ग्लोबल टि-२० : सन्दिपले लिए दिपेन्द्रको विकेट, दुवैको राम्रो प्रदर्शन

sandeep lamichhane

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आफ्नो पहिलो खेल खेलेका दुई नेपाली खेलाडी सन्दिप लामिछाने र दिपेन्द्र ऐरीले राम्रो प्रदर्शन गरेका छन्।

गय राति सम्पन्न खेलमा मोन्टरियल टाइगर्सले सरे ज्यागुअरलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा सरेले दिएको १३७ रनको लक्ष्य मोन्टरियलले ५ विकेट गुमाएर १८.३ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा छैठौं नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले २२ बलमा २ चौका मद्दतले २८ रन बनाए। त्यस क्रममा ऐरीले पाँचौ विकेटको लागि दिलप्रित सिंहसंग महत्वपूर्ण ५३ रनको साझेदारी गरे। दिपेन्द्रले पन्ध्रौँ ओभरमा म्याथु फोर्डलाई र सोह्रौं ओभरमा इफ्तिखार एहमदलाई चौका प्रहार गरे।

सत्रौं ओभरको तेश्रो बलमा दिपेन्द्रलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट पारे। दिपेन्द्रको विकेटको लिएपछि सन्दिपले खुसि मनाएनन्।

सन्दिपले पहिलो विकेटको रुपमा बंगलादेशका स्टार क्रिकेटर शाकिब अल हसनलाई इनिंग्सको सातौँ ओभरमा पेभेलियन फर्काएका थिए। मात्र १३ बलमा ४ चौका र १ छक्का मद्दतले २६ रन बनाएर खतरनाक देखिएका शाकिबलाई स्पेलको पहिलो ओभरमै सन्दिपले क्याच आउट पारे। सन्दिपलाई कभरमा प्रहार गर्ने क्रममा शाकिब सर्ट कभरमा क्याच आउट भए।

राम्रो बलिंग गरेका सन्दिपले ४ ओभरमा मात्र १७ रन खर्चेर २ विकेट लिए। सातौँ ओभरमा बलिंग सुरुवात गरेका उनले पहिलो ओभरमा मात्र २ रन खर्चेर १ विकेट लिए। त्यसपछि नवौं ओभरमा ६ रन, चौधौं ओभरमा ६ रन तथा सत्रौं ओभरमा ३ रन खर्चेर १ विकेट लिए।

राम्रो प्रदर्शन गरेका सन्दिपले खेल पछि ‘मोमेन्ट अफ द डे’ अवार्ड पाए जसबापत उनले ५ सय डलर पुरस्कार समेत प्राप्त गरे।

लिग अन्तर्गत सरेले आगामी खेल जुलाई २४ तारिखमा राति १:१५ बजे ब्राम्प्टन वुल्भ्ससंग तथा मोन्टरियलले भोलि जुलाई २३ तारिख राति ८:४५ बजे मिसीसाउगा प्यान्थर्स विरुद्ध खेल्नेछ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]