एकै दिन सन्दिप र दिपेन्द्रले जिते ‘मोमेन्ट अफ द म्याच’ अवार्ड

ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत गय राति सम्पन्न दुई वटा खेलमा दुई नेपाली खेलाडीले ‘मोमेन्ट अफ द म्याच’ अवार्ड जितेका छन्।

सरे ज्यागुअर्सको प्रतिनिधित्व गरेका सन्दिपले टोरोन्टो नेसनल्स विरुद्ध तथा मोन्टरियल टाइगर्सको प्रतिनिधित्व गरेका दिपेन्द्रले भानकुभर नाइट्स विरुद्ध उक्त अवार्ड जितेका हुन्। दुवैले उक्त अवार्ड जितेवापत ५ सय डलर ( करिब ६५ हजार नेपाली रुपैयाँ ) पुरस्कार प्राप्त गरेका छन्। दोश्रो पटक उक्त अवार्ड जितेका सन्दिपले लिगमा आफ्नो पहिलो खेलमा मोन्टरीयल टाइगर्स विरुद्ध पनि पुरस्कार जितेका थिए।

टोरोन्टो विरुद्ध सरेको जितमा उत्कृस्ट बलिंग प्रदर्शन गरेका सन्दिपले २२ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। अर्कोतर्फ दिपेन्द्रले भानकुभर विरुद्ध जितमा बलिंगमा १६ रन खर्चेर १ विकेट लिनुको साथै ब्याटिंगमा अविजित २२ रन बनाए। ऐरीले खेलमा एउटा रन आउट समेत गरे।

लिग अन्तर्गत सरेले आगामी खेल शुक्रबार राति १:१५ बजे खेल्नेछ भने टाइगर्सले आज राति १:१५ बजे ब्राम्पटन वुल्भ्ससंग खेल्ने तालिका छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy