लंका प्रिमियर लिग : सन्दिप दाम्बुलामा आवद्ध

श्रीलंकामा जुलाई अन्तिममा आयोजना हुने लंका प्रिमियर लिगको टिम दाम्बुला जायन्टसले नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेलाई ड्राफ्टमार्फत टिममा भित्र्याएको छ।

प्रतियोगिताको खेलाडी छनोट गर्न मंगलबार जारि ड्राफ्टमा जायन्टसले सन्दिपलाई ४० हजार अमेरिकी डलर खर्चिएको हो।


यो वर्ष जनवरीमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका लेग स्पिनर लामिछानेले अन्य विदेशी लिगमा सहभागिता जनाएका छैनन्।

३१ जुलाई देखि अगस्ट ११ सम्म आयोजना हुने लंका प्रिमियर लिगको तेश्रो संस्करणमा पाँच टिम सहभागी छन्। सन्दिप पहिलो पटक लंका प्रिमियर लिगमा छनोट भएका हुन्।

लंका प्रिमियर लिगको ड्राफ्टमा १८० श्रीलंका बाहिरका खेलाडी सहित ३५३ जना सहभागी छन्। सन्दिप अन्तर्राष्ट्रिय डायमन्ड क्याटेगरिमा ड्राफ्टमा समावेश थिए।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]