सन्दीप र दीपेन्द्रको टिमले अंक बाडे

काठमाडौं । क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेटरहरु सम्मिलित टिमहरुको खेल नतिजाबिहिन रुपमा सकिएको छ । शुक्रबार कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले मोन्ट्रियल टाइगर्ससँगको खेल नतिजा बिहिन रुपमा सकाएको हो ।

खेल ढिला सुरु हुँदा खेल ६ ओभरमा छोड्याईएको थियो । टाइगर्सले टस हारेर पहिले ब्याटिङ गरेको थियो । टाइगर्सले २ ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको अवस्थामा भारी वर्षाका कारण खेल रोकिएको थियो । खेल पुनः सुचारु हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका हुन् । नेपाली कप्तान रोहित भने यस खेलमा बेन्चमा रहेका थिए ।

शनिबार बिहान भएको नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्सले सर्रे ज्याकवार्ससँग अंक बाडेको छ । भेनकुवरले पहिले ब्याटिङ गर्ने क्रममा ५ ओभरमा १ विकेट गुमाएर २८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । खेल पुनः सुचारु हुन नसक्दा दुवै टोली समान १ अंक बाडे । भेनकुवरमा रहेका दीपेन्द्र र सन्दीपले भने यस खेलमा प्लेइङ-११ मा स्थान बनाएका थिए ।

भेनकुवर र टोरोन्टोबीचको अर्को खेल आईतबार बिहान एक आपसविरुद्ध रहेको छ ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]