सन्दिप ‘क्रिक्इन्फो अवार्ड २०२१’ को मनोनयनमा, यस्ता छन् प्रतिस्पर्धी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने चर्चित क्रिकेट वेबसाइट ‘ईएसपीएन क्रिक्इन्फोको अवार्ड २०२१’ अन्तर्गत एसोसिएट राष्ट्रको वर्ष उत्कृस्ट बलिंग प्रदर्शन विधामा मनोनयनमा परेका छन्।

मनोनयनमा सन्दिपसंगै नामिबियाका तिन बलर जान फ्राईलिंक, जेजे स्मित र रुबेन ट्रंपलम्यान तथा नाइजेरियाका पिटर एहो परेका छन्। अवार्डको अन्य विधामा भने नेपाली खेलाडी मनोनयनमा छैनन्।

ईएसपीएन क्रिक्इन्फोले पूर्व क्रिकेटर, कमेन्टेटर तथा लेखकहरुको स्वतन्त्र निर्णायक मण्डल बनाएको छ जसले विजेता चयन गर्नेछ। निर्णायक मण्डलमा पूर्व क्रिकेटरहरु अजित अगरकर, रसेल आर्नोल्ड, इयाम बिसप, डेरेन गङ्गा, टम मुडी, ड्यानियल भिटोरि पनि रहेका छन्।

लेग स्पिनर सन्दिपले गत वर्ष सेप्टेम्बरमा पपुवा न्यु गिनी बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शानदार बलिंग प्रदर्शन गरेका थिए। उनले ५.१ ओभरमा मात्र ११ रन खर्चेर ६ विकेट लिंदै नेपालको १५१ रनको जितमा अहम योगदान दिएका थिए। उक्त स्पेल सन्दिपको करियरकै उत्कृस्ट तथा नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा समेत उत्कृस्ट स्पेल हो भने वर्ष २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोत्कृष्ट स्पेल समेत हो। सोहि स्पेलका कारण गत वर्ष सेप्टेम्बरमा सन्दिप आईसीसीको ‘प्लेयर अफ द मन्थ’ समेत घोषित हुँदै पहिलो नेपाली क्रिकेटरको रुपमा इतिहाँस रचेका थिए।

सन्दिप बाहेक अन्य खेलाडीले २०२१ मा एकै खेलमा ६ विकेट लिन सकेनन्। सन्दिपको यो स्पेल ( ५.१-०-११-६ ) एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै चौधौं सर्वोत्कृष्ट स्पेल समेत हो।

गत वर्ष ६ खेलको ५ इनिंग्समा १८ विकेट लिंदै सन्दिप एकदिवसीय अन्तर्राष्ट्रियमा बंगलादेशका मुस्तफिजुर रहमानसंगै तेश्रो सर्वाधिक विकेटकर्ता समेत रहे। सन्दिप भन्दा बढी श्रीलंकाका दुश्मन्था चमिरा ( २० विकेट ) र आयरल्याण्डका सिमि सिंह ( १९ विकेट ) रहे।

एसोसिएट राष्ट्रको वर्ष उत्कृस्ट बलिंग प्रदर्शन विधामा रहेका नामिबियाका मिडियम पेसर जान फ्राईलिंकले गत वर्ष युएई बिरुद्ध टि-ट्वान्टीमा ६ विकेट ( ४-०-२४-६ ) लिएका थिए। उनले सन्दिपलाई कडा टक्कर दिनेछन्। नामिबियाका मिडियम पेसर रुबेन रुबेन ट्रंपलम्यानले टि-२० विश्वकपमा स्कटल्याण्ड बिरुद्ध १७ रन खर्चेर ३ विकेट लिएका थिए। नामिबियाकै अर्का मिडियम पेसर जेजे समितले विश्वकप लिग-२ अन्तर्गत ओमान बिरुद्ध खेलमा २६ रन खर्चेर ५ विकेट लिएका थिए। नाइजेरियाका पेसर पिटर एहोले सिरिया लियोन बिरुद्ध टि-२० मा मात्र ५ रन खर्चेर ६ विकेट लिएका थिए जुन टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै उत्कृस्ट स्पेल ( ३.४-१-५-६ ) हो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]