीएल युएईमा १९ सेप्टेम्बर देखि आयोजना हुनेछ। कोरोनाका कारण सिपिएल टि-२० का खेलहरु दर्शक विहिन मैदानमा खेलिनेछ। लिगमा कुल ३३ वटा खेल खेलिनेछन्। सबै खेलहरु ट्रिनिडाड एण्ड टोबागोको स्टेडियमहरुमा खेलिनेछ।

सन्दिपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।


करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

सन्दिपको जमैकाको सिपिएलमा खेल तालिका :-

अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स

सहभागी सबै ६ वटा टिमले एक अर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि अंकतालिकामा शिर्ष-४ हुने टिमले सेमीफाइनल खेल्नेछन्।

सन्दिपले यस अघि सिपिएल टि-२० को दुइ वटा संस्करण सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स तथा बार्बेडोस ट्राइडेन्टबाट खेलेका थिए। सेन्ट किट्सको लागि खेल्दा ५ हजार डलर पाएका सन्दिपले त्यसपछि बार्बेडोसको लागि खेल्दा ७० हजार डलर पाएका थिए।

धेरैले पढेको :-

“लकडाउनमा मानसिक रुपमा आफुलाई बलियो बनाएँ” सन्दिप लामिछाने ( अन्तर्वार्ता )

वेस्टइन्डिज क्रिकेट आर्थिक संकटमा रहेको बताउदै कप्तान होल्डरको इंग्ल्यान्डलाई यस्तो अनुरोध

ग्राउन्डस्टाफहरुको पिडामा सन्दिपको मलम

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy