सन्दिपले मुजिबलाई दिए उत्कृस्ट बलिंगको श्रेय, कारण यस्तो

करेबियन प्रिमियर लिगमा व्यक्तिगत कीर्तिमानी बलिंग स्पेल दर्ता गरे पछि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो प्रदर्शनको श्रेय साथी स्पिनर मुजिब उर् रहमानलाई दिएका छन्।

गायना बिरुद्ध आइतबार बिहान जमैका गायनासंग पराजित भएता पनि सन्दिपले भने विदेशी टि-२० लिगमा अहिलेसम्मकै आफ्नो किफायती बलिंग स्पेल दर्ता गरे। दायाँ हाते लेग स्पिनरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए जुन सिपिएल टि-२० को जारि संस्करणकै सबैभन्दा किफायती बलिंग स्पेल हो भने सिपिएल टि-२० इतिहासकै सातौँ किफायती स्पेल हो। विस्तृतमा पढ्नुस 

कीर्तिमानी बलिंग स्पेल दर्ता गरेपछि सन्दिपले प्रत्यक्ष कुराकानीको क्रममा प्रदर्शनको श्रेय साथी स्पिनर अफगानिस्तानका अफ स्पिनर मुजिब उर् रहमानलाई दिएका हुन्।

“यसको श्रेय मुजिबलाई जान्छ जसरि उनले बलिंग गरे र सुरुवात दिलाए। हामी दबाबमा थियौं र त्यो अवस्थामा जसरि उनले योगदान दिए र योजना अनुसार बलिंग गरे मलाई भन्दा उनलाई बढी श्रेय जान्छ।”

गायनाले विस्फोटक सुरुवात गरेको अवस्थामा मुजिबले ३ विकेट लिंदै जमैकालाई खेलमा फर्काएका थिए

मुजिबले खेलमा ३ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिएका थिए। यस क्रममा उनले उत्कृस्ट सुरुवात गरेको गायनाको माथिल्लो क्रमका ५ मध्ये ३ ब्याट्सम्यानलाई आउट गर्दै टिमलाई खेलमा फर्काएका थिए। गायनाले विकेट नगुमाई ५.३ ओभरमा ५६ रन बनाईसकेको अवस्थामा मुजिबले १९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २९ रन बनाएका ब्रेण्डन किंगलाई बोल्ड गर्दै जमैकालाई खेलमा फर्काएका थिए। लगत्ति बलमा प्रतियोगितामा २ अर्धशतक बनाउदै उत्कृस्ट लयमा रहेका शिमरन हेटमायरलाई बोल्ड गर्दै ह्याट्रिक नजिक पुगेका थिए। त्यतिमै नरोकिएका मुजिबले अर्का खतरनाक ब्याट्सम्यान निकोलस पुरनलाई पनि पेभेलियन फर्काए।

मुजिबले माथिल्लो क्रमका ब्याट्सम्यानलाई आउट गर्दै गायना माथि बनाएको दबाबका कारण आफुले खुलेर बलिंग गरेको सन्दिपले बताए –

“बल घुमीरहेको थियो र म मात्र ब्याट्सम्यान भन्दा पर बल फाल्न प्रयास गरिरहेको थिए जसमा म सफल पनि भए। म अझै विश्वास गर्छु कि मुजिबले त्यो परिस्थितिको सिर्जना गरे जसकारण मैले दबाब मुक्त भएर बलिंग गरे। म फेरी भन्छु, उनले जसरि बलिंग गरे त्यो जादुयी थियो।”


सन्दिपले रुथरफोर्ड र क्रिस ग्रिनलाई योजना अनुरुप बलिंग गर्दै आउट गरेको बताए-

“उनि ( शरफेन रुथरफोर्ड ) मलाई ठुलो सट खेल्ने प्रयास गरिरहेका थिए त्यसैले मैले उनलाई सर्ट बल गरे जसमा उनि फस्न पुगे। त्यस पछि क्रिस ग्रिन क्रिजमा चलेर ब्याटिंग गरिरहेका थिए जसलाई मैले ‘फ्लिपर बल’ गरेर बोल्ड गरे। रस टेलर बिरुद्ध मेरो योजना थियो कि उनि भन्दा बललाई पर राख्ने र १ रन मात्र दिएर स्ट्राइकमा अर्को ब्याट्सम्यान ल्याउने जसकारण मैले अझ डट बल फाल्न सके।”

रुथरफोर्डलाई सन्दिपले सर्ट थर्डम्यानमा क्याच आउट गराएका थिए भने ग्रिन खुट्टा पछाडीबाट बोल्ड भएका थिए। सन्दिपलाई रस टेलरले खुलेर ब्याटिंग गर्न सकेका थिएनन्।

यस्तो थियो सन्दिपको कीर्तिमानी ४ ओभरको स्पेल ( ४-०-८-२ ) 

पहिलो ओभर :- २ रन ( १ , ० , १ , ० , ० , ० ) गायनाले लगातार विकेट गुमाएको अवस्थामा नवौं ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा रस टेलर र शर्फेन रुथरफोर्डलाई दबाबमा राख्ने क्रममा मात्र २ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरे।

दोश्रो ओभर :– १ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , ० ) लगत्तै स्पेलमा ११ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लय। खराब बल भएता पनि रुथरफोर्डले टाढा जाँदै गरेको बललाई जोडले हिर्काउन खोज्दा सर्ट थर्डम्यानमा समातिन पुगेका थिए। ओभरमा सन्दिपले मात्र १ रन खर्चेर १ विकेट लिए। पहिलो बलमा रस टेलरले १ रन लिए पछिको ५ बलमा सन्दिपले रननै खर्चेनन्।

तेश्रो ओभर :- ३ रन ( ० , ० , १ , २ , ० , ० ) लगातार तेश्रो ओभर उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दिपले मात्र ३ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरेर रस टेलर र किमो पौललाई खुलेर खेल्न दिएनन्।

चौथो ओभर :- २ रन दिएर १ विकेट ( ० , ० , १ , विकेट , ० , वाइड , ० ) लगातार स्पेलमा बलिंग गर्ने क्रममा १५ औं ओभरमा सन्दिपले झनै उत्कृस्ट बलिंग गरे। ओभरमा मात्र २ रन खर्चेर १ विकेट समेत उनले लिए। गायना कप्तान क्रिस ग्रिनलाई ओभरको चौथो बलमा उनले खुट्टा पछाडीबाट बोल्ड गरे। ओभरमा सन्दिपले एउटा वाइड बल गरे भने रस टेलरले तेश्रो बलमा १ रन लिनु बाहेक सबै बलमा रन दिएनन्।

खेलमा गायनाले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो। आन्द्रे रसेलले अविजित अर्धशतक बनाएता पनि जित दिलाउन सकेनन्। हारपछि ३ खेलमा १ जित र २ हार सहित २ अंक रहेको जमैका लिग अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ। जितको साथ गायना भने अंक तालिकाको पहिलो स्थानमा उक्लेको छ। अब जमैकाले आगामी खेल अगस्ट २६ तारिक बिहान ३:१५ बजे गायना बिरुद्धनै खेल्नेछ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/sandeep-n-rec-in-int-t20-leag-wn20/

https://wicketnepal.com/jamaica-2nd-loss-wn20-3rd-mtch/

https://wicketnepal.com/eng-vs-pak-2nd-day-rep-wn20/

https://wicketnepal.com/cpl-t20-m7-zouks-win-wn20/

https://wicketnepal.com/irfan-pathan-farewell-wn20/

https://wicketnepal.com/200-zak-new-record-wn20/

https://wicketnepal.com/can-50-players-corona-wn20/

https://wicketnepal.com/pak-team-for-eng-t20i-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]