ठुलो नामहरुलाई पछि छाड्दै सन्दिपको बिपिएलमा डेब्यु

  • विकेटनेपाल, पुष-२२ – आइतबार 

बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा सन्दिप लामिछानेले डेब्यु गर्ने पक्का भएको छ।

सिलहेट सिक्सर्सले लिगको पहिलो खेलमा स्टिभको कप्तानीको टिम कोमिल्ला भिक्टोरिएन्सको सामना गर्दैछ। नेपाली समय १२:१५ बजे सुरु भएको खेलमा कोमील्ला भिक्टोरिएन्सले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको छ।

खेल सुरु हुनु अघि सन्दिप अन्तिम-११ मा पर्लान् या नपर्लान भन्ने जिज्ञाशा थियो। बिग ब्यास लिगबाट उत्कृस्ट प्रदर्शन गर्दै बंगलादेश आएका सन्दिपले अन्ततः अर्को ठुलो लिगमा डेब्यु गर्ने भएका छन्।

सिल्हेट सिक्सर्सले आफ्नो अन्तिम-११ मा सन्दिप लामिछाने सहित, निकोलस पुरन, मोहम्मद इरफानलाई समाबेश गरेको छ।

अन्तिम-११ मा चर्चित दक्षिण अफ्रीकी लेग स्पिनर इमरान ताहिरलाई बाहिर राख्दै टिमले सन्दिपलाई मौका दिएको हो। यस्तै सिलहेटले सोहेल तन्बिर, आन्द्रे फ्लेचार जस्ता खेलाडीलाई पनि अन्तिम-११ मा स्थान दिएन।

सिलहेट सिक्सर्स अन्तिम-११ – डेभिड वार्नर ( कप्तान ) , लिटन दास , निकोलस पुरन, आलोक कपाली, सब्बिर रहमान, अफिफ हुसेन, अल अमिन हुसेन, तोहिड रिदोय, सन्दिप लामिछाने, मोहम्मद इरफान, तस्किन एहमद

कोमिल्ला अन्तिम-११ – इभिन लुइस, तामिम इकबाल, अनामुल हक, स्टिभ स्मिथ ( कप्तान ) , इम्रुल कायस, मेहदी हसन, सोएब मलिक, शहिद अफ्रिदी, मोहम्मद सैफुद्दीन, अबु हैदर, मोहम्मद शहिद

खेल समय  र लाईभ कहाँ हेर्ने ? 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा Rabbitholebd Sports ले यसको प्रशारण गरिरहेको छ। प्रतियोगितामा सन्दिपको टिमको पहिलो खेल जनवरी ६ तारिक नेपाली समय १२:१५ बजे दिउसो सुरु हुनेछ।

सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ।





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]