लंका प्रिमियर लिग : सन्दिप दाम्बुलामा आवद्ध

श्रीलंकामा जुलाई अन्तिममा आयोजना हुने लंका प्रिमियर लिगको टिम दाम्बुला जायन्टसले नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेलाई ड्राफ्टमार्फत टिममा भित्र्याएको छ।

प्रतियोगिताको खेलाडी छनोट गर्न मंगलबार जारि ड्राफ्टमा जायन्टसले सन्दिपलाई ४० हजार अमेरिकी डलर खर्चिएको हो।


यो वर्ष जनवरीमा बिग ब्यास लिगमा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका लेग स्पिनर लामिछानेले अन्य विदेशी लिगमा सहभागिता जनाएका छैनन्।

३१ जुलाई देखि अगस्ट ११ सम्म आयोजना हुने लंका प्रिमियर लिगको तेश्रो संस्करणमा पाँच टिम सहभागी छन्। सन्दिप पहिलो पटक लंका प्रिमियर लिगमा छनोट भएका हुन्।

लंका प्रिमियर लिगको ड्राफ्टमा १८० श्रीलंका बाहिरका खेलाडी सहित ३५३ जना सहभागी छन्। सन्दिप अन्तर्राष्ट्रिय डायमन्ड क्याटेगरिमा ड्राफ्टमा समावेश थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy