नेपाल पहिले फिल्डिंग गर्दै, चिन्नुस को हुन् डेब्यु गर्न लागेका सन्दिप जोरा

Sandeep Jora
  • विकेटनेपाल, माघ १४ , सोमबार 

युएई र नेपाल बीच सिरिजको निर्णायक तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि सन्दिप जोराले डेब्यु गर्ने भएका छन्।

सिरिज १-१ को बराबरीमा रहेको छ र आज जित्ने टिमले सिरिजनै जित्नेछ। पहिलो खेलमा युएई ३ विकेटले विजयी हुँदा दोश्रोमा नेपालले १४५ रनको विशाल जित दर्ता गरेको थियो।

यो संगै नेपालको लागि एकदिवसीय खेल्ने जोरा १९ औं खेलाडी भएका छन् र उनको क्याप नम्बर पनि १९ रहेको छ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ। नेपालले आफ्नो अन्तिम-११ मा आज पछिल्लो २ खेलमा रन नबनाएका पवन सर्राफको सट्टा सन्दिप जोरालाई खेलाउने निर्णय गरेको हो।

नेपालको अन्तिम ११ – पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, आरिफ शेख, रोहित पौडेल,  सन्दिप जोरा, सोमपाल कामि, सन्दिप लामिछाने, करन केसी र ललित राजबंशी

टिममा जोरा बाहेक अन्य परिवर्तन गरिएको छैन। बसन्त रेग्मी लगातार दोश्रो खेलमा पनि अन्तिम-११ मा स्थान बनाउन असफल रहेका छन्। भिम शार्की र अभिनाश बोहराले पनि वानडेमा डेब्यु गर्न पाएनन् जसले टि-२० मा डेब्यु गर्ने सम्भावना प्रबल मानिएको छ। रोहित पौडेलले दोश्रो एकदिवसीयमा डेब्यु गरेका थिए।

को हुन् सन्दिप जोरा ? 

कंचनपुर घर भएका जोराले यस अघि नेपाली अन्डर-१९ टिमको बिभिन्न प्रतियोगितामा प्रतिनिधित्व गरिसकेका छन्। उनले सन् २०१७ मा आयोजित यु-१९ बिश्व कप छनौटमा तथा यु-१९ एसिया कप २०१७ मा समेत नेपाली युवा टिमको प्रतिनिधित्व गरेका थिए। गत वर्ष यु-१९ एसिया कपमा खेल्ने क्रममा जोराले युएईसंग ६७ रन तथा भारतसंग २० रन बनाएका थिए।

Sandeep Jhora
Sandeep Jhora

डिसेम्बरमा सम्पन एभरेस्ट प्रिमियर लिगमा जोरा विजेता टिम ललितपुर प्याट्रीएट्सको लागि खेलेका थिए। त्यस क्रममा जोराले सातौँ र छैठौं नम्बरमा ब्याटिंग गर्दै अन्तिम समयमा आएर ठुलो सटहरु प्रहार गरेका थिए। उनले ईपिएलमा भैरहवासंग फाईनलमा २४ रन ( ११ बलमा २ छक्का र १ चौका ) , चितवनसंग २५ ( ८ बलमा १ चौका र ३ छक्का ) , भैरहवासंग लिग चरणमा १८ रन ( १० बलमा २ चौका र १ छक्का ) प्रहार गरेका थिए।

सन्दिप तल्लो मध्यक्रममा ब्याटिंग गर्ने गर्छन भने उनि आक्रामक ब्याटिंगको लागि जनिने गर्छन। यस्तै मिडियाम पेस बलिङ्ग पनि गर्न सक्ने जोराको फिल्डिंग उच्चस्तरीय मानिन्छ। विकेटको बीचमा पनि जोरा छिटो दौडन सक्छन्।

गत महिना सम्पन्न धनगढी प्रिमियर लिगको अक्सनमा जोरालाई सीवाईसी अत्तरियाले २ लाख ३० हजार रुपैयाँमा किनेको थियो।

नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने खेलाडीहरु – पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, आरिफ शेख, रोहित पौडेल,  सन्दिप जोरा, सोमपाल कामि, सन्दिप लामिछाने, शरद भेसावकर, करन केसी, ललित राजबंशी, बसन्त रेग्मी, ललित भण्डारी, शक्ति गौचन, सुबास खकुरेल, सागर पुन, पवन सर्राफ, अनिल साह

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]